माओवादीको युवा संगठन वाईसीएलले तनहुँको दमौलीमा ड्यूटीमा रहेका एक प्रहरी जवानमाथि कुटपिट गरी घाइते बनाएको छ । बाँसको भाटाले कुटिएका प्रहरी जवान हरी नेपालीलाई शनिबार पोखरा ल्याइ उपचार गरिएको छ।
शुक्रबार साँझ दमौलीमा प्रधानमन्त्रीविरुद्व राँके जुलुस निकाल्ने क्रममा वाईसीएल कार्यकर्ताले प्रहरी बिटमा ड्यूटी गरिरहेका प्रहरी जवान नेपालीलाई कुटपिट गरेका हुन् ।
वाईसीएलको कुटपिटबाट अर्घाखाँची घर भएका नेपालीको टाउकोमा ६ टाँका लगाईएको छ । दमौली अस्पतालमा उपचार हुन नसकेपछि शनिबार बिहान घाइते नेपालीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिएको थियो । उनी उपचारपछि जिल्ला फर्किएको दमौली प्रहरीले जनाएको छ ।
तनहुँका डिएसपी राजेन्द्र विष्टका अनुसार प्रहरी बिटमा बसेको बेला पछाडिबाट आएर वाईसिएलले बाँसको भाटाले कुटेका थिए ।
माओवादीले भने प्रहरीले वाईसिएल विरुद्ध अपशब्द प्रयोग गरेकोले विवादका क्रममा घटना भएको बताएको छ । जुलुसमा आएका वाईसिएललाई काम नपाएको भन्दै ती प्रहरी जवानले भनेको सुनेपछि वाईसिएल र उनीबिच भनाभन भएको माओवादीका तनहुँ ईन्चाज हरी चुमानले बताए ।
"दुई पक्षबीच धकेलाधकेल हुँदा केही प्रहरी छेउकै नालिमा खसेका थिए नालीमा खस्दा हो वा कसैले कुटेर चोट लागेको भन्ने यकिन भएन," चुमानले भने- "मलाई पनि प्रहरी जवान कुटिएको भन्ने जानकारी थिएन पछि डिएसपीले खबर गरेपछि मात्र थाहा पाएँ।"
"विवाद हुँदा मैले नै दुवै पक्षलाई शान्त हुन आग्रह गरेको थिएँ," उनले भने।
डिएसपी विष्टले रातीमा कुटपिट भएकोले कुट्ने व्यक्ति पहिचान गर्न नसकेको बताए
Showing posts with label Nepal Police Tanahun. Show all posts
Showing posts with label Nepal Police Tanahun. Show all posts
Saturday, June 20, 2009
वाईसीएलद्वारा ड्यटीका प्रहरीमाथि कुटपिट
Subscribe to:
Posts (Atom)