Sunday, March 22, 2009

क्रान्तिकारीको आक्रमणपछि दमौलीमा तनाव, बजार र राजमार्ग बन्द

स्ववियू निर्वाचनमा पराजित भएको अखिल क्रान्तिकारीले पुनःमतदान गर्नुपर्ने माग गर्दै तनहुँको दमौलीस्थित भानुभक्त बहुमुखी क्याम्पसका प्रमुख तथा निर्वाचित नेविसंघका स्ववियू सभापतिमाथि कुटपिट गरेको छ। आफुमाथिको आक्रमण र क्याम्पस तोडफोडको विरोधमा नेविसंघले दमौली बजार र पृथ्वीराजमार्ग बन्द गराएको छ।

वाईसीएलसहितको क्रान्तिकारी समूहको आक्रमणबाट क्याम्पस प्रमुख बैकुण्ड न्यौपाने नेविसंघका निर्वाचित सभापति राजेन्द्र कुमाल सहितका करिब एक दर्जन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ। तीमध्ये निर्वाचित सभापति कुमालसहित केहीको दमौली अस्पतालमा उपचार भइरहेको छ।

बिहान सवा ८ बजेतिर निर्वाचित स्ववियूको पहिलो बैठक बसिरहेका बेला वाईसीएलसहितको क्रान्तिकारी समूहले एक्कासी आक्रमण गरेको नेविसंघले जनाएको छ। क्रान्तिकारीको तोडफोडबाट क्याम्पस र स्ववियू कार्यालयका फर्निचर तथा झ्याल-ढोकामा क्षति पुगेको छ।

नेविसंघकाअनुसार चुनाव आफ्नो पक्षमा नहुने देखेपछि क्रान्तिकारीले स्ववियू निर्वाचनका दिन मतपत्र च्यातेर पुनः मतदान गर्नुपर्ने अनावश्यक विवाद झिकेको थियो। चुनाव निष्पक्ष भएको भन्दै निर्वाचन समितिले मतगणना गरि नेविसंघ निर्वाचित भएको घोषणा गरेपछि क्रान्तिकारी आक्रमणमा उत्रिएको हो। क्रान्तिकारीले भने मतदान निष्पक्ष नभएको भन्दै पुनःमतदान गर्नुपर्ने माग गर्दै आएको छ।

निर्वाचित आफ्ना सभापति तथा क्याम्पस प्रमुखमाथि आक्रमण र क्याम्पसमा तोडफोडको विरोधमा नेविसंघले बिहान साढे १० बजेदेखि दमौली बजार बन्द गराउनुका साथै सडकमा टायर बालेर पृथ्वीराजमार्ग अवरुद्ध गराएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा र आसपासका क्षेत्रमा भित्रने र बाहिरिने सयौं सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ। बिहान खुलेका बजार पसल समेत दुई बिद्यार्थी संगठनको तनावका कारण बन्द भएका छन्।

Source: Dainikee.com

Read More......

Monday, March 16, 2009

माओवादी जिल्ला इर्न्चाजद्धारा पत्रकारको अपमान

एकिकृत नेकपा माओवादीका जिल्ला नेताले दमौलीमा शुक्रवार तनहूँका पत्रकारहरुको अपमान गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय तनहुले आयोजनामा दमौली अस्पतालको भवन शिलान्यास गर्न दमौली आउनु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोख्रेल सहभागि हुनुभएको कार्यक्रममा समाचार संकलनको लागि उपस्थित भएका पत्रकारहरुलाई माओवादी जिल्ला इन्चार्ज हरिबहादुर चुमानले अपमान गरेका हुन् ।
सो अवसरमा चुमानले पत्रकारहरुलाई कार्यक्रममा नबस्न भन्दै बाहिर जान निर्देशन दिनुभएको थियो । कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघका उपाध्यक्षले नेता चुमानले "यो कार्यक्रममा पत्रकारहरुको कुनै काम छैन बाहिर गईहाल्नुस" भनेर निर्देशन दिनुभएको बताउनुभयो । साथै सोही अवसरमा तनहूँका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पनि "तपाइहरु निस्कीए हुन्छ" भन्दै माओवादी नेताको निर्देशनलाई र्समथन दिएपछि पत्रकारहरुले कार्यक्रम बहिष्कार गरि बाहिरिएका थिए ।
सोही विषयलाई लिएर नेपाल पत्रकार महासंघ तनहूँ शाखाले एक विज्ञप्ती प्रकाशित गरि घटनाप्रति ध्यानाकर्षा भएको बताएको छ । कार्यक्रममा औपचारिक निमन्त्रणा गरेर वोलाइएका पत्रकारहरुलाई यसरी सत्ताको आडमा कार्यक्रममा सरोकारै नभएका माओवादीका जिल्ला इर्न्चाज चुमानले अपमानजनक व्यवहार गर्नुलाई प्रेस प्रति ठाडो अपमान भएको पत्रकार महासंघले जनाएको छ ।
विज्ञप्तिमा आगामी दिनमा त्यस्ता क्रियाकलाप नगर्न चेतावनी दिदै सम्वन्धीत सवैलाई प्रेस जगतको सम्मान गर्न माग गरेको छ । प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन तनहुँ शाखाले पनि विज्ञप्ति जारी गरि उक्त घटनाको निन्दा गरेका छन् ।

Source: Hamrotanahun.com.np

Read More......

Sunday, March 1, 2009

DARAIS FLAY GOVT FOR ENLISTING THEM AS MADHESIS

Tanahum, March 1: Tanahun Darai Society has protested the government’s decision to enlist the Darai community within the Madhesis.
Issuing a press release, president of the society Tam Bahadur Darai condemned the government decision.
Saying that the Darais had already been enlisted as indigenous nationalities, the society demanded the government to immediately remove them from the list of castes within the Madhesi community.

Source: Rastriya Samachar Samiti

Read More......