Sunday, March 3, 2013

अपहरित बालक भागेर मुक्त

अपहरणमा परेका दमौलीका एक बालक अपहरणकारीको आँखा छल्दै गाडीको ‰यालबाट भागेर घर फर्किएका छन्। आइतबार बिहान घरनजिकै साथीको नोटकापी पुर्याआउन हिँडेका व्यास-१, भादगाउँका १३ वर्षीय पुकार पोख्रेललाई धुलो उडाउँदै कारमा आएका तीनजनाको समूहले अपहरण गरेको थियो। गाडी रोकेर शौच गर्न गएका अपहरणकारीको आँखा छल्दै पोख्रेल ‰यालबाट फाल हानेका थिए। 'हरेक दिन बिहान नौ नबज्दै खाना खान भान्सामा आउने गथ्यों,' पुकारकी आमा राधाले भनिन्, 'नआएपछि कतै साथीकोमा गएको होला भन्ने सोच्यौं।' दिउँसो विद्यालयमा समेत छोरो नभेटिएपछि आत्तिएका परिवारलाई तनहुँको घाँसीकुवा देउरालीकी एक महिलाले फोन गरेर अपहरणमा परेर भागेको र आफ्नो घरमा आएको जानकारी दिएकी थिइन्। 'फोनबाट छोरो अपहरणमा परेर भागेको भन्ने थाहा पायौं,' पुकारका बाबु गंगाप्रसाद पोख्रेलले भने, 'त्यसलगत्तै देउराली पुगेर छोरालाई ल्याएर प्रहरीकोमा गयौं।' पुकार दमौलीस्थित सत्यवती उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्। फिक्का गुलाबी रंगको कारमा चालकसहित तीनजनाको संख्यामा रहेका अपहरणकारीले अर्का एक बालकलाई समेत अपहरण गरेको पुकारले बताएका छन्। उनका अनुसार गाडीको पछिल्लो सिसामा कार्टुनको चित्र टा"सिएको थियो। 'कारभित्र मास्क लगाएर राखेको अर्काे बालक पनि थियो,' पुकारले भने, 'उसको हातखुट्टा बाँधिएको थियो।' कालो वर्णका ती बालकलाई आफूले नचिनेको उनले बताए। करिब साढे ८ बजेको समयमा साथीको घर जाने क्रममा बाटोमा धूलो उडाउँदै आएको एउटा कारमा आएकाले मुख छोपेर त्यसैमा हालेर लगेको पुकारले बताए। 'उनीहरु पिसाब फेर्न भनेर गाडीबाट उत्रिएका थिए,' पुकारले भने, 'त्यही बेला गर्मी भयो भनेर खोलेको कारको ‰यालबाट फाल हानेर भागे।' गाडीबाट भागेका पुकार घिँरौलाबारीमा दौडिँदै स्थानीय लीला निरौलाको घर पुगेका थिए। 'मलाई बचाउनुस् न दिदी, मलाई बचाउनुस्' भन्दै पुकार करेसाबारीमा आएर गुहार मागेको लीलाको घरमा काम गर्न आएकी मीरा परियारले बताइन्। 'कराउँदै आएपछि दिदीको घरको आँगनमा लगेर राखेँ,' उनले भनिन्, 'बाबु निकै डराएर आत्तिएको थियो।' करिब ११ बजेको समयमा लीलाले पुकारकी दिदी प्रतिभालाई फोनमार्फत भाइ आफ्नो घरमा भएकाले लिन आउन खबर गरेकी थिइन्। देउराली सदरमुकाम दमौलीबजारबाट ८ किलोमिटरको दूरीमा छ। अम्रेनीमा सवारी चेकिङ गरेकाले कार १० बजेपछि मात्र अम्रेनीबाट लगेको पुकारले बताए। 'दुईजना कारबाट उर्लिएर प्रहरी भएको ठाउँमा पुगेर फर्किएका थिए,' उनले भने, '१० बजेमात्र खुल्ने भन्दै झन्डै एक घन्टा कार रोकाएर राखे।' अपहरणमा परेका बालकका बाबुआमा दुवै विद्युत प्राधिकरण दमौलीका कर्मचारी हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीले आइतबार बिहान ७ बजेदेखि १० बजेसम्म अम्रेनीमा सवारी चेकिङ गरेको ट्राफिक प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले बताए। घटनाबारे जानकारी पाएपछि विभिन्न ठाउँमा खोजबिन गरेको तनहुँका प्रहरी उपरीक्षक देवबहादुर बोहोराले बताए। Source: Nagariknews.com

Read More......