Wednesday, December 10, 2008

मानवअधिकार दिवसको अवसरमा शान्ति र्‍याली

६० औं विश्व मानवअधिकार दिवसको अवसरमा तनहँुको दमौलीमा बुधबार शान्ति र्‍यालीको आयोजना गरिएको छ । तनहँुमा क्रियाशिल मानवअधिकार संघ संस्थाको आयोजनामा सम्पन्न सो र्‍यालीमा मानवअधिकारकर्मीहरु, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, अपाङ्गता भएका ब्याक्तिहरु, र स्कुले विद्यार्थीको सहभागिता रहेको थियो । प्ले कार्ड सहितको र्‍याली दमौलीको अनशन चोकबाट शुरु भई दमौली बजार परिक्रमा गरि सोहि ठाँउमा आई कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने बक्ताहरुले मानवअधिकारको सम्मान र संरक्षण गर्न राज्य पक्ष जिम्मेबार हुनु पर्ने बताए ।


साथै उनीहरुले कब्जा गरिएकाको सम्पती फिर्ता हुुनु पर्ने, विस्थापितहरु स-सम्मान घर र्फकन पाउनु पर्ने र बेपत्ता पारिएका नागरिको अवस्था तुरुन्त र्सार्वजानिक गर्नु पर्नेमा जोड दिएका थिए । र्‍याली पछिको कोण सभालाई इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टर्राई र नेपाल मानवअधिकार संगठनका अध्यक्ष रामनाथ भट्टर्राईले सम्बोधन गर्नु भएको थियो ।

No comments: