Monday, August 24, 2009

दमौली नजिक बस दुर्घटना, ६ को मृत्यु

तनहूँको ब्यास नगरपालिका वडानम्बर ९ अन्तर्गत खहरेमा आज दिउँसो भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तिमा ५० जना घाइते भएका छन्।
तनहूँ सदरमुकाम दमौलीबाट लमजुङको भोर्लेटार तर्फ जाँदै गरेको ग १ ख ११६१ नम्बरको यात्रुबाहक बस सडकबाट एक्कासी एकसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ।
मृत्यु हुनेमा तनहूँको स्याम्घा गाविसका कृष्ण भुषाल, क्यामिनका प्रेम श्रेष्ठ, भानुका वीरमाया कुमाल, ब्यास नगरपालिकाका सूर्यबहादुर नेपाली र लमजुङ भोटेओढारका चन्द्र गुरुङ छन्। मृतकमध्ये एकजना बालिकाको सनाखत हुन सकेको छैन।
दुर्घटनामा पाँचजनाको घटनास्थलमै र बाँकी १ जनाको उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
दुर्घटनाका घाइतेमध्ये ४२ जनाको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ। बाँकी सामान्य घाइतेमध्ये ८ जनाको दमौलीमा अस्पतालमा उपचार भैरहेको छ।
अविरल वर्षापछि सडक कमजोर बन्न जाँदा र सडक साँघुरो भएकोले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

Source: Dainikee.com

Read More......

Friday, August 21, 2009

दमौली र मानुङको सेरोफेरो

गण्डकी बांग्मय प्रतिस्ठानले मानुङकोटमा आयोजना गरेको साहित्यिक कार्यक्रमका तस्विर हरु








गण्डकी बांग्मय प्रतिस्ठानले मानुङकोटमा आयोजना गरेको साहित्यिक कार्यक्रमका तस्विर हरु

Read More......

Monday, August 10, 2009

पानी भनेर एसिड खुवाएपछि......

पानी भनी दिएको एसिड खाएर सोमबार दमौलीमा एक वृद्धा बेहोस भएकी छन्।
व्यास १० बस्ने ७० वर्षिया नन्दकुमारी दुवाडी राना होटलकी सन्चालिका अमृता मगरले पानी भनी दिएको मिनरल वाटरको बोतलमा रहेको एसिड सेवन गरेपछि बेहोस भएकी हुन्।
उनको दमौली अस्पतालमा उपचार हुन नसकेपछि पोखरामा उपचार भइरहेको र उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
उनको उपचार होटल मालिकले गरिदिएको बताइएको छ।

Source: Dainikee.com

Read More......