Tuesday, September 22, 2009

तलब नपाएको भन्दै राजमार्ग अवरुद्ध

तलब नपाएको भन्दै तनहुँका शिक्षकहरुले दमौलीस्थित पृथ्वी राजमार्ग १घण्टा अवरुद्ध पारेका छन्। करिब २ सयको संख्यामा रहेका शिक्षकहरुले बिहान ११ बजेबाट राजमार्ग अवरुद्ध पारेका थिए।
समस्या समाधान गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा वार्तामा बस्ने सहमति भएपछि दिउँसो १२ बजेबाट शिक्षकहरुले राजमार्ग सुचारु पारेका थिए।
नेपाल बैंक लिमिटेड दमौली शाखाले तलब दिने भनेर पटक–पटक भाका राखे पनि निकासा नदिएको शिक्षकहरुको आरोप छ।
बैंकले फाईनान्स र निजी बैंकहरुलाई तलब दिएको तर आफूहरुलाई भने ३ महिनासम्मको तलब भुक्तानी नदिएको शिक्षकहरुले गुनासो गरेका छन्।
तर नेपाल बैंक लिमिटेड दमौली शाखाका कर्मचारीहरुले भने रकम नभएका कारण शिक्षकहरुलाई भुक्तानी गर्न नसकिएको बताएका छन्।

Source: Dainikee.com

No comments: