Monday, March 16, 2009

माओवादी जिल्ला इर्न्चाजद्धारा पत्रकारको अपमान

एकिकृत नेकपा माओवादीका जिल्ला नेताले दमौलीमा शुक्रवार तनहूँका पत्रकारहरुको अपमान गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यलय तनहुले आयोजनामा दमौली अस्पतालको भवन शिलान्यास गर्न दमौली आउनु भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोख्रेल सहभागि हुनुभएको कार्यक्रममा समाचार संकलनको लागि उपस्थित भएका पत्रकारहरुलाई माओवादी जिल्ला इन्चार्ज हरिबहादुर चुमानले अपमान गरेका हुन् ।
सो अवसरमा चुमानले पत्रकारहरुलाई कार्यक्रममा नबस्न भन्दै बाहिर जान निर्देशन दिनुभएको थियो । कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघका उपाध्यक्षले नेता चुमानले "यो कार्यक्रममा पत्रकारहरुको कुनै काम छैन बाहिर गईहाल्नुस" भनेर निर्देशन दिनुभएको बताउनुभयो । साथै सोही अवसरमा तनहूँका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पनि "तपाइहरु निस्कीए हुन्छ" भन्दै माओवादी नेताको निर्देशनलाई र्समथन दिएपछि पत्रकारहरुले कार्यक्रम बहिष्कार गरि बाहिरिएका थिए ।
सोही विषयलाई लिएर नेपाल पत्रकार महासंघ तनहूँ शाखाले एक विज्ञप्ती प्रकाशित गरि घटनाप्रति ध्यानाकर्षा भएको बताएको छ । कार्यक्रममा औपचारिक निमन्त्रणा गरेर वोलाइएका पत्रकारहरुलाई यसरी सत्ताको आडमा कार्यक्रममा सरोकारै नभएका माओवादीका जिल्ला इर्न्चाज चुमानले अपमानजनक व्यवहार गर्नुलाई प्रेस प्रति ठाडो अपमान भएको पत्रकार महासंघले जनाएको छ ।
विज्ञप्तिमा आगामी दिनमा त्यस्ता क्रियाकलाप नगर्न चेतावनी दिदै सम्वन्धीत सवैलाई प्रेस जगतको सम्मान गर्न माग गरेको छ । प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन तनहुँ शाखाले पनि विज्ञप्ति जारी गरि उक्त घटनाको निन्दा गरेका छन् ।

Source: Hamrotanahun.com.np

No comments: