Showing posts with label Human Right day. Show all posts
Showing posts with label Human Right day. Show all posts

Wednesday, December 10, 2008

मानवअधिकार दिवसको अवसरमा शान्ति र्‍याली

६० औं विश्व मानवअधिकार दिवसको अवसरमा तनहँुको दमौलीमा बुधबार शान्ति र्‍यालीको आयोजना गरिएको छ । तनहँुमा क्रियाशिल मानवअधिकार संघ संस्थाको आयोजनामा सम्पन्न सो र्‍यालीमा मानवअधिकारकर्मीहरु, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, अपाङ्गता भएका ब्याक्तिहरु, र स्कुले विद्यार्थीको सहभागिता रहेको थियो । प्ले कार्ड सहितको र्‍याली दमौलीको अनशन चोकबाट शुरु भई दमौली बजार परिक्रमा गरि सोहि ठाँउमा आई कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने बक्ताहरुले मानवअधिकारको सम्मान र संरक्षण गर्न राज्य पक्ष जिम्मेबार हुनु पर्ने बताए ।


साथै उनीहरुले कब्जा गरिएकाको सम्पती फिर्ता हुुनु पर्ने, विस्थापितहरु स-सम्मान घर र्फकन पाउनु पर्ने र बेपत्ता पारिएका नागरिको अवस्था तुरुन्त र्सार्वजानिक गर्नु पर्नेमा जोड दिएका थिए । र्‍याली पछिको कोण सभालाई इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टर्राई र नेपाल मानवअधिकार संगठनका अध्यक्ष रामनाथ भट्टर्राईले सम्बोधन गर्नु भएको थियो ।

Read More......