Sunday, December 6, 2009

एमाले तनहुँमा सिग्देल

नेकपा एमाले तनहुँको आज सम्पन्न सातौं जिल्ला अधिवेशनले केदार सिग्देलको अध्यक्षतामा ४२ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ। सिग्देलले निवर्तमान जिल्ला सचिव प्रतापलाल श्रेष्ठलाई १ सय ६८ मत अन्तरले. पछाडि पार्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
सिग्देलको पक्षमा २८२ र श्रेष्ठको पक्षमा ११४ मत खसेको थियो।
त्यसैगरी अधिवेशनले श्रीप्रसाद श्रेष्ठलाई उपाध्यक्ष,विद्या ढकालललाई सचिव,रेखा बस्याललाई उपसचिव पदमा निर्वाचित गरेको छ।
त्यसैगरी अधिवेशनबाट खुल्ला सदस्यमा श्रीराम कार्की,नारायणप्रसाद खनाल,शंकर नारायण श्रेष्ठ,शिवसंकर पौडेल र होम बहादुर थापालाई निर्वाचित गरेको छ। अधिवेशनबाट अध्यक्ष बाहेकका अन्य पदमा सर्वसम्मत हुने अनुमान गरिएपनि अधिकांशजसो पदमा सहमति कायम हुन नसकि निर्वाचन भएको थियो।
अधिवेशनबाट निर्वाचित हुनेमा बढी सदस्य एमाले नेता केपी ओली पक्षको भएको बताइएको छ।
नयाँ कार्यसमितिका लागि एमाले अध्यक्ष खनाल पक्ष र ओली पक्ष खुलेरै प्रचारप्रसारमा जुटेका थिए।
नवनिर्वाचित पदाधिकारीलाई एमाले गण्डकी अन्चल ईन्चार्ज खगराज अधिकारीले पदको सपथ गराउनुभएको थियो।
अधिवेशनमा जिल्लाभरका कुल ४ सय २९ प्रतिनिधि सहभागि थिए


Soruce: Dainikee.com

Read More......

Thursday, December 3, 2009

आन्दोलनको नया“ शैली

साना तिना कुरामा पनि विभिन्न राजनीतिक दलका कारण उतिखेरै बाटो बन्द हुनु ,उतिखेरै खुल्नु नेपालीहरुका लागि नौलो कुरा होइन । राष्ट्रपटिको असंबैधानिक कदम सच्चिनुपर्ने भन्दै सदन र सडकमा आन्दोलनसँगै ढुङ्गा र टायर बाल्ने एकीकृत नेकपा माओबादीको व्यवहार पनि समाजमा पचिसकेको कुरा हो । सधैं नाराबाजिका साथ आन्दोलन गर्ने माओबादीकै भातृ सङ्गठन अनेरास्वबियू क्रान्तिकारीले भने मंगलबार तनहुँको व्यास नगरपालिका सफासडक स्थित नगरपालिकाको गेटमै बाटो त वन्द थियो नै तर सयौं विद्यार्थी जम्मा गरी प्रतिभाको विकास गर्दै रचनात्मक रुपमा नौलो सैलीमा आन्दोलनको रुप दिए । बाटो नै जाम हुने गरी कर्ुर्ची राखी आन्दोनकै रुपमा विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उद्देश्यले कविता, हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगिताको आयोजना गरेका छन् ।
नागरिक सर्वोच्चताको माग गर्दै असंबैधानिक कदम सच्चिनुपर्ने मागका साथ आन्दोलन गरिरहेको एकीकृत नेकपा माओवादीको मातृ संगठनले किन यसरी आन्दोलनको बाटो रोज्यो अनेरास्वीयु क्रान्तिकारीका जिल्ला अध्यक्ष शुक्र चुमानले- "हामीले सांकेतिक रुपमा शान्तिपर्ूण्ा र रचनात्मक अनि स्तरिय कार्यक्रमको आयोजना गरेका छौं । हिजो सडकमा आएर ढुङ्गा हान्थे टायर बाल्थे भने आज आन्दोलनकै रुपमा व्यक्तित्व विकास पनि होस् भनेर यस्तो कार्यक्रमको आयोजना गरिएको बताउँछन्।

उक्त कार्यक्रममा विभिन्न विधामा जिल्ला भरिका करिव ६० जनाको सहभागि रहेको थियो । साथै उक्त कार्यक्रममै माओवादी जिल्ला इन्चार्ज हरिबहादुर चुमान, अनेरास्ववीयु केन्द्रीय सचिवालय सदस्य ओमकुमारी पौडेलले नागरिक सर्वोच्चताको प्रत्याभूति नदिलाएसम्म आन्दोलन जारी रहने जनाएका छन्।
प्रतियोगिताको हाजिरिजवाफ त र्फ र्सवज्योति माध्यामिक विद्यालय सेवर प्रथम, चण्डीदेवि राष्ट्रिय माध्यामिक विद्यालय दोस्रो, कालिका माध्यामिक विद्यालय तृतीय र वाराही आवासीय उमावि -क)ले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको थियो । त्यसैगरी वतृत्वकला तर्फसिर्द्धार्थ उच्च माविका विद्यार्थीले प्रथम स्थान प्राप्त गरेका छन् ।

Source: harmotanahun.com.np

Read More......

Wednesday, November 11, 2009

संविधानसभा भङ्ग गर्ने कुरा काङ्ग्रेसले नगरेको

नेपाली काङ्ग्रेसका उपसभापति रामचन्दं्र पौडेलले संविधानसभा भङ्ग गर्ने कुरा काङ्ग्रेसबाट नआएको स्पष्ट गर्नुभएको छ ।
उहाँले काङ्ग्रेसका कुनै पनि नेताले बोल्दै नबोलेको र सोच्दै नसोचेको कुरालाई एमालेका केही नेताहरुले बोल्दै हिड्नु गैर जिम्मेवार काम भएको बताउनुभयो ।
रिपोर्ट्र्स क्लव नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका उपसभापति पौडेलले उक्त खण्डन गर्नुभएको हो ।
उहाँले एमालेभित्र पनि एउटा गुट माधवकुमार नेपालको नेतृत्वको सरकार ढाल्ने दाउमा लागेको आरोप लगाउँदै त्यही गुटले जथाभावी बोलेको बताउनुभयो ।
बजेट पारित हुन नसकेको सम्बन्धमा सोधिएको जिज्ञासामा 'बजेटको बारेमा माओवादीले विरोधको सूचना पनि दिएका छैनन् र छलफल पनि गर्न दिएका छैनन् त्यसैले मेरो बिचारमा बजेट पारित भइसकेकेा छ, अव घोषणा हुन मात्रै बाँकी छ', उहाँले भन्नुभयो ।
उहाँले माओवादीका लडाकू क्यान्टोन्मेन्टमा र हतियार कन्टेनरमा राखेर मुलुकमा शान्ति पनि नहुने र संविधान पनि नबन्ने हुँदा पहिला त्यसको व्यवस्था गर्नुपर्ने बताउनुभयो।
सो कार्यक्रम रिपोर्टस क्लव तनहुँका अध्यक्ष मदन वाग्लेको सभापतित्वमा भएको थियो।

source: harmotanahun.com.np

Read More......

Monday, November 2, 2009

माओवादीद्धारा जिल्लाभरका गाविस कार्यालय र नगरपालिकामा धर्ना कामकाज ठप्प

विहान ९ बजेदेखी नै कार्यालयको गेटमा धर्ना दिएपछि कार्यालयका कर्मचारीसमेत कार्यालय जानबाट बन्चित भएका छन् ।
एकिकृत नेकपा माओवादी तनहुँका कार्यालय सचिव अतिन्द्र केशरी न्यौपानेले धर्नापछि कोणशभा र नाचगान कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
यसैगरीतनहुँका गाउँ विकास समितीमा समेत धर्ना दिएपछि गाविस सचिवले काम गर्न पाएका छैनन् ।
माओवादी कार्यकर्ताले सदरमुकाम दमौलीमा रहेको गाउँ विकास समितिको सम्पर्क कार्यालयमा समेत झण्डा गाडिदिएपछि सचिवहरु काम रोक्न वाध्य भएका थिए ।

Source: www.tanahunonline.com

Read More......

दरै जातिको हक र हित सुनिश्चित हुनुपर्नेमा जोड

दमौली, १६ कात्तिक । दरै उत्थान समितिका केन्द्रीय अध्यक्ष तमबहादुर दरैले अब बन्ने संविधानमा दरै जातिको हक र हित सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।
भादगाउँमा हिजो आयोजित दरै समाजको भेलामा बोल्दै समितिका केन्द्रीय अध्यक्ष दरैले सो कुरा बताउनुभएको हो ।
तनहुँ जिल्लामा दरै जातिको बाहुल्यता रहेको छ ।
सो भेलाले चिजबहादुर दरैको अध्यक्षतामा १३ सदस्यीय दरै समाज, तनहुँ गठन गरेको छ।

Source: hamrotanahun.com.np

Read More......

Tuesday, September 22, 2009

Tanahun markets boom ahead of festive season

With Dashain around the corner, commercial activities in Tanahun's Damauli, Dumre, Aanbukhaireni, Dulegauda, Khairenitar, Bandipur and Turture have increased.
Markets have turned lively from today, the delighted businessmen said.
Salarymen have been thronging to the marketplace. "Number of customers purchasing clothes has increased," businessmen said.
"All of a sudden, a lot of people are on the move from today," Buddhiman Shrestha, proprietor of Shriram Bastralaya in Byas-2 said. "I have been selling spices worth Rs 15,000 everyday during this festive season," Sunil Thakur, a businessman said. Ramesh Ghimire, proprietor of Puspanjali Grocery Shop is equally delighted as there is a huge crowd to purchase essentials like sugar, lentil, rice and cooking oil.
However, customers complained of dearer price this year. Meanwhile, Tanahun Chamber of Commerce and Industries and Damauli Market Unit in have taken initiatives for a fair price market.
"We have been selling sugar at reduced price of 56 per kg after bringing 110 quintals of sugar from Salt Trading Corporation,"
Buddhiman Shrestha, president of Damauli Bazaar Unit said.


Source: The Himalayan Times

Read More......

तलब नपाएको भन्दै राजमार्ग अवरुद्ध

तलब नपाएको भन्दै तनहुँका शिक्षकहरुले दमौलीस्थित पृथ्वी राजमार्ग १घण्टा अवरुद्ध पारेका छन्। करिब २ सयको संख्यामा रहेका शिक्षकहरुले बिहान ११ बजेबाट राजमार्ग अवरुद्ध पारेका थिए।
समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा वार्तामा बस्ने सहमति भएपछि दिउँसो १२ बजेबाट शिक्षकहरुले राजमार्ग सुचारु पारेका थिए।
नेपाल बैंक लिमिटेड दमौली शाखाले तलब दिने भनेर पटक–पटक भाका राखे पनि निकासा नदिएको शिक्षकहरुको आरोप छ।
बैंकले फाईनान्स र निजी बैंकहरुलाई तलब दिएको तर आफूहरुलाई भने ३ महिनासम्मको तलब भुक्तानी नदिएको शिक्षकहरुले गुनासो गरेका छन्।
तर नेपाल बैंक लिमिटेड दमौली शाखाका कर्मचारीहरुले भने रकम नभएका कारण शिक्षकहरुलाई भुक्तानी गर्न नसकिएको बताएका छन्।

Source: Dainikee.com

Read More......