Wednesday, December 7, 2011

संकटकाल मा बेपत्ता दिलिप हड्खले घर फिर्ता

सन् २००४ सेप्टेम्बेर बाट बेपत्ता भएका ब्यास नगरपालिका १ का धनराज हड्खले का छोरा दिलिप हड्खले आज राति घर आइपुगेका छन्| बिस्तृत जानकारी आउन बाकी.....

Read More......

Saturday, December 3, 2011

'मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्न मिल्दैन' : कांग्रेस सचेतक घिमिरे

नेपाली काग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले सर्वाच्च अदालतले संसदको विषयमा गरेको फैसला उचित भएको भन्दै त्यस विषयमा केही राजनीतिक दलले गरेको विरोध उपयुक्त नभएको बताएका छन्। 'दलहरुले मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्न मिल्दैन,' उनले भने

प्रेस युनियन तनहुँले आइतबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान निर्माणका लागि तोकेको २ वर्षमा काम पुरा नगरेर साढे ३ वर्ष थप्दा समेत संविधान निर्माण नगर्ने दल र सभाषदले सर्वाच्च अदालतको आदेशले अधिकार खोस्यो भन्नु आफू नाड्गै हिडेर, मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्नु सरह भएको टिप्पणी गरे। उनले भने, 'काग्रेसले शान्ति र संविधानलाई सधै प्राथमिकता दिदै आएको छ।' कर्मचारी सरुवा गर्न र बजेट स्वीकृत गर्न समेत यो सरकारले घुस माग्ने गरेको भन्दै सचेतक घिमिरेले वर्तमान सरकार जस्तो भष्ट्रचारी सरकार कुनै पनि नभएको दाबी गरे।



काग्रेसले सत्ता भन्दा शान्ति र संविधानलाई प्राथमिकता दिएकाले काग्रेस सदैव प्रतिपक्षको भुमिका निर्वाह गर्दै आएको उनले बताए। 'विशेष कारणमा माधवकुमार नेपाल सरकारलाई काग्रेसले समर्थन गर्‍यो,' उनले भने, 'अहिले हामी सत्तामा नगई प्रतिपक्षका रुपमा माओवादीको कार्यशैलीहरु अबलोकन गरिरहेका छौ।'



Source: NagarikNews

Read More......

Sunday, September 18, 2011

भुकम्पको धक्का महसुस भएपछि तनहुँको दमौली बजारमा निस्केका सर्वसाधारण

भुकम्पको धक्का महसुस भएपछि तनहुँको दमौली बजारमा निस्केका सर्वसाधारण


Source: NagarikNews

Read More......

Monday, May 16, 2011

दुई विद्यार्थीमाथि चक्कु प्रहार

घरबाट विद्यालय गएका दुई विद्यार्थी चक्कु प्रहारबाट घाइते भएका छन्। तनहुँको दमौली बजारस्थित निर्मल उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सन्तोष थापा र कक्षा ९ का बलिराम थापा चक्कुप्रहारबाट गम्भीर घाइते भएका हुन्।


घाइते दुवै थापालाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ। नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि पोखरा पठाइएका सन्तोष थापाको टाउकोमा ४ टाँका लगाएको छ भने दमौली अस्पतालमा प्राथमिक उपचार गरिएका बलिरामलाई अस्पतालले पोखरा पठाएको हो। विद्यालयको खाजा खाने छुटिट्को समयमा विद्यालय परिसर बाहिर खाजा खाइरहेका उनीहरुमाथि पोखरी भन्ज्याङ- १, बेलबासका युवाहरुले चक्कु प्रहार गरेका हुन्। निर्मल उच्च माध्यमिक विद्यालयबाटै एसएलसी परिक्षा दिएका हस्ते थापाको समूहले आक्रमण गरेको सन्तोषसँगै अध्ययनरत बसन्त थापाले बताए।

आक्रमण गर्ने समूहको अहिलेसम्म पहिचान हुन नसकेको विद्यालयका प्राधानाध्यापक रमेशचन्द हडड्खलेले बताए। उनले भने, 'अहिले हामी घाइते विद्यार्थीको उपचार तर्फ लागेका छौं, उपचारपिछ आक्रमण गर्नेको खोजी गर्छौं।'
Source: Nagarik News

Read More......

Thursday, April 14, 2011

नेपालकै होटलमा नेपालीलाई निषेध

समुन्द्र पौडेल, नेपालमा खोलिएको होटलमा नेपालीलाई नै निषेध भन्दा पत्यार नलाग्ला। तर, तनहुँमा संचालित एक होटलमा नेपाली ग्राहकले रात विताउन पाउदैनन्। जिल्लाको धरमपानी ९ धाँवामा संचालित सेती रिभर क्याम्पमा नेपाली ग्राहकलाई बस्ने सुविधा नभएको हो।

सन् १९९५ मा केर एण्ड डाउने रिसोर्टको शाखाको रुपमा स्थापना भएको होटलका ग्राहक सबै विदेशी हुन्। दमौलीबाट चितवनको घुमाउने निस्किने पदयात्रा, जलबिहार र सफारीका पर्यटकहरु नै होटलका प्रमुख ग्राहक भएको होटलका म्यानेजर नरेश गुरुङले बताए। ‘अधिकांश ग्राहक अमेरिकी र बेलायती पर्यटक हुन्,' उनले भने, ‘पर्यटककै नहुँदा पनि नेपाली पर्यटक बस्न पाँउदैनन्' होटलमा केही मात्रामा जापान, भारत, लगायतका मुलुकका पर्यटकसमेत आउने गरेका छन्।
करिब एक करोडको लागतमा १८ रोपनी जग्गामा फैलिएको क्याम्पमा पर्यटकका लागि १७ वटा गाउँले परिवेशका घर बनाइएको छ। साना साना आकारका प्रत्येक घरमा २ जना पर्यटक बस्न मिल्ने गुरुङले बताए। अफ सिजनमा महिना भर ४० र सिजनमा २ सय सम्म पर्यटक क्याम्प बुकिड गरेर आउने गरेको उनले बताए। क्याम्पको दररेट महँगो भएको र प्याकेजमा बुकिङ गरेका पर्यटकले मात्र बस्न पाउने भएकाले अन्य स्वदेशी पर्यटकलाई बस्ने सुविधा नभएको हो। ‘राजदुताबास र युएनका कर्मचारीहरु कहिले काहिँ आउँछन्।' म्यानेजर गुरुडले भने, ‘नेपालीलाई पनि क्याम्पमा राख्न पर्‍यो भन्दै पर्यटन बोर्डका कर्मचारीसमेतले आग्रह गरेका थिए।'
क्याम्पमा बस्न नपाउने भएपछि गाउँको भ्रमणका लागि स्वदेशी पर्यटकहरुलाई समस्या परेको स्थानीय बासिन्दा राजेन्द्र गुरुङले बताए। जलयात्राका लागि उपयुक्त मानिएको मादी नदीमा जलबिहार गर्ने पर्यटकहरु समेत नदी किनारमा टेन्ट हालेर रात बिताउन बाध्य भएको उनले बताए। उनले भने, ‘होटलमा बस्ने व्यवस्था भए चैत बैशाखको हावाहुरीमा पर्यटकलाई राहत हुन्थ्यो।


Source: Nagarik News

Read More......

Thursday, March 3, 2011

शिवरात्रीमा मन्दिरमा भेला भएका युवाबीच कुटाकुट

महाशिवरात्रीको क्रममा शिव मन्दिरमा भेला भएका दुई युवा समूहबीच बिहान करिब १ बजे झडप हुँदा तनहुँमा ५ जना घाइते भएका छन्।


घाइते हुनेहरुमा व्यास–५, दुम्सीचौरका २० वर्षीय अमर दरै, १५ वर्षीय दिनेश दरै, १६ वर्षीय राजीव परियार, १६ वर्षीय मनोज थापा र १८ वर्षीय पुनबहादुर दरै रहेका छन्।

उनीहरुलाई व्यास–५, दुम्सीचौरका युवाले कुटपिट गरेको प्रहरीले जनाएको छ।

घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका दिनेश दरैलाई थप उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ। Source:Nagarik News

Read More......

Monday, February 21, 2011

दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीन जनाको हत्या

तनहुँको दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीनजनाको हत्या गरेका छन् । ब्यास नगरपालिका १० मालपोत लाइनका २३ वर्षीय दिविङ रानामगरले विहान ६ बजेतिर छिमेकी ६० वर्षीय दिलबहादुर सापकोटा र उनकी ५५ वर्षीया श्रीमती यशोदा सापकोटालाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । रानाले सापकोटा दम्पतीलाई भान्सा कोठामा गई खुर्पा प्रहार गरेका हुन् ।

सापकोटा दम्पतीको हत्या गरेको पाँच मिनेटमै घर नजिकै व्यास १० देउराली नगरका ६० वर्षीय टिकाराम श्रेष्ठ र उनकी श्रीमती पार्वती श्रेष्ठलाई खुर्पा प्रहार गरे । घटनामा गम्भिर घाइते भएका टिकाराम पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकी श्रीमती पावर्तीको पश्चिमाञ्चलमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार घरमा बसिरहेका श्रेष्ठलाई रानाले एक्कासी खुर्पा प्रहार गरेका थिए । त्यस्तै श्रेष्ठलाई खुर्पा प्रहार गरे लगत्तै घर भित्र रहेकी उनकी श्रीमतीलाई समेत खुर्पा प्रहार गरी घाइते बनाएका थिए । श्रेष्ठ दम्पतीलाई खुर्पा प्रहार गरे लगत्तै मादी नदीको झोलुङगे पुल तर्फ भागेका रानालाई पुलको दुवै तर्फवाट प्रहरी र स्थानीयबासीले समात्ने प्रयास गरेपछि झण्डै एक सय फिट अग्लो पुलबाट मादी नदीमा हाम फालेका थिए । नदीमा हाम फालेका रानालाई स्थानीयवासीले नदी पार गरे लगत्तै समातेर प्रहरीलाई बुझाएका थिए ।

केही समययता रानाको मानसिक स्थिति ठिक नरहेको परिवारजनले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन जनाको हत्यापछि दमौली बजार शोकमग्न बनेको छ ।

Read More......