घाँसीकुवा, २९ असार । भानु घाँसी स्मारक पार्क संरक्षण समिति घाँसीकुवा तनहूँले १ सय ९६ औं भानु जयन्तीको अवसरमा प्रवचन तथा कविता वाचन कार्यक्रम सोमबार सम्पन्न गर्यो ।
भानु घाँसी स्मारक पार्क संरक्षण समिति घाँसीकुवा तनहूँले १ सय ९६ औं भानु जयन्तीको अवसरमा प्रवचन तथा कविता वाचन कार्यक्रम सोमबार सम्पन्न गर्यो ।
सो प्रवचन कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला न्यायधीश जगतप्रसाद श्रेष्ठले भानुभक्तले रामायणको माध्यमबाट सबै नेपालीहरुलाई भाषिक एकताको सुत्रमा जोडेर कृतित्व कायम गरेको भएपनि बत्तीमुनि अँध्यारो जस्तो हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
पार्क संरक्षण समितिका उपाध्यक्ष हरिभक्त भट्टर्राईको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस तनहूँका सचिव समुन्द्र गोदार, सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह थापा, पार्क संरक्षण समितिका संस्थापक अध्यक्ष एवं व्यास नगरपालिकाका संस्थापक प्रमुख ताराप्रसाद श्रेष्ठ, डार्.र् इश्वरचन्द्र वाग्ले, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष काशीनाथ न्यौपाने, तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष शंकरलाल राजभण्डारी लगायतले भानुभक्तको योगदानको अन्यत्र उच्च मूल्याङ्कन हुने गरेपनि भानुभक्तकै जन्मथलो तनहूँ जिल्लामा भानुभक्तप्रति कम सम्झना हुने गरेको गुनासो व्यक्त गरेका थिए ।
सो अवसरमा संरक्षण समितिका पर्ूव सदस्य माधव खनाल, भञ्ज्याङ दैनिकका सम्पादक विश्वबन्धु भण्डारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने निलनाथ न्यौपाने, शंकरराज नहर्की, अमृत सुवेदी, सुरेन्द्र पौडेल लगायतले भानुभक्त सम्बन्धी रचना वाचन गर्नुभएको थियो ।
संरक्षण समितिका कोषाध्यक्ष प्रेमप्रकाश भट्टर्राईले स्वागत र समितिका सचिव रामचन्द्र बस्नेतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
शोक प्रस्ताव
सोही पार्कमा आयोजित समारोहमा भानु घाँसी पार्क संरक्षण समितिका अध्यक्ष मोतीकुमार श्रेष्ठकी धर्मपत्नी शिवकुमारी श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मोतीकुमार श्रेष्ठलाई परेको पत्नी शोक प्रति भेलाले समवेदना व्यक्त गर्यो ।
समाजसेवी एवं नेपाली कांग्रेस तनहूँ जिल्ला कार्य समितिका उपसभापति समेत रहनुभएका श्रेष्ठकी धर्मपत्नी शिवकुमारी श्रेष्ठको ८२ वर्षो उमेरमा शनिबार राती निधन भएको हो ।
source: hamrotanahun.com.np
Tuesday, July 14, 2009
भानु घाँसी पार्कमा प्रवचन
Thursday, July 2, 2009
तनहुँलाई ७१ लाखको अख्तियारी
तनहुँ जिल्ला विकास समितिले आर्थिक वर्षको अन्तमा ७१ लाखको अख्तियारी पाएको छ।
बुधबारमात्र यस्तो अख्तियारी आएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताएका छन्।
कोटा बेडी भीरकोट छिपछिपे गाविस ग्रामीण विद्युतीकरण, व्यास-२ मा बालकल्याण समिति भवन निर्माण, घाँसीकुवा-१ मा बानियाटार मोटर मार्ग र हिमालय माविका लागि अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले १२ असारको मितिमा निर्णय गरेर अख्तियारी पठाएको हो। बजेटको रकम खर्च गर्न ८ दिनमात्र बाँकी छ।
Source: nagariknews.com
वाइसीएलसँगको झडपमा ९ प्रहरी घाइते
आफ्ना एक कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै वाईसीयलका कार्यकर्ताले आक्रमण गर्दा दमौलीमा ९ जना प्रहरी जवान घाइते भएका छन्।
मंगलबार भीमादमा एमाले कार्यकर्तामाथि आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले भीमादबाट एक जना वाईसीयल कार्यकर्तालाई बिहीबार बिहान गिरफ्तार गरेको थियो।
उनको गिरफ्तारीको विरोध गर्दै वाईसीयलले दमौलीमा विरोध प्रर्दशन गर्दै दमौलीस्थित पृथ्वी राजमार्ग करिब १२ बजेदेखि १ घण्टा अवरुद्ध गराएको थियो। पक्राउ गरेका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने मागसहित सदरमुकाम दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन पुगेको माओवादी भातृसंगठन वाईसीएल र प्रहरीबीच बिहीबार मध्यान्ह झडप भएको थियो।
त्यस क्रममा झडपका क्रममा प्रहरी सहायक निरीक्षकसहित ९ जना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
झडपका क्रममा प्रहरी सहायक निरीक्षकसहित ९ जना प्रहरी सामान्य घाइते भएका छन्।
तनहुँको घिरिङ–नेवापानीमा एक महिना अघि यूथफोर्स र वाईसीएल कार्यकर्ताबीच भएको झडपमा संलग्न युथफोर्सका कार्यकर्तालाई गत सोमबार माओवादीले गिरफ्तार गरी खैरेनीटार ल्याउँदै गर्दा दुबै पक्षबीच पुनः भनाभन हुँदा वाइसीएल कार्यकर्ताले यूथफोर्समाथि आक्रमण गरेको थियो।
आक्रमणका क्रममा एमाले जिल्ला सल्लाहकार कमिटी सदस्य कृष्णकुमार श्रेष्ठसहित ७ जना घाइते भएका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउमा परेका वाईसीएल क्षेत्रनम्बर ३ अन्तरगत इलाका नम्बर १० का सदस्य दशरथ गैरेलाई प्रहरीले पक्राउ गरेको थियो।
आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्नेमा माग गर्दै करिब डेढ सयको संख्यामा गएको वाईसीएलको टोली प्रहरी गेटभित्रै छिर्न खोज्दा प्रहरीले रोकेपछि उनीहरुले प्रहरीमाथि ढुंगामुढा गरेको जनाइएको छ। प्रहरीले स्थितिमा नियन्त्रणमा लिन दुई सेल अश्रुग्याँस प्रहार गरेपछि वाईसीएल कार्यकर्ता तितरबितर भएका थिए।
वाइसीएलले बिहानदेखि अबरुद्ध पारेको पृथ्वीराजमार्ग दिउँसो १ बजदेखि संचालनमा आएको छ।
source: dainikee.com
Wednesday, July 1, 2009
Communist Leader!!!!!!!!!!!!

१५ आसाड का दिन ब्यास नगरपालिका ३ मा रोपाई कार्यक्रम मा भाग लिन कार्यकर्ता को बुइ चढी बुल्दी खोला तर्दै एमाले अधक्ष्य झलनाथ खनाल|
source: mysansar.com
Saturday, June 27, 2009
जातिय अग्राधिकारका नाम देश टुक्र्याउने षडयन्त्रः पौडेल
नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको संसदीय दलको चुनावले पार्टीभित्र रहेको विभाजन हटाएको कुरा बताएका छन्।
नेपाल मुस्लिम संघ पश्चिमान्चल क्षेत्रीय भेला तथा जिल्ला शाखा तनहुँको शनिबार दमौलीमा उद्घाटन गर्दै पौडेलले कांग्रेसभित्र अब विभाजनका आधारमा नभै गुण र दोषका आधारमा सबैको मूल्यांकन हुने विश्वास व्यक्त गरे।
यसबाट कांग्रेसलाई अझ सशक्त ढंगले अगाडि बढ्न मद्दत पुग्ने धारणा राख्दै उनले संसदमा जातिय अग्राधिकारको प्रस्ताव ल्याएर देशलाई टुक्राउने षडयन्त्र भइरहेको टिप्पणी गरे।
अल्पसंख्यकको नाममा ती दलहरुले देशलाई पुरानै अवस्थामा लैजान षडयन्त्र गरिरहेको उनको आरोप थियो।
कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दूल सतार मियाँले राज्यले मुस्लिम समुदायलाई अपहेलना गरेको बताउँदै आफ्नो जातीय पहिचान स्थापीत नहुँदासम्म चुप लागेर नबस्ने चेतावनी दिए।
नेपाली काग्रेसका मुख्य सचिव रामचन्द्र पोखरेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुस्लिम समुदायको महत्वपूर्ण भूमिका रहेको बताए।
कार्यक्रम नेपाल मुस्लिम संघ तनहुँका अध्यक्ष हाजी मियाँको सभापतित्वमा सम्पन्न भएको थियो।
source: dainikee.com
Saturday, June 20, 2009
वाईसीएलद्वारा ड्यटीका प्रहरीमाथि कुटपिट
माओवादीको युवा संगठन वाईसीएलले तनहुँको दमौलीमा ड्यूटीमा रहेका एक प्रहरी जवानमाथि कुटपिट गरी घाइते बनाएको छ । बाँसको भाटाले कुटिएका प्रहरी जवान हरी नेपालीलाई शनिबार पोखरा ल्याइ उपचार गरिएको छ।
शुक्रबार साँझ दमौलीमा प्रधानमन्त्रीविरुद्व राँके जुलुस निकाल्ने क्रममा वाईसीएल कार्यकर्ताले प्रहरी बिटमा ड्यूटी गरिरहेका प्रहरी जवान नेपालीलाई कुटपिट गरेका हुन् ।
वाईसीएलको कुटपिटबाट अर्घाखाँची घर भएका नेपालीको टाउकोमा ६ टाँका लगाईएको छ । दमौली अस्पतालमा उपचार हुन नसकेपछि शनिबार बिहान घाइते नेपालीलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिएको थियो । उनी उपचारपछि जिल्ला फर्किएको दमौली प्रहरीले जनाएको छ ।
तनहुँका डिएसपी राजेन्द्र विष्टका अनुसार प्रहरी बिटमा बसेको बेला पछाडिबाट आएर वाईसिएलले बाँसको भाटाले कुटेका थिए ।
माओवादीले भने प्रहरीले वाईसिएल विरुद्ध अपशब्द प्रयोग गरेकोले विवादका क्रममा घटना भएको बताएको छ । जुलुसमा आएका वाईसिएललाई काम नपाएको भन्दै ती प्रहरी जवानले भनेको सुनेपछि वाईसिएल र उनीबिच भनाभन भएको माओवादीका तनहुँ ईन्चाज हरी चुमानले बताए ।
"दुई पक्षबीच धकेलाधकेल हुँदा केही प्रहरी छेउकै नालिमा खसेका थिए नालीमा खस्दा हो वा कसैले कुटेर चोट लागेको भन्ने यकिन भएन," चुमानले भने- "मलाई पनि प्रहरी जवान कुटिएको भन्ने जानकारी थिएन पछि डिएसपीले खबर गरेपछि मात्र थाहा पाएँ।"
"विवाद हुँदा मैले नै दुवै पक्षलाई शान्त हुन आग्रह गरेको थिएँ," उनले भने।
डिएसपी विष्टले रातीमा कुटपिट भएकोले कुट्ने व्यक्ति पहिचान गर्न नसकेको बताए


