नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एंव पूर्व राज्यमन्त्री अमरराज कैनीले शिविरमा रहेका माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने बताउनुभएको छ । जनआन्दोलनका सर्वोच्च कमाण्डर एंव लौहपुरुष गणेशमान सिंहको ९४ औ जन्मजयन्तीको अवसरमा आज दमौलीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले कुनै पनि दलको लडाकुलाई सेनामा समायोजन गर्न नमिल्ने बताउनुभएको हो । उहाँले माओवादी लडाकुलाई सेनामा समायाजन गर्नु भनेको लोकतान्त्रिक मुल्य र मान्यता विपरित भएको बताउनुभयो । उहाँले गणेशमान सिंहले कहिल्यै पनि पद र पैसाको लागि सत्ता प्राप्तिका पछाडी नलागेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रवादी र साम्यवादीहरुको एकताको गणेशमान सिंहको नीतिलार्इ काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उग्रबामपन्थी पार्टी माओवादीलाई पनि लोकतान्त्रिक धारमा ल्याएर फलिभूत गर्नुभएको उल्लेख गर्नुभयो । सो अवसरमा काङ्ग्रेसका कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले गणेशमान सिंहको प्रतिमामा मार्ल्यापण गर्नुभएको थियो ।
Source: Tahanun online
Showing posts with label Amar Raj Kaini. Show all posts
Showing posts with label Amar Raj Kaini. Show all posts
Monday, November 10, 2008
माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न नहुने : कैनी
Labels:
Amar Raj Kaini,
Nepali Congress,
Tanahun
Subscribe to:
Posts (Atom)