Wednesday, November 11, 2009

संविधानसभा भङ्ग गर्ने कुरा काङ्ग्रेसले नगरेको

नेपाली काङ्ग्रेसका उपसभापति रामचन्दं्र पौडेलले संविधानसभा भङ्ग गर्ने कुरा काङ्ग्रेसबाट नआएको स्पष्ट गर्नुभएको छ ।
उहाँले काङ्ग्रेसका कुनै पनि नेताले बोल्दै नबोलेको र सोच्दै नसोचेको कुरालाई एमालेका केही नेताहरुले बोल्दै हिड्नु गैर जिम्मेवार काम भएको बताउनुभयो ।
रिपोर्ट्र्स क्लव नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका उपसभापति पौडेलले उक्त खण्डन गर्नुभएको हो ।
उहाँले एमालेभित्र पनि एउटा गुट माधवकुमार नेपालको नेतृत्वको सरकार ढाल्ने दाउमा लागेको आरोप लगाउँदै त्यही गुटले जथाभावी बोलेको बताउनुभयो ।
बजेट पारित हुन नसकेको सम्बन्धमा सोधिएको जिज्ञासामा 'बजेटको बारेमा माओवादीले विरोधको सूचना पनि दिएका छैनन् र छलफल पनि गर्न दिएका छैनन् त्यसैले मेरो बिचारमा बजेट पारित भइसकेकेा छ, अव घोषणा हुन मात्रै बाँकी छ', उहाँले भन्नुभयो ।
उहाँले माओवादीका लडाकू क्यान्टोन्मेन्टमा र हतियार कन्टेनरमा राखेर मुलुकमा शान्ति पनि नहुने र संविधान पनि नबन्ने हुँदा पहिला त्यसको व्यवस्था गर्नुपर्ने बताउनुभयो।
सो कार्यक्रम रिपोर्टस क्लव तनहुँका अध्यक्ष मदन वाग्लेको सभापतित्वमा भएको थियो।

source: harmotanahun.com.np

Read More......

Monday, November 2, 2009

माओवादीद्धारा जिल्लाभरका गाविस कार्यालय र नगरपालिकामा धर्ना कामकाज ठप्प

विहान ९ बजेदेखी नै कार्यालयको गेटमा धर्ना दिएपछि कार्यालयका कर्मचारीसमेत कार्यालय जानबाट बन्चित भएका छन् ।
एकिकृत नेकपा माओवादी तनहुँका कार्यालय सचिव अतिन्द्र केशरी न्यौपानेले धर्नापछि कोणशभा र नाचगान कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
यसैगरीतनहुँका गाउँ विकास समितीमा समेत धर्ना दिएपछि गाविस सचिवले काम गर्न पाएका छैनन् ।
माओवादी कार्यकर्ताले सदरमुकाम दमौलीमा रहेको गाउँ विकास समितिको सम्पर्क कार्यालयमा समेत झण्डा गाडिदिएपछि सचिवहरु काम रोक्न वाध्य भएका थिए ।

Source: www.tanahunonline.com

Read More......

दरै जातिको हक र हित सुनिश्चित हुनुपर्नेमा जोड

दमौली, १६ कात्तिक । दरै उत्थान समितिका केन्द्रीय अध्यक्ष तमबहादुर दरैले अब बन्ने संविधानमा दरै जातिको हक र हित सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।
भादगाउँमा हिजो आयोजित दरै समाजको भेलामा बोल्दै समितिका केन्द्रीय अध्यक्ष दरैले सो कुरा बताउनुभएको हो ।
तनहुँ जिल्लामा दरै जातिको बाहुल्यता रहेको छ ।
सो भेलाले चिजबहादुर दरैको अध्यक्षतामा १३ सदस्यीय दरै समाज, तनहुँ गठन गरेको छ।

Source: hamrotanahun.com.np

Read More......