तनहुँमा यसबर्ष घरजग्गाको कारोबारमा वृद्धि भएको छ । जिल्ला मालपोत कार्यालय तनहुँमा गत आर्थिक बर्ष २०६४।६५ मा ६ हजार ४ सय ७८ वटा जग्गाको दर्ता रजिष्ट्रेसन भएकामा यसबर्षको बैशाख मसान्त सम्ममा मात्र जम्मा ८ हजार नब्बे वटा घरजग्गाका कारोबार भएका छन् ।
गत आर्थिक बर्षमा रजिष्ट्रेशन वापत मालपोत कार्यालयले १ करोड ९९ लाख १८ हजार बराबरको राजस्व संकलन गरेकामा यस बर्ष सोमा वृद्धि हुन पुगी ३ करोड ५ लाख ४० हजार राजस्व संकलन भइसकेको छ ।
जिल्ला मालपोत कार्यालय तनहुँका प्रमुख खगेन्द्रराज घिमिरेले यसबर्ष जिल्लामा घरजग्गाको कारोबार उत्साहजनक रुपमा वृद्धि भएकाले संकलित राजस्वमा वृद्धि भएको जानकारी दिनुभयो ।
Tanahnuonline
Showing posts with label घरजग्गाको कारोबार तनहुँ. Show all posts
Showing posts with label घरजग्गाको कारोबार तनहुँ. Show all posts
Monday, June 15, 2009
तनहुँमा घरजग्गाको कारोवारमा वृद्धि
Subscribe to:
Posts (Atom)