Showing posts with label Tanahun Bhraman. Show all posts
Showing posts with label Tanahun Bhraman. Show all posts

Saturday, January 2, 2010

वर्गिय संघियतामा जानुपर्ने ब्राह्मण समुदायको माग

नेपालका ब्राह्मण समुदायले जातीय आधारमा नभै वर्गिय आधारमा संघियतामा जान माग गरेका छन्। आफ्नो समुदायको माग सार्वजनिक गर्दै नेपालका ब्राह्मण समुदायको प्रतिनिधिमूलक संस्था राष्ट्रिय ब्राम्ह्ण समाज नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले देशलाई जातीय आधारमा विभाजन गर्दा विखण्डनको खतरा आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो।
आज तनहुँ सदरमुकाम दमौलीमा ब्राह्मण समुदायको भेलालाई सम्बोधन गर्दै अधिकारीले धनी र गरिबलाई समेटी वर्गिय संघियतामा जानु उपयुक्त हुने बताउनुभयो। भेलामा बोल्दै उहाँले विभिन्न समुदायले आरक्षण मागेका कारण संविधान निर्माणमा ब्राम्हण समुदाय ओझेलमा परेको आरोप लगाउनुभयो।
भेलालाई सम्बोधन गर्दै समाजका केन्दीय उपाध्यक्ष माधव पहारीले आरक्षण र संरक्षणका कारण सक्षम ब्राम्हण समेत अवसरबाट बन्चित हुनु परेको बताउनुभयो।




भेलामा मन्व्य व्यक्त गर्दै केन्दीय सदस्य कपिलनाथ कोइराला र हेमश्वराज पराजुलीले राष्ट्रको नागरिक भएर पनि ब्राम्हणहरु आफ्नो अधिकारबाट बन्चित हुनु परेको धारणा व्यक्त गर्नुभएको थियो।
यसैबिच, भेलाले डा.लक्ष्मीकान्त चापागाईको अध्यक्षतामा १७ सदस्यीय राष्ट्रिय ब्राम्हण समाज नेपाल तनहुँ तदर्थ समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा कृष्णप्रसाद पन्थ, सचिवमा कृष्णचन्द्र पाण्डे, कोषाध्यक्षमा इन्दिरा पण्डित रहनुभएको छ ।

Source: Dainikee.com and Nagarik News

Read More......