Monday, February 21, 2011

दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीन जनाको हत्या

तनहुँको दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीनजनाको हत्या गरेका छन् । ब्यास नगरपालिका १० मालपोत लाइनका २३ वर्षीय दिविङ रानामगरले विहान ६ बजेतिर छिमेकी ६० वर्षीय दिलबहादुर सापकोटा र उनकी ५५ वर्षीया श्रीमती यशोदा सापकोटालाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । रानाले सापकोटा दम्पतीलाई भान्सा कोठामा गई खुर्पा प्रहार गरेका हुन् ।

सापकोटा दम्पतीको हत्या गरेको पाँच मिनेटमै घर नजिकै व्यास १० देउराली नगरका ६० वर्षीय टिकाराम श्रेष्ठ र उनकी श्रीमती पार्वती श्रेष्ठलाई खुर्पा प्रहार गरे । घटनामा गम्भिर घाइते भएका टिकाराम पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकी श्रीमती पावर्तीको पश्चिमाञ्चलमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार घरमा बसिरहेका श्रेष्ठलाई रानाले एक्कासी खुर्पा प्रहार गरेका थिए । त्यस्तै श्रेष्ठलाई खुर्पा प्रहार गरे लगत्तै घर भित्र रहेकी उनकी श्रीमतीलाई समेत खुर्पा प्रहार गरी घाइते बनाएका थिए । श्रेष्ठ दम्पतीलाई खुर्पा प्रहार गरे लगत्तै मादी नदीको झोलुङगे पुल तर्फ भागेका रानालाई पुलको दुवै तर्फवाट प्रहरी र स्थानीयबासीले समात्ने प्रयास गरेपछि झण्डै एक सय फिट अग्लो पुलबाट मादी नदीमा हाम फालेका थिए । नदीमा हाम फालेका रानालाई स्थानीयवासीले नदी पार गरे लगत्तै समातेर प्रहरीलाई बुझाएका थिए ।

केही समययता रानाको मानसिक स्थिति ठिक नरहेको परिवारजनले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन जनाको हत्यापछि दमौली बजार शोकमग्न बनेको छ ।

Read More......