Showing posts with label Maadi ko pool. Show all posts
Showing posts with label Maadi ko pool. Show all posts

Monday, June 15, 2009

मादीको पुलले संकट निम्त्याउँदै

दुई सय किलोमिटर लामो पृथ्वी राजमार्गमा पर्ने सबैभन्दा लामो मादी नदी पुलको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । तीनसय ७० मिटर लामो उक्त पुलमा दैनिक दर्जनौँ गाडी गुड्दा पुल थर्केर कमजोर बन्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।

एक पटकमा एउटा मात्रै मादी भनेर लेखिएको सूचना बोडको समेत बेवास्ता गर्दै सवारी चालकहरूले पुलमा जथाभावी गाडी गुडाउने गरेका छन् ।

चिनियाँ सरकारको सहयोगमा २०३० सालमा रु. एक अर्बको लागतमा निर्माण गरिएको मादी नदीको पुलमा आठ वटा मोटर पिलरहरू रहेका छन् । मादी नदी पुलमुनिबाट ढुङ्गा, गिटी र बालुवा चोरी हुनुले पनि पुलको अस्तित्व सङ्कटमा पर्दै गएको हो । केही समयअघि पुल संरक्षणमा जुटेका व्यास नपा-७ पाटन निवासी के.वि गुरुङले एकल प्रयासले मात्रै आफ्नो केही नलागेको बताउनुभयो |

Source: Tanahunonline

Read More......