Wednesday, December 30, 2009

तालमा ताल


प्रधानसेनापति छत्रमानसिंह गुरुङ र गुरुङपत्‍नी तनहुँको दमौलीमा तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रममा खैँजडी बजाउँदै।

Source: Nagarik News

Read More......

Sunday, December 27, 2009

सङ्घीयताको विरोधमा


गण्डकी, धौलागिरी बन्द सफल पार्न पृथ्वी राजमार्गअन्तर्गतको दमौलीको मुख्य चोकमा टायर बाली लाठीसहित खटिएका राष्ट्रिय जनमोर्चाका कार्यकर्ता। तस्बिर : प्रकाशचन्द्र भट्टराई

Source: Nagarik News

Read More......

Friday, December 25, 2009

कसरी गुड्छ होला......


तनहुँको व्यास नपा–१, भादगाउँमा रोकिराखेको ट्याक्टरमा चढेर रमाइलो मान्दै बालक

Source: Nagarik News

Read More......

Thursday, December 24, 2009

Garbage in Damauli street


स्थानीय निकायका कर्मचारी आन्दोलनमा उत्रिएकाले दमौलीका सडकमा एक सातादेखि फोहोर उठ्न सकेको छैन।

Source: Nagarik News

Read More......

Sunday, December 6, 2009

एमाले तनहुँमा सिग्देल

नेकपा एमाले तनहुँको आज सम्पन्न सातौं जिल्ला अधिवेशनले केदार सिग्देलको अध्यक्षतामा ४२ सदस्यीय जिल्ला कमिटि चयन गरेको छ। सिग्देलले निवर्तमान जिल्ला सचिव प्रतापलाल श्रेष्ठलाई १ सय ६८ मत अन्तरले. पछाडि पार्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।
सिग्देलको पक्षमा २८२ र श्रेष्ठको पक्षमा ११४ मत खसेको थियो।
त्यसैगरी अधिवेशनले श्रीप्रसाद श्रेष्ठलाई उपाध्यक्ष,विद्या ढकालललाई सचिव,रेखा बस्याललाई उपसचिव पदमा निर्वाचित गरेको छ।
त्यसैगरी अधिवेशनबाट खुल्ला सदस्यमा श्रीराम कार्की,नारायणप्रसाद खनाल,शंकर नारायण श्रेष्ठ,शिवसंकर पौडेल र होम बहादुर थापालाई निर्वाचित गरेको छ। अधिवेशनबाट अध्यक्ष बाहेकका अन्य पदमा सर्वसम्मत हुने अनुमान गरिएपनि अधिकांशजसो पदमा सहमति कायम हुन नसकि निर्वाचन भएको थियो।
अधिवेशनबाट निर्वाचित हुनेमा बढी सदस्य एमाले नेता केपी ओली पक्षको भएको बताइएको छ।
नयाँ कार्यसमितिका लागि एमाले अध्यक्ष खनाल पक्ष र ओली पक्ष खुलेरै प्रचारप्रसारमा जुटेका थिए।
नवनिर्वाचित पदाधिकारीलाई एमाले गण्डकी अन्चल ईन्चार्ज खगराज अधिकारीले पदको सपथ गराउनुभएको थियो।
अधिवेशनमा जिल्लाभरका कुल ४ सय २९ प्रतिनिधि सहभागि थिए


Soruce: Dainikee.com

Read More......

Thursday, December 3, 2009

आन्दोलनको नया“ शैली

साना तिना कुरामा पनि विभिन्न राजनीतिक दलका कारण उतिखेरै बाटो बन्द हुनु ,उतिखेरै खुल्नु नेपालीहरुका लागि नौलो कुरा होइन । राष्ट्रपटिको असंबैधानिक कदम सच्चिनुपर्ने भन्दै सदन र सडकमा आन्दोलनसँगै ढुङ्गा र टायर बाल्ने एकीकृत नेकपा माओबादीको व्यवहार पनि समाजमा पचिसकेको कुरा हो । सधैं नाराबाजिका साथ आन्दोलन गर्ने माओबादीकै भातृ सङ्गठन अनेरास्वबियू क्रान्तिकारीले भने मंगलबार तनहुँको व्यास नगरपालिका सफासडक स्थित नगरपालिकाको गेटमै बाटो त वन्द थियो नै तर सयौं विद्यार्थी जम्मा गरी प्रतिभाको विकास गर्दै रचनात्मक रुपमा नौलो सैलीमा आन्दोलनको रुप दिए । बाटो नै जाम हुने गरी कर्ुर्ची राखी आन्दोनकै रुपमा विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उद्देश्यले कविता, हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगिताको आयोजना गरेका छन् ।
नागरिक सर्वोच्चताको माग गर्दै असंबैधानिक कदम सच्चिनुपर्ने मागका साथ आन्दोलन गरिरहेको एकीकृत नेकपा माओवादीको मातृ संगठनले किन यसरी आन्दोलनको बाटो रोज्यो अनेरास्वीयु क्रान्तिकारीका जिल्ला अध्यक्ष शुक्र चुमानले- "हामीले सांकेतिक रुपमा शान्तिपर्ूण्ा र रचनात्मक अनि स्तरिय कार्यक्रमको आयोजना गरेका छौं । हिजो सडकमा आएर ढुङ्गा हान्थे टायर बाल्थे भने आज आन्दोलनकै रुपमा व्यक्तित्व विकास पनि होस् भनेर यस्तो कार्यक्रमको आयोजना गरिएको बताउँछन्।

उक्त कार्यक्रममा विभिन्न विधामा जिल्ला भरिका करिव ६० जनाको सहभागि रहेको थियो । साथै उक्त कार्यक्रममै माओवादी जिल्ला इन्चार्ज हरिबहादुर चुमान, अनेरास्ववीयु केन्द्रीय सचिवालय सदस्य ओमकुमारी पौडेलले नागरिक सर्वोच्चताको प्रत्याभूति नदिलाएसम्म आन्दोलन जारी रहने जनाएका छन्।
प्रतियोगिताको हाजिरिजवाफ त र्फ र्सवज्योति माध्यामिक विद्यालय सेवर प्रथम, चण्डीदेवि राष्ट्रिय माध्यामिक विद्यालय दोस्रो, कालिका माध्यामिक विद्यालय तृतीय र वाराही आवासीय उमावि -क)ले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको थियो । त्यसैगरी वतृत्वकला तर्फसिर्द्धार्थ उच्च माविका विद्यार्थीले प्रथम स्थान प्राप्त गरेका छन् ।

Source: harmotanahun.com.np

Read More......