टाइफाइडले दमौली अस्पतालका स्वास्थ्यकर्मी बिरामी भएपछि उपचारमा कठिनाइ भएको छ। ६ स्वास्थ्यकर्मी बिरामी भएका अस्पतालले जनाएको छ।
‘वर्षासँगै अस्पताल आउने बिरामीको सर्वसाधारणको संख्या बढिरहेका बेला स्वास्थ्यकर्मी बिरामी भएका छन्,' अस्पतालकी डा.स्वैरिता काफ्लेले भनिन्, ‘बिरामीलाई उपचार गर्न हम्मे परेको छ।' बिरामीको चाप थेग्न नसकेपछि जिल्ला स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र भीमादबाट दमौलीमा स्वास्थ्यकर्मी झिकाएको छ।
टाइफाइडबाट स्वास्थ्कर्मीका साथै प्रहरी, सरकारी कार्यालयका कर्मचारी पनि बिरामी भएका छन्। कर्मचारी बिरामी हुँदा जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, तनहुँ जिल्ला अदालत, पशुसेवा, महिला विकासलगायत कार्यालयका काम प्रभावित भएका छन्।
३० प्रहरी टाइफाइडबाट बिरामी भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यतिका संख्यामा प्रहरी बिरामी भएपछि अप्ठ्यारो परेको प्रहरी प्रमुख ईश्वरीप्रसाद चापागाईंले बताए। उनले भने, ‘जिल्लामा कुनै घटना भइहाले प्रहरी अभाव हुन्छ। बल्लतल्ल ड्युटी चाहिँ मिलाएका छौं।' दमौली अस्पतालका दुई डाक्टरले प्रहरीको उपचार गरिरहेका छन्।
कर्मचारी बिरामी भएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयको आन्तरिक लेखा परीक्षण र प्रतिवेदनको काम थन्किएको छ। प्रमुख कोष नियन्त्रक शालिग्राम शर्मा पौडेलले भने, ‘लेखाका पाँच कर्मचारीमध्ये दुई टाइफाइडले बिरामी परेका छन्। आर्थिक वर्षको अन्त्यमा सक्नुपर्ने धेरै काम बाँकी छन्।'
न्यायाधीस जगतप्रसाद श्रेष्ठ टाइफाइडले बिरामी परेकाले जिल्ला अदालतका काम प्रभावित भएका छन्। न्यायाधीसको अनुपस्थितिमा मुद्दा फैसला, मिलापत्रलगायत हुन नसकेको जिल्ला अदालतका डिठ्ठा विश्व सुवेदीले बताए। मालपोत कार्यालयका दुईमध्ये एक कम्प्युटर अपरेटर टाइफाइटबाट बिरामी परेपछि पुर्जा प्रिन्टमा समस्या परेको मालपोत अधिकृत खगेन्द्रराज घिमिरेले बताए।
टाइफाइडले प्रकोपको रूप लिएपछि दमौली अस्पतालमा दैनिक २ सयभन्दा बढी आउने गरेका छन्। अस्पतालमा टाइफाइडको थप औषधी आएको प्रमेख डा. सुशीलनाथ प्याकुरेलले बताए। उनले भने, ‘अशुद्ध खानेपानीका कारण टाइफाइडको संक्रमण फैलिएकाले यसतर्फ ध्यान दिनुपर्छ।'
Source: Nagarik News
Monday, July 26, 2010
स्वास्थ्यकर्मी बिरामी परेपछि उपचारमा गाह्रो
Labels:
Damauli Hospital
Subscribe to:
Post Comments (Atom)
9 comments:
拒絕冒險和成長的人,終將被生命的潮流陶汰。..................................................
Learning makes a good man better and ill man worse.............................................................
喜歡自己的另一層意義是「接納自己」。..................................................
真是太猛了,請受小弟一拜Orz(>O<)......................................................
說「吃虧就是便宜的人」,多半不是吃虧的人。......................................................................
每天都是新的心情~~希望都是好心情!!!!..................................................................
辛苦了!祝你愈來愈好!............................................................
你怎麼能經過一片海,而忘記它的藍?......................................................................
I love readding, and thanks for your artical.............................................................
Post a Comment