tag:blogger.com,1999:blog-11924520904222352222024-03-12T20:02:50.865-07:00My DamauliGet updated and get touch with your DamauliPramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.comBlogger118125tag:blogger.com,1999:blog-1192452090422235222.post-53317779833552092402013-08-08T02:18:00.001-07:002013-08-08T02:18:30.445-07:00दमौलीमा सि.सि. क्यामेरा जडान हुनेकृष्ण न्यौपाने-दमौली, २४ साउन । सदरमुकाम दमौलीमा पहिलो पटक सि.सि. क्यामेरा जडान हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको पहलमा दमौलीमा सि.सि. क्यामेरा जडान गरिन लागिएको हो । यही भदौ महिनाभित्र दमौलीका ८ देखि १० स्थानमा सि.सि.क्यामेरा जडान गरिने तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति बैकुण्ठनाथ मिश्रले बताए ।
दमौलीको मुख्य र व्यस्त स्थानहरु जिल्ला प्रशासन कार्यालय, ट्राफिक चोक, भोर्लेटार चोक, भेटघाट चोक, सुनचाँदी लाईन, सफासडकको वित्तीय संस्थाका कार्यालय अगाडी, मादीको पुल, गणेशमान चोक, सत्यवती उच्च माविको अगाडी लगायतका स्थानमा सि.सि. क्यामेरा जडान गर्ने सम्बन्धि अध्ययन भईरहेको मिश्रले बताए ।

८ देखि १० स्थानमा सि.सि क्यामेरा जडान गर्न १२ लाख रुपैयाँसम्म लागत पर्ने भएको हुँदा आवश्यक रकम संकलन कार्य सुरु गरिने मिश्रले बताए । यसको लागि जिल्ला विकास समिति र व्यास नगरपालिकासँग विशेष अनुरोध गरिएको छ । साथै, उद्योग प्रतिष्ठान, वित्तीय संस्था, विभिन्न व्यवसायिक प्रतिष्ठानहरुसँग पनि सहयोग मागिने बताए ।
सि.सि.क्यामेरा जडान गर्ने सम्बन्धमा बिहीबार तनहुँ उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा सि.सि. क्यामेरा सम्बन्धि अवधारण पत्र प्रस्तुत गर्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति बैकुण्ठनाथ मिश्रले बढ्दो शहरीकरणको विकाससँगै अपराधिक घटनामा पनि वृद्धि हुँदै गएको कारण दमौलीमा सि.सि. क्यामेरा जडान गर्नुपर्ने आवश्यकता महशुस भएको बताए ।
Source: Karobar Daily
Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-7987592883367045222013-03-03T21:58:00.000-08:002013-03-03T21:58:42.110-08:00अपहरित बालक भागेर मुक्तअपहरणमा परेका दमौलीका एक बालक अपहरणकारीको आँखा छल्दै गाडीको ‰यालबाट भागेर घर फर्किएका छन्।
आइतबार बिहान घरनजिकै साथीको नोटकापी पुर्याआउन हिँडेका व्यास-१, भादगाउँका १३ वर्षीय पुकार पोख्रेललाई धुलो उडाउँदै कारमा आएका तीनजनाको समूहले अपहरण गरेको थियो।
गाडी रोकेर शौच गर्न गएका अपहरणकारीको आँखा छल्दै पोख्रेल ‰यालबाट फाल हानेका थिए।
'हरेक दिन बिहान नौ नबज्दै खाना खान भान्सामा आउने गथ्यों,' पुकारकी आमा राधाले भनिन्, 'नआएपछि कतै साथीकोमा गएको होला भन्ने सोच्यौं।' दिउँसो विद्यालयमा समेत छोरो नभेटिएपछि आत्तिएका परिवारलाई तनहुँको घाँसीकुवा देउरालीकी एक महिलाले फोन गरेर अपहरणमा परेर भागेको र आफ्नो घरमा आएको जानकारी दिएकी थिइन्। 'फोनबाट छोरो अपहरणमा परेर भागेको भन्ने थाहा पायौं,' पुकारका बाबु गंगाप्रसाद पोख्रेलले भने, 'त्यसलगत्तै देउराली पुगेर छोरालाई ल्याएर प्रहरीकोमा गयौं।' पुकार दमौलीस्थित सत्यवती उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्।

फिक्का गुलाबी रंगको कारमा चालकसहित तीनजनाको संख्यामा रहेका अपहरणकारीले अर्का एक बालकलाई समेत अपहरण गरेको पुकारले बताएका छन्। उनका अनुसार गाडीको पछिल्लो सिसामा कार्टुनको चित्र टा"सिएको थियो।
'कारभित्र मास्क लगाएर राखेको अर्काे बालक पनि थियो,' पुकारले भने, 'उसको हातखुट्टा बाँधिएको थियो।'
कालो वर्णका ती बालकलाई आफूले नचिनेको उनले बताए। करिब साढे ८ बजेको समयमा साथीको घर जाने क्रममा बाटोमा धूलो उडाउँदै आएको एउटा कारमा आएकाले मुख छोपेर त्यसैमा हालेर लगेको पुकारले बताए। 'उनीहरु पिसाब फेर्न भनेर गाडीबाट उत्रिएका थिए,' पुकारले भने, 'त्यही बेला गर्मी भयो भनेर खोलेको कारको ‰यालबाट फाल हानेर भागे।' गाडीबाट भागेका पुकार घिँरौलाबारीमा दौडिँदै स्थानीय लीला निरौलाको घर पुगेका थिए।
'मलाई बचाउनुस् न दिदी, मलाई बचाउनुस्' भन्दै पुकार करेसाबारीमा आएर गुहार मागेको लीलाको घरमा काम गर्न आएकी मीरा परियारले बताइन्। 'कराउँदै आएपछि दिदीको घरको आँगनमा लगेर राखेँ,' उनले भनिन्, 'बाबु निकै डराएर आत्तिएको थियो।'
करिब ११ बजेको समयमा लीलाले पुकारकी दिदी प्रतिभालाई फोनमार्फत भाइ आफ्नो घरमा भएकाले लिन आउन खबर गरेकी थिइन्। देउराली सदरमुकाम दमौलीबजारबाट ८ किलोमिटरको दूरीमा छ।
अम्रेनीमा सवारी चेकिङ गरेकाले कार १० बजेपछि मात्र अम्रेनीबाट लगेको पुकारले बताए। 'दुईजना कारबाट उर्लिएर प्रहरी भएको ठाउँमा पुगेर फर्किएका थिए,' उनले भने, '१० बजेमात्र खुल्ने भन्दै झन्डै एक घन्टा कार रोकाएर राखे।' अपहरणमा परेका बालकका बाबुआमा दुवै विद्युत प्राधिकरण दमौलीका कर्मचारी हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीले आइतबार बिहान ७ बजेदेखि १० बजेसम्म अम्रेनीमा सवारी चेकिङ गरेको ट्राफिक प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए। घटनाबारे जानकारी पाएपछि विभिन्न ठाउँमा खोजबिन गरेको तनहुँका प्रहरी उपरीक्षक देवबहादुर बोहोराले बताए।
Source: Nagariknews.com
Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-26074973664813141362013-02-25T21:00:00.000-08:002013-02-25T21:00:13.858-08:00फेवा फाइनान्सको १३ औँ शाखा दमौलीमा, यसै वर्ष २० शाखा पुर्याउनेतनहुँ । फेवा फाइनान्सको १३ औँ शाखा तनहुँको सदरमुकाम दमौलीमा स्थापना भएको छ । पोखराको चिप्लेढुङामा मुख्य कार्यालय रहेको फाइनान्सले यसअघि गुल्मी, चितवन, जोमसोम, मुस्ताङ, पाँचथरको फिदिम, पोखराको पार्दी, विरौटा, अमरसिंह चोक, बगरलगायतका जिल्लामा शाखा बिस्तार गरिसकेको छ । फाइनान्सको चुक्तापुँजी ३० करोड तीन लाख रुपैयाँ छ । बैंकका कार्यकारी अधिकृत रेशमबहादुर थापाले यसै वर्षभित्र फाइनान्सका २० शाखा पुर्याइने जानकारी दिए ।

Source: bizmandu.com
Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-41059081912353494352013-01-17T21:36:00.000-08:002013-01-17T21:36:38.779-08:00Song Vyas Nagar<object><param name="allowfullscreen" value="true"></param><param name="movie" value="https://www.facebook.com/v/532853240073171"></param><embed src="https://www.facebook.com/v/532853240073171" type="application/x-shockwave-flash" allowfullscreen="1"></embed></object>

Vocal and Music: Nabaraj Thapa
Lyrics: Dambar Adhikari
Source: From Dambar Adhikari Facebook Status
Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com1tag:blogger.com,1999:blog-1192452090422235222.post-20247595538796166412013-01-17T04:04:00.000-08:002013-01-17T04:04:32.174-08:00तनहुँ जलविद्युत् निर्माण यसै वर्षदेखिदमौली, ३ माघ - तनहुँमा निर्माण गर्न लागिएको तनहँु जलविद्युत् आयोजना (माथिल्लो सेती) को निर्माणकार्य यसै वर्ष सुरु हुने भएको छ । आयोजना निर्माणका लागि आवश्यक स्रोत जुटिसकेकाले यसै वर्षदेखि सरकारले आयोजना निर्माणका लागि काम थाल्ने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।
“आवश्यक सबै स्रोत जुटिसकेको छ,” पुनले भने, ‘यसै वर्षदेखि आयोजना निर्माणको कार्य सुरु हुन्छ ।” आयोजना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरणमा रकम आउन ढिलाइ भइरहेको अवस्थामा अर्थमन्त्री पुनले आवश्यक रकमको कमी हुन नदिने बताए । “१३ करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ,’ उनले भने, “ बाँकी रकम कमी हुन दिनेछैनौं ।”
आयोजना प्रभावित बासिन्दालाई मुआब्जा वितरण गर्न ४० करोड रुपैयाँ आवश्यक पर्छ । हालसम्म व्यास नगरपालिका–७ बेनीपाटन र काहुँशिवपुर गाविस–१ झापुटारका ३९ जनालाई १३ करोड रुपैयाँ मात्र मुआब्जा वितरण भएको छ ।
बर्सेनि ऊर्जासंकट बढी रहेका अवस्थामा पिक आवरको विद्युत् माग पूरा गर्न जलाशययुक्त आयोजना आवश्यक भएको ठहर गर्दै सरकारले आन्तरिक खपतका लागि यो आयोजना विकास गर्न लागेको अर्थमन्त्री पुनले बताए । आयोजनाले तनहुँ जिल्लाका साथै समग्र मुलुकको विकासमा टेवा मिल्ने अर्थमन्त्री पुनको भनाइ थियो ।

आयोजनाका निर्माणका लागि एसियाली विकास बैंक (एडीबी), जापानी अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) र युरोपियन इन्भेस्टमेन्ट बैंकले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् । १४० मेगावट क्षमताको आयोजनाका लागि उनीहरूले अनुदान र सहयोग दिने प्रतिबद्धता जनाएका हुन् । अपुग रकम भने सरकारले हाल्ने भएको छ । आयोजना निर्माणका लागि करिब ४२ करोड डलर (३९ अर्ब रुपैयाँ) लागत अनुमान गरिएको छ ।
source: Karobar Daily
Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-59136001633822097442012-05-09T00:15:00.000-07:002012-05-09T00:15:00.118-07:00जुवा तास र मदिरा हटाउने अभियानमा आमाहरुसमाजमा विकृतिका रुपमा रहेको जाँडरक्सी र जुवातास हटाउन व्यास नगरपालिका वडा नं ५ शान्तिनगरका आमाहरु सक्रिय भएर लागेका छन्।
पुरानाभन्दा पनि नयाँ युवा पुस्तामा उक्त वस्तुको प्रयोग बढी हुँदा समाजमा विकृति फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्न आमाहरु सङ्गठित भएर लागेका हुन्।
व्यास उन्नत आमा समूह गठन गरेर शान्तिनगरको आमा समूह टोललाई जुवातास र मदिरामुक्त बनाउन सामूहिक निर्णय गरेर लागिपरेका हुन्।

पुरुषहरुलाई पटकपटक आग्रह गर्दा समेत जुवातास र जाँडरक्सीको लत नछाडेपछि नियम बनाएर अभियान नै चलाइएको समूहका अध्यक्ष सुनिता पौडेलले बताइन्। उनले समाजका अगुवा नै सार्वजनिक ठाउँमा राति अबेरसम्म बसेर तास खेल्ल्ने र मदिरा सेवन गर्दा त्यसको सिको युवा पुस्ताले समेत गरेको हुँदा समाजलाई सुधार गरी जुवातास मदिरामुक्त गाउँ बनाउन लागिएको बताइन्।
सो अभियानपछि जुवातास खेल्न र राति अबेरसम्म मदिरा खाएर होहल्ला गर्ने क्रम रोकिएको छ। समूहले राति ८ बजेभन्दा पछि मदिरा खाने र बेच्ने, जुवा खेल्ने र खेलाउनेलाई जरिवाना पनि तोकेको छ।

Source: Nagariknews
Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-74498411969910192932011-12-07T20:30:00.000-08:002011-12-07T20:30:08.473-08:00संकटकाल मा बेपत्ता दिलिप हड्खले घर फिर्तासन् २००४ सेप्टेम्बेर बाट बेपत्ता भएका ब्यास नगरपालिका १ का धनराज हड्खले का छोरा दिलिप हड्खले आज राति घर आइपुगेका छन्|  बिस्तृत जानकारी आउन बाकी..... Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-66972295355045021552011-12-03T22:11:00.000-08:002011-12-03T22:11:38.556-08:00'मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्न मिल्दैन' : कांग्रेस सचेतक घिमिरेनेपाली काग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले सर्वाच्च अदालतले संसदको विषयमा गरेको फैसला उचित भएको भन्दै त्यस विषयमा केही राजनीतिक दलले गरेको विरोध उपयुक्त नभएको बताएका छन्। 'दलहरुले मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्न मिल्दैन,' उनले भने

प्रेस युनियन तनहुँले आइतबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान निर्माणका लागि तोकेको २ वर्षमा काम पुरा नगरेर साढे ३ वर्ष थप्दा समेत संविधान निर्माण नगर्ने दल र सभाषदले सर्वाच्च अदालतको आदेशले अधिकार खोस्यो भन्नु आफू नाड्गै हिडेर, मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्नु सरह भएको टिप्पणी गरे।  उनले भने, 'काग्रेसले शान्ति र संविधानलाई सधै प्राथमिकता दिदै आएको छ।' कर्मचारी सरुवा गर्न र बजेट स्वीकृत गर्न समेत यो सरकारले घुस माग्ने गरेको भन्दै सचेतक घिमिरेले वर्तमान सरकार जस्तो भष्ट्रचारी सरकार कुनै पनि नभएको दाबी गरे।

काग्रेसले सत्ता भन्दा शान्ति र संविधानलाई प्राथमिकता दिएकाले काग्रेस सदैव प्रतिपक्षको भुमिका निर्वाह गर्दै आएको उनले बताए। 'विशेष कारणमा माधवकुमार नेपाल सरकारलाई काग्रेसले समर्थन गर्यो,' उनले भने, 'अहिले हामी सत्तामा नगई प्रतिपक्षका रुपमा माओवादीको कार्यशैलीहरु अबलोकन गरिरहेका छौ।'

Source: NagarikNews

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-30892331196506104712011-09-18T20:31:00.000-07:002011-09-18T20:31:47.628-07:00भुकम्पको धक्का महसुस भएपछि तनहुँको दमौली बजारमा निस्केका सर्वसाधारणभुकम्पको धक्का महसुस भएपछि तनहुँको दमौली बजारमा निस्केका सर्वसाधारण

Source: NagarikNewsPramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-30160191221205960202011-05-16T07:47:00.000-07:002011-05-16T07:48:41.099-07:00दुई विद्यार्थीमाथि चक्कु प्रहारघरबाट विद्यालय गएका दुई विद्यार्थी चक्कु प्रहारबाट घाइते भएका छन्। तनहुँको दमौली बजारस्थित निर्मल उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सन्तोष थापा र कक्षा ९ का बलिराम थापा चक्कुप्रहारबाट गम्भीर घाइते भएका हुन्।

घाइते दुवै थापालाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ। नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि पोखरा पठाइएका सन्तोष थापाको टाउकोमा ४ टाँका लगाएको छ भने दमौली अस्पतालमा प्राथमिक उपचार गरिएका बलिरामलाई अस्पतालले पोखरा पठाएको हो।  विद्यालयको खाजा खाने छुटिट्को समयमा विद्यालय परिसर बाहिर खाजा खाइरहेका उनीहरुमाथि पोखरी भन्ज्याङ- १, बेलबासका युवाहरुले चक्कु प्रहार गरेका हुन्। निर्मल उच्च माध्यमिक विद्यालयबाटै एसएलसी परिक्षा दिएका हस्ते थापाको समूहले आक्रमण गरेको सन्तोषसँगै अध्ययनरत बसन्त थापाले बताए।

आक्रमण गर्ने समूहको अहिलेसम्म पहिचान हुन नसकेको विद्यालयका प्राधानाध्यापक रमेशचन्द हडड्खलेले बताए। उनले भने, 'अहिले हामी घाइते विद्यार्थीको उपचार तर्फ लागेका छौं, उपचारपिछ आक्रमण गर्नेको खोजी गर्छौं।'
Source: Nagarik NewsPramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com1tag:blogger.com,1999:blog-1192452090422235222.post-8006411000539127072011-04-14T02:29:00.000-07:002011-04-14T02:29:09.255-07:00नेपालकै होटलमा नेपालीलाई निषेधसमुन्द्र पौडेल, नेपालमा खोलिएको होटलमा नेपालीलाई नै निषेध भन्दा पत्यार नलाग्ला। तर, तनहुँमा संचालित एक होटलमा नेपाली ग्राहकले रात विताउन पाउदैनन्। जिल्लाको धरमपानी ९ धाँवामा संचालित सेती रिभर क्याम्पमा नेपाली ग्राहकलाई बस्ने सुविधा नभएको हो।

सन् १९९५ मा केर एण्ड डाउने रिसोर्टको शाखाको रुपमा स्थापना भएको होटलका ग्राहक सबै विदेशी हुन्। दमौलीबाट चितवनको घुमाउने निस्किने पदयात्रा, जलबिहार र सफारीका पर्यटकहरु नै होटलका प्रमुख ग्राहक भएको होटलका म्यानेजर नरेश गुरुङले बताए। ‘अधिकांश ग्राहक अमेरिकी र बेलायती पर्यटक हुन्,' उनले भने, ‘पर्यटककै नहुँदा पनि नेपाली पर्यटक बस्न पाँउदैनन्' होटलमा केही मात्रामा जापान, भारत, लगायतका मुलुकका पर्यटकसमेत आउने गरेका छन्।

करिब एक करोडको लागतमा १८ रोपनी जग्गामा फैलिएको क्याम्पमा पर्यटकका लागि १७ वटा गाउँले परिवेशका घर बनाइएको छ। साना साना आकारका प्रत्येक घरमा २ जना पर्यटक बस्न मिल्ने गुरुङले बताए। अफ सिजनमा महिना भर ४० र सिजनमा २ सय सम्म पर्यटक क्याम्प बुकिड गरेर आउने गरेको उनले बताए। क्याम्पको दररेट महँगो भएको र प्याकेजमा बुकिङ गरेका पर्यटकले मात्र बस्न पाउने भएकाले अन्य स्वदेशी पर्यटकलाई बस्ने सुविधा नभएको हो। ‘राजदुताबास र युएनका कर्मचारीहरु कहिले काहिँ आउँछन्।' म्यानेजर गुरुडले भने, ‘नेपालीलाई पनि क्याम्पमा राख्न पर्यो भन्दै पर्यटन बोर्डका कर्मचारीसमेतले आग्रह गरेका थिए।'

क्याम्पमा बस्न नपाउने भएपछि गाउँको भ्रमणका लागि स्वदेशी पर्यटकहरुलाई समस्या परेको स्थानीय बासिन्दा राजेन्द्र गुरुङले बताए। जलयात्राका लागि उपयुक्त मानिएको मादी नदीमा जलबिहार गर्ने पर्यटकहरु समेत नदी किनारमा टेन्ट हालेर रात बिताउन बाध्य भएको उनले बताए। उनले भने, ‘होटलमा बस्ने व्यवस्था भए चैत बैशाखको हावाहुरीमा पर्यटकलाई राहत हुन्थ्यो।

Source: Nagarik News

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-70711548536837193392011-03-03T17:47:00.000-08:002011-03-03T17:47:45.349-08:00शिवरात्रीमा मन्दिरमा भेला भएका युवाबीच कुटाकुटमहाशिवरात्रीको क्रममा शिव मन्दिरमा भेला भएका दुई युवा समूहबीच बिहान करिब १ बजे झडप हुँदा तनहुँमा ५ जना घाइते भएका छन्।

घाइते हुनेहरुमा व्यास–५, दुम्सीचौरका २० वर्षीय अमर दरै, १५ वर्षीय दिनेश दरै, १६ वर्षीय राजीव परियार, १६ वर्षीय मनोज थापा र १८ वर्षीय पुनबहादुर दरै रहेका छन्।

उनीहरुलाई व्यास–५, दुम्सीचौरका युवाले कुटपिट गरेको प्रहरीले जनाएको छ।

घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका दिनेश दरैलाई थप उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ। Source:Nagarik News Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-47897668364094907002011-02-21T17:43:00.000-08:002011-02-21T17:43:06.456-08:00दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीन जनाको हत्यातनहुँको दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीनजनाको हत्या गरेका छन् । ब्यास नगरपालिका १० मालपोत लाइनका २३ वर्षीय दिविङ रानामगरले विहान ६ बजेतिर छिमेकी ६० वर्षीय दिलबहादुर सापकोटा र उनकी ५५ वर्षीया श्रीमती यशोदा सापकोटालाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । रानाले सापकोटा दम्पतीलाई भान्सा कोठामा गई खुर्पा प्रहार गरेका हुन् ।

सापकोटा दम्पतीको हत्या गरेको पाँच मिनेटमै घर नजिकै व्यास १० देउराली नगरका ६० वर्षीय टिकाराम श्रेष्ठ र उनकी श्रीमती पार्वती श्रेष्ठलाई खुर्पा प्रहार गरे । घटनामा गम्भिर घाइते भएका टिकाराम पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकी श्रीमती पावर्तीको पश्चिमाञ्चलमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार घरमा बसिरहेका श्रेष्ठलाई रानाले एक्कासी खुर्पा प्रहार गरेका थिए । त्यस्तै श्रेष्ठलाई खुर्पा प्रहार गरे लगत्तै घर भित्र रहेकी उनकी श्रीमतीलाई समेत खुर्पा प्रहार गरी घाइते बनाएका थिए । श्रेष्ठ दम्पतीलाई खुर्पा प्रहार गरे लगत्तै मादी नदीको झोलुङगे पुल तर्फ भागेका रानालाई पुलको दुवै तर्फवाट प्रहरी र स्थानीयबासीले समात्ने प्रयास गरेपछि झण्डै एक सय फिट अग्लो पुलबाट मादी नदीमा हाम फालेका थिए । नदीमा हाम फालेका रानालाई स्थानीयवासीले नदी पार गरे लगत्तै समातेर प्रहरीलाई बुझाएका थिए ।

केही समययता रानाको मानसिक स्थिति ठिक नरहेको परिवारजनले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन जनाको हत्यापछि दमौली बजार शोकमग्न बनेको छ ।

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com1tag:blogger.com,1999:blog-1192452090422235222.post-70910331205307836402010-07-26T18:03:00.000-07:002010-07-26T18:03:24.778-07:00स्वास्थ्यकर्मी बिरामी परेपछि उपचारमा गाह्रोटाइफाइडले दमौली अस्पतालका स्वास्थ्यकर्मी बिरामी भएपछि उपचारमा कठिनाइ भएको छ। ६ स्वास्थ्यकर्मी बिरामी भएका अस्पतालले जनाएको छ।

‘वर्षासँगै अस्पताल आउने बिरामीको सर्वसाधारणको संख्या बढिरहेका बेला स्वास्थ्यकर्मी बिरामी भएका छन्,' अस्पतालकी डा.स्वैरिता काफ्लेले भनिन्, ‘बिरामीलाई उपचार गर्न हम्मे परेको छ।' बिरामीको चाप थेग्न नसकेपछि जिल्ला स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र भीमादबाट दमौलीमा स्वास्थ्यकर्मी झिकाएको छ।

टाइफाइडबाट स्वास्थ्कर्मीका साथै प्रहरी, सरकारी कार्यालयका कर्मचारी पनि बिरामी भएका छन्। कर्मचारी बिरामी हुँदा जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, तनहुँ जिल्ला अदालत, पशुसेवा, महिला विकासलगायत कार्यालयका काम प्रभावित भएका छन्।

३० प्रहरी टाइफाइडबाट बिरामी भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यतिका संख्यामा प्रहरी बिरामी भएपछि अप्ठ्यारो परेको प्रहरी प्रमुख ईश्वरीप्रसाद चापागाईंले बताए। उनले भने, ‘जिल्लामा कुनै घटना भइहाले प्रहरी अभाव हुन्छ। बल्लतल्ल ड्युटी चाहिँ मिलाएका छौं।' दमौली अस्पतालका दुई डाक्टरले प्रहरीको उपचार गरिरहेका छन्।

कर्मचारी बिरामी भएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयको आन्तरिक लेखा परीक्षण र प्रतिवेदनको काम थन्किएको छ। प्रमुख कोष नियन्त्रक शालिग्राम शर्मा पौडेलले भने, ‘लेखाका पाँच कर्मचारीमध्ये दुई टाइफाइडले बिरामी परेका छन्। आर्थिक वर्षको अन्त्यमा सक्नुपर्ने धेरै काम बाँकी छन्।'

न्यायाधीस जगतप्रसाद श्रेष्ठ टाइफाइडले बिरामी परेकाले जिल्ला अदालतका काम प्रभावित भएका छन्। न्यायाधीसको अनुपस्थितिमा मुद्दा फैसला, मिलापत्रलगायत हुन नसकेको जिल्ला अदालतका डिठ्ठा विश्व सुवेदीले बताए। मालपोत कार्यालयका दुईमध्ये एक कम्प्युटर अपरेटर टाइफाइटबाट बिरामी परेपछि पुर्जा प्रिन्टमा समस्या परेको मालपोत अधिकृत खगेन्द्रराज घिमिरेले बताए।

टाइफाइडले प्रकोपको रूप लिएपछि दमौली अस्पतालमा दैनिक २ सयभन्दा बढी आउने गरेका छन्। अस्पतालमा टाइफाइडको थप औषधी आएको प्रमेख डा. सुशीलनाथ प्याकुरेलले बताए। उनले भने, ‘अशुद्ध खानेपानीका कारण टाइफाइडको संक्रमण फैलिएकाले यसतर्फ ध्यान दिनुपर्छ।'

Source: Nagarik News

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-68979750721592746252010-07-16T02:10:00.000-07:002010-07-16T02:10:20.070-07:00Damauli on sickbedDamauli and adjoining areas are on sickbed, thanks to increase in the number of fever and typhoid patients with the onset of monsoon.

These days, typhoid and fever patients can be found in almost every household in Damauli Bazaar. With over 200 patients visiting it daily, Damauli hospital is finding it difficult to cope with patients’ pressure. The patients have been left in the lurch as health workers too have fallen ill.  Says Chudamani Dahal, chairman of the National

Apolo Hospital, “Number of patients is increasing by the day.” He maintains that ty- phoid might pose a greater threat if effective control measures are not taken.

With local health institu- tions crowded, patients have started travelling to Kathmandu, Pokhara and Chitwan for treatment.

Sushilnath Pyakurel, a local, claims that the disease is taking epidemic proportions, all due to contaminated water.

Damauli Drinking Water and Sanitation Consumers Committee Chairman Shantiraman Wagle refutes the claim, saying that water is not to blame. Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-24456859811628452222010-06-27T01:42:00.000-07:002010-06-27T01:42:48.044-07:00Bishownath Adhikari released after 34 daysBishwonath Adhikari, Gajuri branch manager of Gramin Bikas Bank, was released today from Kabilas, Chitwan after 34 days in captivity.

Adhikari’s wife Shobha, along with relatives, human rights activists and lawyers found him at Jugedi Bridge on the Narayanghat-Muglin road section at 6:30 am covered with a yellow cloth with his limbs tied and mouth covered. He was taken to Bharatpur hospital for medical check-up. Doctors said his condition is normal. A terrified Adhikari has not spoken anything about the incident. Shobha said he wanted to meet his children and told her to take him home immediately. She added that he was in no condition to speak with the media.

Adhikari is a permanent resident of Ranigaun, Byas-3, Tanahun.

The police, however, was informed only after Adhikari was brought to the hospital. Meanwhile, a press release of Democratic Security Force (DSF), an organisation never heard of before, was discovered in the area where Adhikari was found.

The press release, signed by Baba Balaram, chairman of the organisation, mentions that Adhikari was kidnapped for investigative purposes — though it did not mention what was being probed — but he was being released due to deteriorating mental and physical health.

The force stated that it could not complete its investigation and the documents it had seized also could not be protected due to security concerns. The organisation has also stated that it will continue struggling for a Hindu state and the common people.

According to Shobha, the kidnappers had demanded Rs 5 lakhs ransom in the first week, but later they had gradually increased the amount to as much as Rs 40 lakhs. She added, “But they did not talk about ransom after we clarified that we could not pay such a large amount.”

A day after Adhikari was kidnapped from Dhading on May 23, Nepal Rastra Bank (NRB), accusing Gramin Bikas Bank of working illegally with Unity Life International (ULI), had dismissed the bank’s management committee and formed an ad hoc committee under the coordination of Rewati Prasad Nepal of NRB.

ULI had also renamed the bank Unity Bikas Bank without informing NRB, saying that it had purchased 52 per cent share from the bank. Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-55206988454601770482010-05-30T18:21:00.000-07:002010-05-30T18:21:42.992-07:00एक महिना पछि मादीको पानी पुनः वितरणदमौलीमा मादी नदीबाट पम्पिङ्ग प्रविधिबाट वितरण सुरु गरिएको खानीपानी महिना दिन नपुग्दै पानी तान्ने मोटरको खराबीका कारण बैशाख १६ गतेबाट रोकिएकोमा शनिबारदेखि पुनः पानी वितरण कार्य सञ्चालनमा आएको छ ।

खानेपानी समितिले नयाँ पानी तान्ने मोटर झिकाएर पानी वितरण कार्य सुरु गरेको हो ।

दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तिरमण वाग्लेका अनुसार पम्पिङ्ग मोटरको एक वर्षो वरेन्टि भएकाले कम्पनीले पुरानो फिर्ता लगेर नयाँ मोटर उपलब्ध गराइदिने हुँदा अब अतिरिक्त मोटर रहने भएकाले यस्तो असुविधा नहुने बताउनु भयो ।

त्यस्तै उहाँले वषर्ायाममा मादी नदी बढि धमिलो हुँदा फिल्टर गर्न समस्या हुन सक्ने भएकाले उक्त समयमा मादी नदीको पानी वितरण कार्य रोकिन सक्ने बताउनु भयो ।

बैशाख १६ गते देखि यता दमौली बासिमा खानेपानीको हाँहाकार मचिएको थियो ।

व्यास नगरपालिकाको वडा नं. २, १० र ११ मा दैनिक १५ लाख लिटर पानीको माग भएपनि हाल दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मुस्किल्ले दैनिक ७ लाख लिटर मात्र पानी वितरण गर्न सकेको थियो ।

जामुने गाविसको बराह मूलबाट ल्याइएको पानीले उपभोक्ताको मागलाई पुरा गर्न नसकेपछि दमौली खानेपानी समितिले मागअनुसारको खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार मादी नदीबाट पम्पिङ गरी उपभोक्ताको मागलाई पुरा गर्न लागेको हो ।

हाल बराह मुलबाट दैनिक ६/७ लाख लिटर पानी आउने गरेता पनि उपभोक्ताहरुको मागलाई पुरा गर्न नसकेपछि उपभोक्ता समितिले मादी नदीको पानी पम्पिङ्ग गरि वितरण गर्ने कार्यलाई अगाडि बढाएको समितिका अध्यक्ष शान्तिरमण वाग्लेले बताउनु भयो ।

करिब एक करोड रूपैयाँको लागतमा निर्माणाधिन उक्त प्रणालीको खानेपानी योजना हाल ५० लाख रुपैयाँ बराबरको लागतमा एक फिल्टर ट्याङ्क िर अन्य निर्माण कार्य सम्पन्न भएको र दोश्रो ट्याङ्क िनिर्माणाधिन रहेको छ ।

व्यास नगरपालिकाका २, १० र ११ वडामा हालसम्म समितिले करिब २१ सय धारा जडान गरेको छ र बढ्दो नयाँ घरहरु निर्माण संग-संगै मासिक ५० धारा जडानको माग भएको तर प्रयाप्त मात्रमा पानी नहुँदा हाल नयाँ धारा जडान कार्य बन्द गरिएको बताइएको छ ।

त्यस्तै, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ८ हजार लिटर बराबरको न्यूनतम मासिक ४० रुपैयाँ र प्रति यूनिट -हजार लिटर)

बराबर ८ रुपैया ५० पैसाको दरले महशुल लिंदै आएको छ ।

Source: hamrotanahun.com.np

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-36079988842658797402010-05-26T17:13:00.000-07:002010-05-26T17:20:41.922-07:00अपहरित बैंक कर्मचारीको रिहाइको मागग्रामीण विकास बैंक गजुरी शाखाका प्रबन्धक विश्वनाथ अधिकारीलाई अज्ञात समूहले अपहरण गरेकाले सकुशल अपहरण मुक्त गर्न परिवारले माग गरेको छ ।

तनहुँ जिल्ला व्यास-३ रानीगाउँ निवासी ३८ वर्षीय अधिकारीलाई डेमोक्रेटिक सेक्युरिटी फोर्स बताउने समूहले आइतबार राति गजुरीबाट अपहरण गरेको जानकारी फोनबाट बैंकका कर्मचारीलाई दिइएको कर्मचारीले जनाएका छन् ।

समस्याको समाधान व्यक्ति अपहरण गरेर नहुने भन्दै अधिकारीका दाजु ध्रुवले भाइलाई सकुशल मुक्त गर्ने पहल गर्न अधिकारकर्मीसमक्ष आग्रह गरेका छन् ।

युनिटी लाइफ इन्टरनेसनलमा जनताको फसेको पैसा फिर्ता नगरेसम्मका लागि अपहरण गरेको बताउदै अपहरणकारीले घटनालाई धेरै हल्ला नगर्नसमेत धम्की दिएको बैंकका कर्मचारीले बताएका छन् ।

युनिटीलाइफ इन्टरनेसनलले ग्रामीण विकास बैंकको गजुरी शाखामा ५८ प्रतिशत सेयर  Source:RSS Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-51350946477160968242010-03-23T19:18:00.000-07:002010-03-23T19:18:47.168-07:00धावक राजेन्द्र भण्डारी सम्मानितहालै बङ्गलादेशमा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल धावक राजेन्द्र भण्डारीलाई तनहुँमा सम्मान गरियो

तनहुँ निवासी भण्डारीलाई खैरेनीटार चैतेदसैँ महोत्सवमा उहाँलाई सम्मान गरिएको हो।

तनहुँ जिल्लाको चोक चिसापानीमा जन्मिएका भण्डारीले राष्ट्रलाई दिलाएको स्वर्ण पदकको कदर गर्दै उनलाई सम्मान गरिएको महोत्सव आयोजक समितिले जनाएको छ।

Source: rss

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-54937567341579416802010-03-17T21:00:00.000-07:002010-03-17T21:00:16.427-07:00दमौंलीस्थित मादी नदीमा पौंडदै युवा

दमौंलीस्थित मादी नदीमा पौंडदै युवा।

Source: Nagarik News

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-75675754021076628582010-01-21T00:23:00.000-08:002010-01-21T00:23:47.527-08:00सम्हाल्ने निकाय कुन हो ?

तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नपा–२ मा गाडीले पोललाई ठक्कर दिएपछि लत्रिएको तार।

Source: Nagarik News

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-48211013098849265052010-01-02T20:32:00.000-08:002010-01-02T20:32:57.533-08:00वर्गिय संघियतामा जानुपर्ने ब्राह्मण समुदायको मागनेपालका ब्राह्मण समुदायले जातीय आधारमा नभै वर्गिय आधारमा संघियतामा जान माग गरेका छन्। आफ्नो समुदायको माग सार्वजनिक गर्दै नेपालका ब्राह्मण समुदायको प्रतिनिधिमूलक संस्था राष्ट्रिय ब्राम्ह्ण समाज नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले देशलाई जातीय आधारमा विभाजन गर्दा विखण्डनको खतरा आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो।

आज तनहुँ सदरमुकाम दमौलीमा ब्राह्मण समुदायको भेलालाई सम्बोधन गर्दै अधिकारीले धनी र गरिबलाई समेटी वर्गिय संघियतामा जानु उपयुक्त हुने बताउनुभयो। भेलामा बोल्दै उहाँले विभिन्न समुदायले आरक्षण मागेका कारण संविधान निर्माणमा ब्राम्हण समुदाय ओझेलमा परेको आरोप लगाउनुभयो।

भेलालाई सम्बोधन गर्दै समाजका केन्दीय उपाध्यक्ष माधव पहारीले आरक्षण र संरक्षणका कारण सक्षम ब्राम्हण समेत अवसरबाट बन्चित हुनु परेको बताउनुभयो।

भेलामा मन्व्य व्यक्त गर्दै केन्दीय सदस्य कपिलनाथ कोइराला र हेमश्वराज पराजुलीले राष्ट्रको नागरिक भएर पनि ब्राम्हणहरु आफ्नो अधिकारबाट बन्चित हुनु परेको धारणा व्यक्त गर्नुभएको थियो।

यसैबिच, भेलाले डा.लक्ष्मीकान्त चापागाईको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय ब्राम्हण समाज नेपाल तनहुँ तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा कृष्णप्रसाद पन्थ, सचिवमा कृष्णचन्द्र पाण्डे, कोषाध्यक्षमा इन्दिरा पण्डित रहनुभएको छ ।

Source: Dainikee.com and Nagarik NewsPramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-62483871815428804412009-12-30T19:45:00.000-08:002009-12-30T19:45:44.509-08:00तालमा ताल

प्रधानसेनापति छत्रमानसिंह गुरुङ र गुरुङपत्नी तनहुँको दमौलीमा तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रममा खैँजडी बजाउँदै।

Source: Nagarik News

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-80836393440821641052009-12-27T00:28:00.000-08:002009-12-27T00:28:09.257-08:00सङ्घीयताको विरोधमा

गण्डकी, धौलागिरी बन्द सफल पार्न पृथ्वी राजमार्गअन्तर्गतको दमौलीको मुख्य चोकमा टायर बाली लाठीसहित खटिएका राष्ट्रिय जनमोर्चाका कार्यकर्ता। तस्बिर : प्रकाशचन्द्र भट्टराई

Source: Nagarik News

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0tag:blogger.com,1999:blog-1192452090422235222.post-39100818922518359142009-12-25T23:45:00.000-08:002009-12-25T23:45:39.881-08:00कसरी गुड्छ होला......

तनहुँको व्यास नपा–१, भादगाउँमा रोकिराखेको ट्याक्टरमा चढेर रमाइलो मान्दै बालक

Source: Nagarik News

Pramod Poudelhttp://www.blogger.com/profile/07657539209902825381noreply@blogger.com0