Saturday, June 27, 2009

जातिय अग्राधिकारका नाम देश टुक्र्याउने षडयन्त्रः पौडेल

नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको संसदीय दलको चुनावले पार्टीभित्र रहेको विभाजन हटाएको कुरा बताएका छन्।
नेपाल मुस्लिम संघ पश्चिमान्चल क्षेत्रीय भेला तथा जिल्ला शाखा तनहुँको शनिबार दमौलीमा उद्घाटन गर्दै पौडेलले कांग्रेसभित्र अब विभाजनका आधारमा नभै गुण र दोषका आधारमा सबैको मूल्यांकन हुने विश्वास व्यक्त गरे।
यसबाट कांग्रेसलाई अझ सशक्त ढंगले अगाडि बढ्न मद्दत पुग्ने धारणा राख्दै उनले संसदमा जातिय अग्राधिकारको प्रस्ताव ल्याएर देशलाई टुक्राउने षडयन्त्र भइरहेको टिप्पणी गरे।

अल्पसंख्यकको नाममा ती दलहरुले देशलाई पुरानै अवस्थामा लैजान षडयन्त्र गरिरहेको उनको आरोप थियो।
कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दूल सतार मियाँले राज्यले मुस्लिम समुदायलाई अपहेलना गरेको बताउँदै आफ्नो जातीय पहिचान स्थापीत नहुँदासम्म चुप लागेर नबस्ने चेतावनी दिए।
नेपाली काग्रेसका मुख्य सचिव रामचन्द्र पोखरेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रम नेपाल मुस्लिम संघ तनहुँका अध्यक्ष हाजी मियाँको सभापतित्वमा सम्पन्न भएको थियो।
source: dainikee.com

Read More......

Saturday, June 20, 2009

वाईसीएलद्वारा ड्यटीका प्रहरीमाथि कुटपिट

माओवादीको युवा संगठन वाईसीएलले तनहुँको दमौलीमा ड्यूटीमा रहेका एक प्रहरी जवानमाथि कुटपिट गरी घाइते बनाएको छ । बाँसको भाटाले कुटिएका प्रहरी जवान हरी नेपालीलाई शनिबार पोखरा ल्याइ उपचार गरिएको छ।

शुक्रबार साँझ दमौलीमा प्रधानमन्त्रीविरुद्व राँके जुलुस निकाल्ने क्रममा वाईसीएल कार्यकर्ताले प्रहरी बिटमा ड्यूटी गरिरहेका प्रहरी जवान नेपालीलाई कुटपिट गरेका हुन् ।

वाईसीएलको कुटपिटबाट अर्घाखाँची घर भएका नेपालीको टाउकोमा ६ टाँका लगाईएको छ । दमौली अस्पतालमा उपचार हुन नसकेपछि शनिबार बिहान घाइते नेपालीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिएको थियो । उनी उपचारपछि जिल्ला फर्किएको दमौली प्रहरीले जनाएको छ ।

तनहुँका डिएसपी राजेन्द्र विष्टका अनुसार प्रहरी बिटमा बसेको बेला पछाडिबाट आएर वाईसिएलले बाँसको भाटाले कुटेका थिए ।

माओवादीले भने प्रहरीले वाईसिएल विरुद्ध अपशब्द प्रयोग गरेकोले विवादका क्रममा घटना भएको बताएको छ । जुलुसमा आएका वाईसिएललाई काम नपाएको भन्दै ती प्रहरी जवानले भनेको सुनेपछि वाईसिएल र उनीबिच भनाभन भएको माओवादीका तनहुँ ईन्चाज हरी चुमानले बताए ।

"दुई पक्षबीच धकेलाधकेल हुँदा केही प्रहरी छेउकै नालिमा खसेका थिए नालीमा खस्दा हो वा कसैले कुटेर चोट लागेको भन्ने यकिन भएन," चुमानले भने- "मलाई पनि प्रहरी जवान कुटिएको भन्ने जानकारी थिएन पछि डिएसपीले खबर गरेपछि मात्र थाहा पाएँ।"

"विवाद हुँदा मैले नै दुवै पक्षलाई शान्त हुन आग्रह गरेको थिएँ," उनले भने।

डिएसपी विष्टले रातीमा कुटपिट भएकोले कुट्ने व्यक्ति पहिचान गर्न नसकेको बताए

Read More......

Thursday, June 18, 2009

More picture of damauli






Source:http://www.panoramio.com

Read More......

Monday, June 15, 2009

तनहुँमा घरजग्गाको कारोवारमा वृद्धि

तनहुँमा यसबर्ष घरजग्गाको कारोबारमा वृद्धि भएको छ । जिल्ला मालपोत कार्यालय तनहुँमा गत आर्थिक बर्ष २०६४।६५ मा ६ हजार ४ सय ७८ वटा जग्गाको दर्ता रजिष्ट्रेसन भएकामा यसबर्षको बैशाख मसान्त सम्ममा मात्र जम्मा ८ हजार नब्बे वटा घरजग्गाका कारोबार भएका छन् ।

गत आर्थिक बर्षमा रजिष्ट्रेशन वापत मालपोत कार्यालयले १ करोड ९९ लाख १८ हजार बराबरको राजस्व संकलन गरेकामा यस बर्ष सोमा वृद्धि हुन पुगी ३ करोड ५ लाख ४० हजार राजस्व संकलन भइसकेको छ ।

जिल्ला मालपोत कार्यालय तनहुँका प्रमुख खगेन्द्रराज घिमिरेले यसबर्ष जिल्लामा घरजग्गाको कारोबार उत्साहजनक रुपमा वृद्धि भएकाले संकलित राजस्वमा वृद्धि भएको जानकारी दिनुभयो ।

Tanahnuonline

Read More......

मादीको पुलले संकट निम्त्याउँदै

दुई सय किलोमिटर लामो पृथ्वी राजमार्गमा पर्ने सबैभन्दा लामो मादी नदी पुलको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । तीनसय ७० मिटर लामो उक्त पुलमा दैनिक दर्जनौँ गाडी गुड्दा पुल थर्केर कमजोर बन्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।

एक पटकमा एउटा मात्रै मादी भनेर लेखिएको सूचना बोडको समेत बेवास्ता गर्दै सवारी चालकहरूले पुलमा जथाभावी गाडी गुडाउने गरेका छन् ।

चिनियाँ सरकारको सहयोगमा २०३० सालमा रु. एक अर्बको लागतमा निर्माण गरिएको मादी नदीको पुलमा आठ वटा मोटर पिलरहरू रहेका छन् । मादी नदी पुलमुनिबाट ढुङ्गा, गिटी र बालुवा चोरी हुनुले पनि पुलको अस्तित्व सङ्कटमा पर्दै गएको हो । केही समयअघि पुल संरक्षणमा जुटेका व्यास नपा-७ पाटन निवासी के.वि गुरुङले एकल प्रयासले मात्रै आफ्नो केही नलागेको बताउनुभयो |

Source: Tanahunonline

Read More......

Tuesday, June 9, 2009

संरक्षणको अभावमा लगानी खेर जाँदै

विश्व वातावरण दिवसको अवसर पारेर जिल्ला वन कार्यालय तनहुँको अगुवाईमा दमौलीको सत्यवति लाईनदेखी प्रशासन चोकसम्म अशोका विरुवा रोपिएपनि त्यसको संरक्षणका लािग उचित कदम नचालिएबाट त्यसमा गरिएको लगानी खेर जानेप्रति त्यसक्षेत्रका बासिन्दाले असन्तुष्टि प्रकट गरेका छन् ।

आफूहरुको घरअगाडि विरुवा रोपिएका कारण हर्षित भएका स्थानियबासी त्यसको संरक्षणका लागि कदम नचाल्दा रुष्ट बनेका हुन् । नगरको पर्यावरणको प्रवद्र्धनका र सुन्दरताका लागि भनी साना खालका अशोका विरुवा जिल्लाका विभिन्न कार्यालयको सहयोगमा वन कार्यालयले रोपकेा थियो । दिनहुँ सवारी आवत जावत हुने क्षेत्र भएका कारण पनि सुरक्षाको प्रबन्ध गर्न गाह्रो हुने स्थानियबासीले बताउँदै आएका छन् ।

यता जिल्ला वन कार्यालयका एक अधिकारीले भने यसको व्यवस्था गर्ने काम आफूहरुको नभै नगरपालिकाको भएको बताउनु भयो ।

Source: tanahunonline.com

Read More......

Monday, June 8, 2009

Viral fever grips two Tanahun schools

TANAHU: Students of Janajyoti Higher Secondary School and Dharma Primary school of Bhimad VDC have been suffering from viral fever for the past few days.
According to Khimakanta Parajuli, principal of Janajyoti Higher Secondary School, 40 students of the school had been suffering from high fever. "Students mostly from Grade VI to X have been affected by the disease," said Parajuli.
Bhimad Primary Health Centre confirmed the disease as viral fever and said that unhygienic water was the reason behind the disease, said Principal Parajuli. The school administration has urged the students to drink boiled water and pay attention to their sanitation. Parajuli said, "We might also shut the school if other students show signs of the disease." Some students of Dharma Primary School have also been affected with the same disease.
Health Inspector of the District Health Office Mukti Pandit said that 40 students of Janajyoti Higher Secondary School and 12 students of Dharma Primary School had received treatment in Bhimad Primary Health Centre.
He said that condition of the sick students was returning to normal. He also informed that they had a Rapid Response Team on standby with full supply of medicines.

District Health Office Tanahun informed that the RRT was in high alert to prevent the disease spreading into other parts of the district. A week ago, about four hundred students of Chhandi Secondary School and Saradi Primary School of Dhorphirdi VDC were affected with the same disease.

source: the himalayan times

Read More......