नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको संसदीय दलको चुनावले पार्टीभित्र रहेको विभाजन हटाएको कुरा बताएका छन्।
नेपाल मुस्लिम संघ पश्चिमान्चल क्षेत्रीय भेला तथा जिल्ला शाखा तनहुँको शनिबार दमौलीमा उद्घाटन गर्दै पौडेलले कांग्रेसभित्र अब विभाजनका आधारमा नभै गुण र दोषका आधारमा सबैको मूल्यांकन हुने विश्वास व्यक्त गरे।
यसबाट कांग्रेसलाई अझ सशक्त ढंगले अगाडि बढ्न मद्दत पुग्ने धारणा राख्दै उनले संसदमा जातिय अग्राधिकारको प्रस्ताव ल्याएर देशलाई टुक्राउने षडयन्त्र भइरहेको टिप्पणी गरे।
अल्पसंख्यकको नाममा ती दलहरुले देशलाई पुरानै अवस्थामा लैजान षडयन्त्र गरिरहेको उनको आरोप थियो।
कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दूल सतार मियाँले राज्यले मुस्लिम समुदायलाई अपहेलना गरेको बताउँदै आफ्नो जातीय पहिचान स्थापीत नहुँदासम्म चुप लागेर नबस्ने चेतावनी दिए।
नेपाली काग्रेसका मुख्य सचिव रामचन्द्र पोखरेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रम नेपाल मुस्लिम संघ तनहुँका अध्यक्ष हाजी मियाँको सभापतित्वमा सम्पन्न भएको थियो।
source: dainikee.com
Showing posts with label Muslim in Tanahun. Show all posts
Showing posts with label Muslim in Tanahun. Show all posts
Saturday, June 27, 2009
जातिय अग्राधिकारका नाम देश टुक्र्याउने षडयन्त्रः पौडेल
Labels:
Muslim in Tanahun,
Ram Chandra Poudel
Subscribe to:
Posts (Atom)