Sunday, May 30, 2010

एक महिना पछि मादीको पानी पुनः वितरण

दमौलीमा मादी नदीबाट पम्पिङ्ग प्रविधिबाट वितरण सुरु गरिएको खानीपानी महिना दिन नपुग्दै पानी तान्ने मोटरको खराबीका कारण बैशाख १६ गतेबाट रोकिएकोमा शनिबारदेखि पुनः पानी वितरण कार्य सञ्चालनमा आएको छ ।
खानेपानी समितिले नयाँ पानी तान्ने मोटर झिकाएर पानी वितरण कार्य सुरु गरेको हो ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तिरमण वाग्लेका अनुसार पम्पिङ्ग मोटरको एक वर्षो वरेन्टि भएकाले कम्पनीले पुरानो फिर्ता लगेर नयाँ मोटर उपलब्ध गराइदिने हुँदा अब अतिरिक्त मोटर रहने भएकाले यस्तो असुविधा नहुने बताउनु भयो ।
त्यस्तै उहाँले वषर्ायाममा मादी नदी बढि धमिलो हुँदा फिल्टर गर्न समस्या हुन सक्ने भएकाले उक्त समयमा मादी नदीको पानी वितरण कार्य रोकिन सक्ने बताउनु भयो ।
बैशाख १६ गते देखि यता दमौली बासिमा खानेपानीको हाँहाकार मचिएको थियो ।
व्यास नगरपालिकाको वडा नं. २, १० र ११ मा दैनिक १५ लाख लिटर पानीको माग भएपनि हाल दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मुस्किल्ले दैनिक ७ लाख लिटर मात्र पानी वितरण गर्न सकेको थियो ।
जामुने गाविसको बराह मूलबाट ल्याइएको पानीले उपभोक्ताको मागलाई पुरा गर्न नसकेपछि दमौली खानेपानी समितिले मागअनुसारको खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार मादी नदीबाट पम्पिङ गरी उपभोक्ताको मागलाई पुरा गर्न लागेको हो ।
हाल बराह मुलबाट दैनिक ६/७ लाख लिटर पानी आउने गरेता पनि उपभोक्ताहरुको मागलाई पुरा गर्न नसकेपछि उपभोक्ता समितिले मादी नदीको पानी पम्पिङ्ग गरि वितरण गर्ने कार्यलाई अगाडि बढाएको समितिका अध्यक्ष शान्तिरमण वाग्लेले बताउनु भयो ।
करिब एक करोड रूपैयाँको लागतमा निर्माणाधिन उक्त प्रणालीको खानेपानी योजना हाल ५० लाख रुपैयाँ बराबरको लागतमा एक फिल्टर ट्याङ्क िर अन्य निर्माण कार्य सम्पन्न भएको र दोश्रो ट्याङ्क िनिर्माणाधिन रहेको छ ।
व्यास नगरपालिकाका २, १० र ११ वडामा हालसम्म समितिले करिब २१ सय धारा जडान गरेको छ र बढ्दो नयाँ घरहरु निर्माण संग-संगै मासिक ५० धारा जडानको माग भएको तर प्रयाप्त मात्रमा पानी नहुँदा हाल नयाँ धारा जडान कार्य बन्द गरिएको बताइएको छ ।
त्यस्तै, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ८ हजार लिटर बराबरको न्यूनतम मासिक ४० रुपैयाँ र प्रति यूनिट -हजार लिटर)
बराबर ८ रुपैया ५० पैसाको दरले महशुल लिंदै आएको छ ।

Source: hamrotanahun.com.np

Read More......

Wednesday, May 26, 2010

अपहरित बैंक कर्मचारीको रिहाइको माग

ग्रामीण विकास बैंक गजुरी शाखाका प्रबन्धक विश्वनाथ अधिकारीलाई अज्ञात समूहले अपहरण गरेकाले सकुशल अपहरण मुक्त गर्न परिवारले माग गरेको छ ।

तनहुँ जिल्ला व्यास-३ रानीगाउँ निवासी ३८ वर्षीय अधिकारीलाई डेमोक्रेटिक सेक्युरिटी फोर्स बताउने समूहले आइतबार राति गजुरीबाट अपहरण गरेको जानकारी फोनबाट बैंकका कर्मचारीलाई दिइएको कर्मचारीले जनाएका छन् ।

समस्याको समाधान व्यक्ति अपहरण गरेर नहुने भन्दै अधिकारीका दाजु ध्रुवले भाइलाई सकुशल मुक्त गर्ने पहल गर्न अधिकारकर्मीसमक्ष आग्रह गरेका छन् ।

युनिटी लाइफ इन्टरनेसनलमा जनताको फसेको पैसा फिर्ता नगरेसम्मका लागि अपहरण गरेको बताउदै अपहरणकारीले घटनालाई धेरै हल्ला नगर्नसमेत धम्की दिएको बैंकका कर्मचारीले बताएका छन् ।

युनिटीलाइफ इन्टरनेसनलले ग्रामीण विकास बैंकको गजुरी शाखामा ५८ प्रतिशत सेयर Source:RSS

Read More......