Wednesday, November 11, 2009

संविधानसभा भङ्ग गर्ने कुरा काङ्ग्रेसले नगरेको

नेपाली काङ्ग्रेसका उपसभापति रामचन्दं्र पौडेलले संविधानसभा भङ्ग गर्ने कुरा काङ्ग्रेसबाट नआएको स्पष्ट गर्नुभएको छ ।
उहाँले काङ्ग्रेसका कुनै पनि नेताले बोल्दै नबोलेको र सोच्दै नसोचेको कुरालाई एमालेका केही नेताहरुले बोल्दै हिड्नु गैर जिम्मेवार काम भएको बताउनुभयो ।
रिपोर्ट्र्स क्लव नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका उपसभापति पौडेलले उक्त खण्डन गर्नुभएको हो ।
उहाँले एमालेभित्र पनि एउटा गुट माधवकुमार नेपालको नेतृत्वको सरकार ढाल्ने दाउमा लागेको आरोप लगाउँदै त्यही गुटले जथाभावी बोलेको बताउनुभयो ।
बजेट पारित हुन नसकेको सम्बन्धमा सोधिएको जिज्ञासामा 'बजेटको बारेमा माओवादीले विरोधको सूचना पनि दिएका छैनन् र छलफल पनि गर्न दिएका छैनन् त्यसैले मेरो बिचारमा बजेट पारित भइसकेकेा छ, अव घोषणा हुन मात्रै बाँकी छ', उहाँले भन्नुभयो ।
उहाँले माओवादीका लडाकू क्यान्टोन्मेन्टमा र हतियार कन्टेनरमा राखेर मुलुकमा शान्ति पनि नहुने र संविधान पनि नबन्ने हुँदा पहिला त्यसको व्यवस्था गर्नुपर्ने बताउनुभयो।
सो कार्यक्रम रिपोर्टस क्लव तनहुँका अध्यक्ष मदन वाग्लेको सभापतित्वमा भएको थियो।

source: harmotanahun.com.np

No comments: