Thursday, August 8, 2013

दमौलीमा सि.सि. क्यामेरा जडान हुने

कृष्ण न्यौपाने-दमौली, २४ साउन । सदरमुकाम दमौलीमा पहिलो पटक सि.सि. क्यामेरा जडान हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको पहलमा दमौलीमा सि.सि. क्यामेरा जडान गरिन लागिएको हो । यही भदौ महिनाभित्र दमौलीका ८ देखि १० स्थानमा सि.सि.क्यामेरा जडान गरिने तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति बैकुण्ठनाथ मिश्रले बताए । दमौलीको मुख्य र व्यस्त स्थानहरु जिल्ला प्रशासन कार्यालय, ट्राफिक चोक, भोर्लेटार चोक, भेटघाट चोक, सुनचाँदी लाईन, सफासडकको वित्तीय संस्थाका कार्यालय अगाडी, मादीको पुल, गणेशमान चोक, सत्यवती उच्च माविको अगाडी लगायतका स्थानमा सि.सि. क्यामेरा जडान गर्ने सम्बन्धि अध्ययन भईरहेको मिश्रले बताए । ८ देखि १० स्थानमा सि.सि क्यामेरा जडान गर्न १२ लाख रुपैयाँसम्म लागत पर्ने भएको हुँदा आवश्यक रकम संकलन कार्य सुरु गरिने मिश्रले बताए । यसको लागि जिल्ला विकास समिति र व्यास नगरपालिकासँग विशेष अनुरोध गरिएको छ । साथै, उद्योग प्रतिष्ठान, वित्तीय संस्था, विभिन्न व्यवसायिक प्रतिष्ठानहरुसँग पनि सहयोग मागिने बताए । सि.सि.क्यामेरा जडान गर्ने सम्बन्धमा बिहीबार तनहुँ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा सि.सि. क्यामेरा सम्बन्धि अवधारण पत्र प्रस्तुत गर्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति बैकुण्ठनाथ मिश्रले बढ्दो शहरीकरणको विकाससँगै अपराधिक घटनामा पनि वृद्धि हुँदै गएको कारण दमौलीमा सि.सि. क्यामेरा जडान गर्नुपर्ने आवश्यकता महशुस भएको बताए । Source: Karobar Daily

Read More......

Sunday, March 3, 2013

अपहरित बालक भागेर मुक्त

अपहरणमा परेका दमौलीका एक बालक अपहरणकारीको आँखा छल्दै गाडीको ‰यालबाट भागेर घर फर्किएका छन्। आइतबार बिहान घरनजिकै साथीको नोटकापी पुर्याआउन हिँडेका व्यास-१, भादगाउँका १३ वर्षीय पुकार पोख्रेललाई धुलो उडाउँदै कारमा आएका तीनजनाको समूहले अपहरण गरेको थियो। गाडी रोकेर शौच गर्न गएका अपहरणकारीको आँखा छल्दै पोख्रेल ‰यालबाट फाल हानेका थिए। 'हरेक दिन बिहान नौ नबज्दै खाना खान भान्सामा आउने गथ्यों,' पुकारकी आमा राधाले भनिन्, 'नआएपछि कतै साथीकोमा गएको होला भन्ने सोच्यौं।' दिउँसो विद्यालयमा समेत छोरो नभेटिएपछि आत्तिएका परिवारलाई तनहुँको घाँसीकुवा देउरालीकी एक महिलाले फोन गरेर अपहरणमा परेर भागेको र आफ्नो घरमा आएको जानकारी दिएकी थिइन्। 'फोनबाट छोरो अपहरणमा परेर भागेको भन्ने थाहा पायौं,' पुकारका बाबु गंगाप्रसाद पोख्रेलले भने, 'त्यसलगत्तै देउराली पुगेर छोरालाई ल्याएर प्रहरीकोमा गयौं।' पुकार दमौलीस्थित सत्यवती उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्। फिक्का गुलाबी रंगको कारमा चालकसहित तीनजनाको संख्यामा रहेका अपहरणकारीले अर्का एक बालकलाई समेत अपहरण गरेको पुकारले बताएका छन्। उनका अनुसार गाडीको पछिल्लो सिसामा कार्टुनको चित्र टा"सिएको थियो। 'कारभित्र मास्क लगाएर राखेको अर्काे बालक पनि थियो,' पुकारले भने, 'उसको हातखुट्टा बाँधिएको थियो।' कालो वर्णका ती बालकलाई आफूले नचिनेको उनले बताए। करिब साढे ८ बजेको समयमा साथीको घर जाने क्रममा बाटोमा धूलो उडाउँदै आएको एउटा कारमा आएकाले मुख छोपेर त्यसैमा हालेर लगेको पुकारले बताए। 'उनीहरु पिसाब फेर्न भनेर गाडीबाट उत्रिएका थिए,' पुकारले भने, 'त्यही बेला गर्मी भयो भनेर खोलेको कारको ‰यालबाट फाल हानेर भागे।' गाडीबाट भागेका पुकार घिँरौलाबारीमा दौडिँदै स्थानीय लीला निरौलाको घर पुगेका थिए। 'मलाई बचाउनुस् न दिदी, मलाई बचाउनुस्' भन्दै पुकार करेसाबारीमा आएर गुहार मागेको लीलाको घरमा काम गर्न आएकी मीरा परियारले बताइन्। 'कराउँदै आएपछि दिदीको घरको आँगनमा लगेर राखेँ,' उनले भनिन्, 'बाबु निकै डराएर आत्तिएको थियो।' करिब ११ बजेको समयमा लीलाले पुकारकी दिदी प्रतिभालाई फोनमार्फत भाइ आफ्नो घरमा भएकाले लिन आउन खबर गरेकी थिइन्। देउराली सदरमुकाम दमौलीबजारबाट ८ किलोमिटरको दूरीमा छ। अम्रेनीमा सवारी चेकिङ गरेकाले कार १० बजेपछि मात्र अम्रेनीबाट लगेको पुकारले बताए। 'दुईजना कारबाट उर्लिएर प्रहरी भएको ठाउँमा पुगेर फर्किएका थिए,' उनले भने, '१० बजेमात्र खुल्ने भन्दै झन्डै एक घन्टा कार रोकाएर राखे।' अपहरणमा परेका बालकका बाबुआमा दुवै विद्युत प्राधिकरण दमौलीका कर्मचारी हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीले आइतबार बिहान ७ बजेदेखि १० बजेसम्म अम्रेनीमा सवारी चेकिङ गरेको ट्राफिक प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए। घटनाबारे जानकारी पाएपछि विभिन्न ठाउँमा खोजबिन गरेको तनहुँका प्रहरी उपरीक्षक देवबहादुर बोहोराले बताए। Source: Nagariknews.com

Read More......

Monday, February 25, 2013

फेवा फाइनान्सको १३ औँ शाखा दमौलीमा, यसै वर्ष २० शाखा पुर्याउने

तनहुँ । फेवा फाइनान्सको १३ औँ शाखा तनहुँको सदरमुकाम दमौलीमा स्थापना भएको छ । पोखराको चिप्लेढुङामा मुख्य कार्यालय रहेको फाइनान्सले यसअघि गुल्मी, चितवन, जोमसोम, मुस्ताङ, पाँचथरको फिदिम, पोखराको पार्दी, विरौटा, अमरसिंह चोक, बगरलगायतका जिल्लामा शाखा बिस्तार गरिसकेको छ । फाइनान्सको चुक्तापुँजी ३० करोड तीन लाख रुपैयाँ छ । बैंकका कार्यकारी अधिकृत रेशमबहादुर थापाले यसै वर्षभित्र फाइनान्सका २० शाखा पुर्याइने जानकारी दिए । Source: bizmandu.com

Read More......

Thursday, January 17, 2013

Song Vyas Nagar

Vocal and Music: Nabaraj Thapa Lyrics: Dambar Adhikari Source: From Dambar Adhikari Facebook Status

Read More......

तनहुँ जलविद्युत् निर्माण यसै वर्षदेखि

दमौली, ३ माघ - तनहुँमा निर्माण गर्न लागिएको तनहँु जलविद्युत् आयोजना (माथिल्लो सेती) को निर्माणकार्य यसै वर्ष सुरु हुने भएको छ । आयोजना निर्माणका लागि आवश्यक स्रोत जुटिसकेकाले यसै वर्षदेखि सरकारले आयोजना निर्माणका लागि काम थाल्ने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । “आवश्यक सबै स्रोत जुटिसकेको छ,” पुनले भने, ‘यसै वर्षदेखि आयोजना निर्माणको कार्य सुरु हुन्छ ।” आयोजना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरणमा रकम आउन ढिलाइ भइरहेको अवस्थामा अर्थमन्त्री पुनले आवश्यक रकमको कमी हुन नदिने बताए । “१३ करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ,’ उनले भने, “ बाँकी रकम कमी हुन दिनेछैनौं ।” आयोजना प्रभावित बासिन्दालाई मुआब्जा वितरण गर्न ४० करोड रुपैयाँ आवश्यक पर्छ । हालसम्म व्यास नगरपालिका–७ बेनीपाटन र काहुँशिवपुर गाविस–१ झापुटारका ३९ जनालाई १३ करोड रुपैयाँ मात्र मुआब्जा वितरण भएको छ । बर्सेनि ऊर्जासंकट बढी रहेका अवस्थामा पिक आवरको विद्युत् माग पूरा गर्न जलाशययुक्त आयोजना आवश्यक भएको ठहर गर्दै सरकारले आन्तरिक खपतका लागि यो आयोजना विकास गर्न लागेको अर्थमन्त्री पुनले बताए । आयोजनाले तनहुँ जिल्लाका साथै समग्र मुलुकको विकासमा टेवा मिल्ने अर्थमन्त्री पुनको भनाइ थियो । आयोजनाका निर्माणका लागि एसियाली विकास बैंक (एडीबी), जापानी अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) र युरोपियन इन्भेस्टमेन्ट बैंकले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् । १४० मेगावट क्षमताको आयोजनाका लागि उनीहरूले अनुदान र सहयोग दिने प्रतिबद्धता जनाएका हुन् । अपुग रकम भने सरकारले हाल्ने भएको छ । आयोजना निर्माणका लागि करिब ४२ करोड डलर (३९ अर्ब रुपैयाँ) लागत अनुमान गरिएको छ । source: Karobar Daily

Read More......

Wednesday, May 9, 2012

जुवा तास र मदिरा हटाउने अभियानमा आमाहरु

समाजमा विकृतिका रुपमा रहेको जाँडरक्सी र जुवातास हटाउन व्यास नगरपालिका वडा नं ५ शान्तिनगरका आमाहरु सक्रिय भएर लागेका छन्। पुरानाभन्दा पनि नयाँ युवा पुस्तामा उक्त वस्तुको प्रयोग बढी हुँदा समाजमा विकृति फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्न आमाहरु सङ्गठित भएर लागेका हुन्। व्यास उन्नत आमा समूह गठन गरेर शान्तिनगरको आमा समूह टोललाई जुवातास र मदिरामुक्त बनाउन सामूहिक निर्णय गरेर लागिपरेका हुन्। पुरुषहरुलाई पटकपटक आग्रह गर्दा समेत जुवातास र जाँडरक्सीको लत नछाडेपछि नियम बनाएर अभियान नै चलाइएको समूहका अध्यक्ष सुनिता पौडेलले बताइन्। उनले समाजका अगुवा नै सार्वजनिक ठाउँमा राति अबेरसम्म बसेर तास खेल्ल्ने र मदिरा सेवन गर्दा त्यसको सिको युवा पुस्ताले समेत गरेको हुँदा समाजलाई सुधार गरी जुवातास मदिरामुक्त गाउँ बनाउन लागिएको बताइन्। सो अभियानपछि जुवातास खेल्न र राति अबेरसम्म मदिरा खाएर होहल्ला गर्ने क्रम रोकिएको छ। समूहले राति ८ बजेभन्दा पछि मदिरा खाने र बेच्ने, जुवा खेल्ने र खेलाउनेलाई जरिवाना पनि तोकेको छ।
Source: Nagariknews

Read More......

Wednesday, December 7, 2011

संकटकाल मा बेपत्ता दिलिप हड्खले घर फिर्ता

सन् २००४ सेप्टेम्बेर बाट बेपत्ता भएका ब्यास नगरपालिका १ का धनराज हड्खले का छोरा दिलिप हड्खले आज राति घर आइपुगेका छन्| बिस्तृत जानकारी आउन बाकी.....

Read More......