Monday, November 3, 2008

शिक्षकद्धारा विद्यार्थीमाथी हातपात

सदरमुकाम दमौलीमा अवस्थित रामज्योती सेकेन्डरी बोर्डीङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीलाई उक्त विद्यालयका शिक्षकले कुटपिट गरेका छन् ।
व्यास १० दमौलीका १२ बर्षीय नविन बिष्टलाई शिक्षक सन्तोष अधिकारीले कुटपिट गरेका थिए । विद्यार्थी कुटपिटको विषयलाई लिएर विद्यालयमा अविभावक, विद्यालय प्रशासन, मानवअधिकारकर्मी र पत्रकारको छलफलले कुटपिटको घटनामा शिक्षक अधिकारीको गम्भिर गल्ती भएको निश्कर्षनिकाल्दै अवको दिनमा यस्ता क्रियाकलाप नगर्न सुझाव दिएको छ । साथै विद्यालयका प्रिन्सिपल सहदेव अधिकारीले अवका दिनमा यस्ता घटना कहिल्यै नदोहोरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Soucre: www.tanahunonline.com

No comments: