Monday, July 26, 2010

स्वास्थ्यकर्मी बिरामी परेपछि उपचारमा गाह्रो

टाइफाइडले दमौली अस्पतालका स्वास्थ्यकर्मी बिरामी भएपछि उपचारमा कठिनाइ भएको छ। ६ स्वास्थ्यकर्मी बिरामी भएका अस्पतालले जनाएको छ।
‘वर्षासँगै अस्पताल आउने बिरामीको सर्वसाधारणको संख्या बढिरहेका बेला स्वास्थ्यकर्मी बिरामी भएका छन्,' अस्पतालकी डा.स्वैरिता काफ्लेले भनिन्, ‘बिरामीलाई उपचार गर्न हम्मे परेको छ।' बिरामीको चाप थेग्न नसकेपछि जिल्ला स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र भीमादबाट दमौलीमा स्वास्थ्यकर्मी झिकाएको छ।

टाइफाइडबाट स्वास्थ्कर्मीका साथै प्रहरी, सरकारी कार्यालयका कर्मचारी पनि बिरामी भएका छन्। कर्मचारी बिरामी हुँदा जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, तनहुँ जिल्ला अदालत, पशुसेवा, महिला विकासलगायत कार्यालयका काम प्रभावित भएका छन्।

Read More......

Friday, July 16, 2010

Damauli on sickbed

Damauli and adjoining areas are on sickbed, thanks to increase in the number of fever and typhoid patients with the onset of monsoon.
These days, typhoid and fever patients can be found in almost every household in Damauli Bazaar. With over 200 patients visiting it daily, Damauli hospital is finding it difficult to cope with patients’ pressure. The patients have been left in the lurch as health workers too have fallen ill.

Read More......

Sunday, June 27, 2010

Bishownath Adhikari released after 34 days

Bishwonath Adhikari, Gajuri branch manager of Gramin Bikas Bank, was released today from Kabilas, Chitwan after 34 days in captivity.
Adhikari’s wife Shobha, along with relatives, human rights activists and lawyers found him at Jugedi Bridge on the Narayanghat-Muglin road section at 6:30 am covered with a yellow cloth with his limbs tied and mouth covered. He was taken to Bharatpur hospital for medical check-up. Doctors said his condition is normal.

Read More......

Sunday, May 30, 2010

एक महिना पछि मादीको पानी पुनः वितरण

दमौलीमा मादी नदीबाट पम्पिङ्ग प्रविधिबाट वितरण सुरु गरिएको खानीपानी महिना दिन नपुग्दै पानी तान्ने मोटरको खराबीका कारण बैशाख १६ गतेबाट रोकिएकोमा शनिबारदेखि पुनः पानी वितरण कार्य सञ्चालनमा आएको छ ।
खानेपानी समितिले नयाँ पानी तान्ने मोटर झिकाएर पानी वितरण कार्य सुरु गरेको हो ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शान्तिरमण वाग्लेका अनुसार पम्पिङ्ग मोटरको एक वर्षो वरेन्टि भएकाले कम्पनीले पुरानो फिर्ता लगेर नयाँ मोटर उपलब्ध गराइदिने हुँदा अब अतिरिक्त मोटर रहने भएकाले यस्तो असुविधा नहुने बताउनु भयो ।
त्यस्तै उहाँले वषर्ायाममा मादी नदी बढि धमिलो हुँदा फिल्टर गर्न समस्या हुन सक्ने भएकाले उक्त समयमा मादी नदीको पानी वितरण कार्य रोकिन सक्ने बताउनु भयो ।

Read More......

Wednesday, May 26, 2010

अपहरित बैंक कर्मचारीको रिहाइको माग

ग्रामीण विकास बैंक गजुरी शाखाका प्रबन्धक विश्वनाथ अधिकारीलाई अज्ञात समूहले अपहरण गरेकाले सकुशल अपहरण मुक्त गर्न परिवारले माग गरेको छ ।

तनहुँ जिल्ला व्यास-३ रानीगाउँ निवासी ३८ वर्षीय अधिकारीलाई डेमोक्रेटिक सेक्युरिटी फोर्स बताउने समूहले आइतबार राति गजुरीबाट अपहरण गरेको जानकारी फोनबाट बैंकका कर्मचारीलाई दिइएको कर्मचारीले जनाएका छन् ।

समस्याको समाधान व्यक्ति अपहरण गरेर नहुने भन्दै अधिकारीका दाजु ध्रुवले भाइलाई सकुशल मुक्त गर्ने पहल गर्न अधिकारकर्मीसमक्ष आग्रह गरेका छन् ।

युनिटी लाइफ इन्टरनेसनलमा जनताको फसेको पैसा फिर्ता नगरेसम्मका लागि अपहरण गरेको बताउदै अपहरणकारीले घटनालाई धेरै हल्ला नगर्नसमेत धम्की दिएको बैंकका कर्मचारीले बताएका छन् ।

युनिटीलाइफ इन्टरनेसनलले ग्रामीण विकास बैंकको गजुरी शाखामा ५८ प्रतिशत सेयर

Read More......

Tuesday, March 23, 2010

धावक राजेन्द्र भण्डारी सम्मानित

हालै बङ्गलादेशमा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्न सफल धावक राजेन्द्र भण्डारीलाई तनहुँमा सम्मान गरियो

तनहुँ निवासी भण्डारीलाई खैरेनीटार चैतेदसैँ महोत्सवमा उहाँलाई सम्मान गरिएको हो।

तनहुँ जिल्लाको चोक चिसापानीमा जन्मिएका भण्डारीले राष्ट्रलाई दिलाएको स्वर्ण पदकको कदर गर्दै उनलाई सम्मान गरिएको महोत्सव आयोजक समितिले जनाएको छ।

Read More......

Wednesday, March 17, 2010

दमौंलीस्थित मादी नदीमा पौंडदै युवा

दमौंलीस्थित मादी नदीमा पौंडदै युवा।

Read More......

Thursday, January 21, 2010

सम्हाल्ने निकाय कुन हो ?


तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नपा–२ मा गाडीले पोललाई ठक्कर दिएपछि लत्रिएको तार।

Read More......

Saturday, January 2, 2010

वर्गिय संघियतामा जानुपर्ने ब्राह्मण समुदायको माग

नेपालका ब्राह्मण समुदायले जातीय आधारमा नभै वर्गिय आधारमा संघियतामा जान माग गरेका छन्। आफ्नो समुदायको माग सार्वजनिक गर्दै नेपालका ब्राह्मण समुदायको प्रतिनिधिमूलक संस्था राष्ट्रिय ब्राम्ह्ण समाज नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले देशलाई जातीय आधारमा विभाजन गर्दा विखण्डनको खतरा आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो।
आज तनहुँ सदरमुकाम दमौलीमा ब्राह्मण समुदायको भेलालाई सम्बोधन गर्दै अधिकारीले धनी र गरिबलाई समेटी वर्गिय संघियतामा जानु उपयुक्त हुने बताउनुभयो। भेलामा बोल्दै उहाँले विभिन्न समुदायले आरक्षण मागेका कारण संविधान निर्माणमा ब्राम्हण समुदाय ओझेलमा परेको आरोप लगाउनुभयो।
भेलालाई सम्बोधन गर्दै समाजका केन्दीय उपाध्यक्ष माधव पहारीले आरक्षण र संरक्षणका कारण सक्षम ब्राम्हण समेत अवसरबाट बन्चित हुनु परेको बताउनुभयो।



भेलामा मन्व्य व्यक्त गर्दै केन्दीय सदस्य कपिलनाथ कोइराला र हेमश्वराज पराजुलीले राष्ट्रको नागरिक भएर पनि ब्राम्हणहरु आफ्नो अधिकारबाट बन्चित हुनु परेको धारणा व्यक्त गर्नुभएको थियो।
यसैबिच, भेलाले डा.लक्ष्मीकान्त चापागाईको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय ब्राम्हण समाज नेपाल तनहुँ तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा कृष्णप्रसाद पन्थ, सचिवमा कृष्णचन्द्र पाण्डे, कोषाध्यक्षमा इन्दिरा पण्डित रहनुभएको छ ।

Source: Dainikee.com and Nagarik News

Read More......