Showing posts with label Ram Jyoti. Show all posts
Showing posts with label Ram Jyoti. Show all posts

Monday, November 3, 2008

शिक्षकद्धारा विद्यार्थीमाथी हातपात

सदरमुकाम दमौलीमा अवस्थित रामज्योती सेकेन्डरी बोर्डीङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीलाई उक्त विद्यालयका शिक्षकले कुटपिट गरेका छन् ।
व्यास १० दमौलीका १२ बर्षीय नविन बिष्टलाई शिक्षक सन्तोष अधिकारीले कुटपिट गरेका थिए । विद्यार्थी कुटपिटको विषयलाई लिएर विद्यालयमा अविभावक, विद्यालय प्रशासन, मानवअधिकारकर्मी र पत्रकारको छलफलले कुटपिटको घटनामा शिक्षक अधिकारीको गम्भिर गल्ती भएको निश्कर्षनिकाल्दै अवको दिनमा यस्ता क्रियाकलाप नगर्न सुझाव दिएको छ । साथै विद्यालयका प्रिन्सिपल सहदेव अधिकारीले अवका दिनमा यस्ता घटना कहिल्यै नदोहोरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Soucre: www.tanahunonline.com

Read More......