Sunday, January 4, 2009

अमेरिकी नागरिकद्वारा रकम प्रदान

हाम्रो तनहूँ
दमौली, २० पुस । व्यास नगरपालिका, वडा नं. १० स्थित शिवपाञ्चायन मन्दिर परिसरमा रहेको महषिर् वेदव्यास पुस्तकालयलाई अमेरिकी नागरिक साम ताम हमले धार्मिक पुस्तक खरिदका लागि रु.२२ हजार प्रदान गर्नुभएको छ ।
श्रीमतीका साथ आएका अमेरिकी नागरिक हमले पुस्तकालय अवलोकनपछि उक्त रकम प्रदान गर्नुभएको पुस्तकालयका संरक्षक काशीनाथ न्यौपानेले बताउनुभयो । सो पुस्तकालयमा १८ पुराण, चार वेद र हिन्दुदर्शनका विभिन्न पुस्तक गरी करिब रु.एक लाख ५० हजारको पुस्तक रहेका छन् ।

पुस्तकालयका नाममा रु.दुइ लाख ५० हजारको अक्षयकोष स्थापना गरिएको पनि बताइएको छ

Source: Hamrotanahun.com.np

No comments: