Tuesday, July 14, 2009

भानु घाँसी पार्कमा प्रवचन

घाँसीकुवा, २९ असार । भानु घाँसी स्मारक पार्क संरक्षण समिति घाँसीकुवा तनहूँले १ सय ९६ औं भानु जयन्तीको अवसरमा प्रवचन तथा कविता वाचन कार्यक्रम सोमबार सम्पन्न गर्‍यो ।
भानु घाँसी स्मारक पार्क संरक्षण समिति घाँसीकुवा तनहूँले १ सय ९६ औं भानु जयन्तीको अवसरमा प्रवचन तथा कविता वाचन कार्यक्रम सोमबार सम्पन्न गर्‍यो ।
सो प्रवचन कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला न्यायधीश जगतप्रसाद श्रेष्ठले भानुभक्तले रामायणको माध्यमबाट सबै नेपालीहरुलाई भाषिक एकताको सुत्रमा जोडेर कृतित्व कायम गरेको भएपनि बत्तीमुनि अँध्यारो जस्तो हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
पार्क संरक्षण समितिका उपाध्यक्ष हरिभक्त भट्टर्राईको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस तनहूँका सचिव समुन्द्र गोदार, सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह थापा, पार्क संरक्षण समितिका संस्थापक अध्यक्ष एवं व्यास नगरपालिकाका संस्थापक प्रमुख ताराप्रसाद श्रेष्ठ, डार्.र् इश्वरचन्द्र वाग्ले, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष काशीनाथ न्यौपाने, तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष शंकरलाल राजभण्डारी लगायतले भानुभक्तको योगदानको अन्यत्र उच्च मूल्याङ्कन हुने गरेपनि भानुभक्तकै जन्मथलो तनहूँ जिल्लामा भानुभक्तप्रति कम सम्झना हुने गरेको गुनासो व्यक्त गरेका थिए ।

सो अवसरमा संरक्षण समितिका पर्ूव सदस्य माधव खनाल, भञ्ज्याङ दैनिकका सम्पादक विश्वबन्धु भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने निलनाथ न्यौपाने, शंकरराज नहर्की, अमृत सुवेदी, सुरेन्द्र पौडेल लगायतले भानुभक्त सम्बन्धी रचना वाचन गर्नुभएको थियो ।
संरक्षण समितिका कोषाध्यक्ष प्रेमप्रकाश भट्टर्राईले स्वागत र समितिका सचिव रामचन्द्र बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
शोक प्रस्ताव
सोही पार्कमा आयोजित समारोहमा भानु घाँसी पार्क संरक्षण समितिका अध्यक्ष मोतीकुमार श्रेष्ठकी धर्मपत्नी शिवकुमारी श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मोतीकुमार श्रेष्ठलाई परेको पत्नी शोक प्रति भेलाले समवेदना व्यक्त गर्‍यो ।
समाजसेवी एवं नेपाली कांग्रेस तनहूँ जिल्ला कार्य समितिका उपसभापति समेत रहनुभएका श्रेष्ठकी धर्मपत्नी शिवकुमारी श्रेष्ठको ८२ वर्षो उमेरमा शनिबार राती निधन भएको हो ।

source: hamrotanahun.com.np

No comments: