Showing posts with label YCL Youth Force damauli tananhun. Show all posts
Showing posts with label YCL Youth Force damauli tananhun. Show all posts

Thursday, July 2, 2009

वाइसीएलसँगको झडपमा ९ प्रहरी घाइते

आफ्ना एक कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै वाईसीयलका कार्यकर्ताले आक्रमण गर्दा दमौलीमा ९ जना प्रहरी जवान घाइते भएका छन्।
मंगलबार भीमादमा एमाले कार्यकर्तामाथि आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले भीमादबाट एक जना वाईसीयल कार्यकर्तालाई बिहीबार बिहान गिरफ्तार गरेको थियो।
उनको गिरफ्तारीको विरोध गर्दै वाईसीयलले दमौलीमा विरोध प्रर्दशन गर्दै दमौलीस्थित पृथ्वी राजमार्ग करिब १२ बजेदेखि १ घण्टा अवरुद्ध गराएको थियो। पक्राउ गरेका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने मागसहित सदरमुकाम दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन पुगेको माओवादी भातृसंगठन वाईसीएल र प्रहरीबीच बिहीबार मध्यान्ह झडप भएको थियो।
त्यस क्रममा झडपका क्रममा प्रहरी सहायक निरीक्षकसहित ९ जना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

झडपका क्रममा प्रहरी सहायक निरीक्षकसहित ९ जना प्रहरी सामान्य घाइते भएका छन्।
तनहुँको घिरिङ–नेवापानीमा एक महिना अघि यूथफोर्स र वाईसीएल कार्यकर्ताबीच भएको झडपमा संलग्न युथफोर्सका कार्यकर्तालाई गत सोमबार माओवादीले गिरफ्तार गरी खैरेनीटार ल्याउँदै गर्दा दुबै पक्षबीच पुनः भनाभन हुँदा वाइसीएल कार्यकर्ताले यूथफोर्समाथि आक्रमण गरेको थियो।
आक्रमणका क्रममा एमाले जिल्ला सल्लाहकार कमिटी सदस्य कृष्णकुमार श्रेष्ठसहित ७ जना घाइते भएका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउमा परेका वाईसीएल क्षेत्रनम्बर ३ अन्तरगत इलाका नम्बर १० का सदस्य दशरथ गैरेलाई प्रहरीले पक्राउ गरेको थियो।
आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्नेमा माग गर्दै करिब डेढ सयको संख्यामा गएको वाईसीएलको टोली प्रहरी गेटभित्रै छिर्न खोज्दा प्रहरीले रोकेपछि उनीहरुले प्रहरीमाथि ढुंगामुढा गरेको जनाइएको छ। प्रहरीले स्थितिमा नियन्त्रणमा लिन दुई सेल अश्रुग्याँस प्रहार गरेपछि वाईसीएल कार्यकर्ता तितरबितर भएका थिए।
वाइसीएलले बिहानदेखि अबरुद्ध पारेको पृथ्वीराजमार्ग दिउँसो १ बजदेखि संचालनमा आएको छ।




source: dainikee.com

Read More......