६० औं विश्व मानवअधिकार दिवसको अवसरमा तनहँुको दमौलीमा बुधबार शान्ति र्यालीको आयोजना गरिएको छ । तनहँुमा क्रियाशिल मानवअधिकार संघ संस्थाको आयोजनामा सम्पन्न सो र्यालीमा मानवअधिकारकर्मीहरु, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, अपाङ्गता भएका ब्याक्तिहरु, र स्कुले विद्यार्थीको सहभागिता रहेको थियो । प्ले कार्ड सहितको र्याली दमौलीको अनशन चोकबाट शुरु भई दमौली बजार परिक्रमा गरि सोहि ठाँउमा आई कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने बक्ताहरुले मानवअधिकारको सम्मान र संरक्षण गर्न राज्य पक्ष जिम्मेबार हुनु पर्ने बताए ।
साथै उनीहरुले कब्जा गरिएकाको सम्पती फिर्ता हुुनु पर्ने, विस्थापितहरु स-सम्मान घर र्फकन पाउनु पर्ने र बेपत्ता पारिएका नागरिको अवस्था तुरुन्त र्सार्वजानिक गर्नु पर्नेमा जोड दिएका थिए । र्याली पछिको कोण सभालाई इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टर्राई र नेपाल मानवअधिकार संगठनका अध्यक्ष रामनाथ भट्टर्राईले सम्बोधन गर्नु भएको थियो ।
Wednesday, December 10, 2008
मानवअधिकार दिवसको अवसरमा शान्ति र्याली
Tuesday, December 9, 2008
Monday, December 8, 2008
MADI, SETI RIVERS LURE TOURISTS
Damauli, Dec. 4: The number of tourists rafting in Madi and Seti rivers has significantly risen. Ever since the beginning of November, tourists from the United States, Japan, Switzerland, Australia and other countries have been flocking here for whitewater rafting. Bhatira, situated at Byas Municipality-10, is the rafting starting point and the route ends at Gaighat of Narayangarh.
Source: www.rss.com.np
Monday, November 17, 2008
Tanahun Utsav
Tanahun Mahotsab is going to held in damauli from 25th poush to 5th of Magh. The program will be organized by Distirct Development Office, Tahanun, Vyas Municipality and Tanahun Chamber of Commerce.
Type rest of the post here
Saturday, November 15, 2008
Monday, November 10, 2008
माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने : कैनी
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एंव पूर्व राज्यमन्त्री अमरराज कैनीले शिविरमा रहेका माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने बताउनुभएको छ । जनआन्दोलनका सर्वोच्च कमाण्डर एंव लौहपुरुष गणेशमान सिंहको ९४ औ जन्मजयन्तीको अवसरमा आज दमौलीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले कुनै पनि दलको लडाकुलाई सेनामा समायोजन गर्न नमिल्ने बताउनुभएको हो । उहाँले माओवादी लडाकुलाई सेनामा समायाजन गर्नु भनेको लोकतान्त्रिक मुल्य र मान्यता विपरित भएको बताउनुभयो । उहाँले गणेशमान सिंहले कहिल्यै पनि पद र पैसाको लागि सत्ता प्राप्तिका पछाडी नलागेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रवादी र साम्यवादीहरुको एकताको गणेशमान सिंहको नीतिलार्इ काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उग्रबामपन्थी पार्टी माओवादीलाई पनि लोकतान्त्रिक धारमा ल्याएर फलिभूत गर्नुभएको उल्लेख गर्नुभयो । सो अवसरमा काङ्ग्रेसका कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले गणेशमान सिंहको प्रतिमामा मार्ल्यापण गर्नुभएको थियो ।
Source: Tahanun online
Monday, November 3, 2008
शिक्षकद्धारा विद्यार्थीमाथी हातपात
सदरमुकाम दमौलीमा अवस्थित रामज्योती सेकेन्डरी बोर्डीङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीलाई उक्त विद्यालयका शिक्षकले कुटपिट गरेका छन् ।
व्यास १० दमौलीका १२ बर्षीय नविन बिष्टलाई शिक्षक सन्तोष अधिकारीले कुटपिट गरेका थिए । विद्यार्थी कुटपिटको विषयलाई लिएर विद्यालयमा अविभावक, विद्यालय प्रशासन, मानवअधिकारकर्मी र पत्रकारको छलफलले कुटपिटको घटनामा शिक्षक अधिकारीको गम्भिर गल्ती भएको निश्कर्षनिकाल्दै अवको दिनमा यस्ता क्रियाकलाप नगर्न सुझाव दिएको छ । साथै विद्यालयका प्रिन्सिपल सहदेव अधिकारीले अवका दिनमा यस्ता घटना कहिल्यै नदोहोरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
Soucre: www.tanahunonline.com

