Thursday, January 17, 2013

तनहुँ जलविद्युत् निर्माण यसै वर्षदेखि

दमौली, ३ माघ - तनहुँमा निर्माण गर्न लागिएको तनहँु जलविद्युत् आयोजना (माथिल्लो सेती) को निर्माणकार्य यसै वर्ष सुरु हुने भएको छ । आयोजना निर्माणका लागि आवश्यक स्रोत जुटिसकेकाले यसै वर्षदेखि सरकारले आयोजना निर्माणका लागि काम थाल्ने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । “आवश्यक सबै स्रोत जुटिसकेको छ,” पुनले भने, ‘यसै वर्षदेखि आयोजना निर्माणको कार्य सुरु हुन्छ ।” आयोजना निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा वितरणमा रकम आउन ढिलाइ भइरहेको अवस्थामा अर्थमन्त्री पुनले आवश्यक रकमको कमी हुन नदिने बताए । “१३ करोड रुपैयाँ मुआब्जा वितरण भइसकेको छ,’ उनले भने, “ बाँकी रकम कमी हुन दिनेछैनौं ।” आयोजना प्रभावित बासिन्दालाई मुआब्जा वितरण गर्न ४० करोड रुपैयाँ आवश्यक पर्छ । हालसम्म व्यास नगरपालिका–७ बेनीपाटन र काहुँशिवपुर गाविस–१ झापुटारका ३९ जनालाई १३ करोड रुपैयाँ मात्र मुआब्जा वितरण भएको छ । बर्सेनि ऊर्जासंकट बढी रहेका अवस्थामा पिक आवरको विद्युत् माग पूरा गर्न जलाशययुक्त आयोजना आवश्यक भएको ठहर गर्दै सरकारले आन्तरिक खपतका लागि यो आयोजना विकास गर्न लागेको अर्थमन्त्री पुनले बताए । आयोजनाले तनहुँ जिल्लाका साथै समग्र मुलुकको विकासमा टेवा मिल्ने अर्थमन्त्री पुनको भनाइ थियो । आयोजनाका निर्माणका लागि एसियाली विकास बैंक (एडीबी), जापानी अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) र युरोपियन इन्भेस्टमेन्ट बैंकले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् । १४० मेगावट क्षमताको आयोजनाका लागि उनीहरूले अनुदान र सहयोग दिने प्रतिबद्धता जनाएका हुन् । अपुग रकम भने सरकारले हाल्ने भएको छ । आयोजना निर्माणका लागि करिब ४२ करोड डलर (३९ अर्ब रुपैयाँ) लागत अनुमान गरिएको छ । source: Karobar Daily

Read More......

Wednesday, May 9, 2012

जुवा तास र मदिरा हटाउने अभियानमा आमाहरु

समाजमा विकृतिका रुपमा रहेको जाँडरक्सी र जुवातास हटाउन व्यास नगरपालिका वडा नं ५ शान्तिनगरका आमाहरु सक्रिय भएर लागेका छन्। पुरानाभन्दा पनि नयाँ युवा पुस्तामा उक्त वस्तुको प्रयोग बढी हुँदा समाजमा विकृति फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्न आमाहरु सङ्गठित भएर लागेका हुन्। व्यास उन्नत आमा समूह गठन गरेर शान्तिनगरको आमा समूह टोललाई जुवातास र मदिरामुक्त बनाउन सामूहिक निर्णय गरेर लागिपरेका हुन्। पुरुषहरुलाई पटकपटक आग्रह गर्दा समेत जुवातास र जाँडरक्सीको लत नछाडेपछि नियम बनाएर अभियान नै चलाइएको समूहका अध्यक्ष सुनिता पौडेलले बताइन्। उनले समाजका अगुवा नै सार्वजनिक ठाउँमा राति अबेरसम्म बसेर तास खेल्ल्ने र मदिरा सेवन गर्दा त्यसको सिको युवा पुस्ताले समेत गरेको हुँदा समाजलाई सुधार गरी जुवातास मदिरामुक्त गाउँ बनाउन लागिएको बताइन्। सो अभियानपछि जुवातास खेल्न र राति अबेरसम्म मदिरा खाएर होहल्ला गर्ने क्रम रोकिएको छ। समूहले राति ८ बजेभन्दा पछि मदिरा खाने र बेच्ने, जुवा खेल्ने र खेलाउनेलाई जरिवाना पनि तोकेको छ।
Source: Nagariknews

Read More......

Wednesday, December 7, 2011

संकटकाल मा बेपत्ता दिलिप हड्खले घर फिर्ता

सन् २००४ सेप्टेम्बेर बाट बेपत्ता भएका ब्यास नगरपालिका १ का धनराज हड्खले का छोरा दिलिप हड्खले आज राति घर आइपुगेका छन्| बिस्तृत जानकारी आउन बाकी.....

Read More......

Saturday, December 3, 2011

'मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्न मिल्दैन' : कांग्रेस सचेतक घिमिरे

नेपाली काग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले सर्वाच्च अदालतले संसदको विषयमा गरेको फैसला उचित भएको भन्दै त्यस विषयमा केही राजनीतिक दलले गरेको विरोध उपयुक्त नभएको बताएका छन्। 'दलहरुले मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्न मिल्दैन,' उनले भने

प्रेस युनियन तनहुँले आइतबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान निर्माणका लागि तोकेको २ वर्षमा काम पुरा नगरेर साढे ३ वर्ष थप्दा समेत संविधान निर्माण नगर्ने दल र सभाषदले सर्वाच्च अदालतको आदेशले अधिकार खोस्यो भन्नु आफू नाड्गै हिडेर, मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्नु सरह भएको टिप्पणी गरे। उनले भने, 'काग्रेसले शान्ति र संविधानलाई सधै प्राथमिकता दिदै आएको छ।' कर्मचारी सरुवा गर्न र बजेट स्वीकृत गर्न समेत यो सरकारले घुस माग्ने गरेको भन्दै सचेतक घिमिरेले वर्तमान सरकार जस्तो भष्ट्रचारी सरकार कुनै पनि नभएको दाबी गरे।



काग्रेसले सत्ता भन्दा शान्ति र संविधानलाई प्राथमिकता दिएकाले काग्रेस सदैव प्रतिपक्षको भुमिका निर्वाह गर्दै आएको उनले बताए। 'विशेष कारणमा माधवकुमार नेपाल सरकारलाई काग्रेसले समर्थन गर्‍यो,' उनले भने, 'अहिले हामी सत्तामा नगई प्रतिपक्षका रुपमा माओवादीको कार्यशैलीहरु अबलोकन गरिरहेका छौ।'



Source: NagarikNews

Read More......

Sunday, September 18, 2011

भुकम्पको धक्का महसुस भएपछि तनहुँको दमौली बजारमा निस्केका सर्वसाधारण

भुकम्पको धक्का महसुस भएपछि तनहुँको दमौली बजारमा निस्केका सर्वसाधारण


Source: NagarikNews

Read More......

Monday, May 16, 2011

दुई विद्यार्थीमाथि चक्कु प्रहार

घरबाट विद्यालय गएका दुई विद्यार्थी चक्कु प्रहारबाट घाइते भएका छन्। तनहुँको दमौली बजारस्थित निर्मल उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सन्तोष थापा र कक्षा ९ का बलिराम थापा चक्कुप्रहारबाट गम्भीर घाइते भएका हुन्।


घाइते दुवै थापालाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ। नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि पोखरा पठाइएका सन्तोष थापाको टाउकोमा ४ टाँका लगाएको छ भने दमौली अस्पतालमा प्राथमिक उपचार गरिएका बलिरामलाई अस्पतालले पोखरा पठाएको हो। विद्यालयको खाजा खाने छुटिट्को समयमा विद्यालय परिसर बाहिर खाजा खाइरहेका उनीहरुमाथि पोखरी भन्ज्याङ- १, बेलबासका युवाहरुले चक्कु प्रहार गरेका हुन्। निर्मल उच्च माध्यमिक विद्यालयबाटै एसएलसी परिक्षा दिएका हस्ते थापाको समूहले आक्रमण गरेको सन्तोषसँगै अध्ययनरत बसन्त थापाले बताए।

आक्रमण गर्ने समूहको अहिलेसम्म पहिचान हुन नसकेको विद्यालयका प्राधानाध्यापक रमेशचन्द हडड्खलेले बताए। उनले भने, 'अहिले हामी घाइते विद्यार्थीको उपचार तर्फ लागेका छौं, उपचारपिछ आक्रमण गर्नेको खोजी गर्छौं।'
Source: Nagarik News

Read More......

Thursday, April 14, 2011

नेपालकै होटलमा नेपालीलाई निषेध

समुन्द्र पौडेल, नेपालमा खोलिएको होटलमा नेपालीलाई नै निषेध भन्दा पत्यार नलाग्ला। तर, तनहुँमा संचालित एक होटलमा नेपाली ग्राहकले रात विताउन पाउदैनन्। जिल्लाको धरमपानी ९ धाँवामा संचालित सेती रिभर क्याम्पमा नेपाली ग्राहकलाई बस्ने सुविधा नभएको हो।

सन् १९९५ मा केर एण्ड डाउने रिसोर्टको शाखाको रुपमा स्थापना भएको होटलका ग्राहक सबै विदेशी हुन्। दमौलीबाट चितवनको घुमाउने निस्किने पदयात्रा, जलबिहार र सफारीका पर्यटकहरु नै होटलका प्रमुख ग्राहक भएको होटलका म्यानेजर नरेश गुरुङले बताए। ‘अधिकांश ग्राहक अमेरिकी र बेलायती पर्यटक हुन्,' उनले भने, ‘पर्यटककै नहुँदा पनि नेपाली पर्यटक बस्न पाँउदैनन्' होटलमा केही मात्रामा जापान, भारत, लगायतका मुलुकका पर्यटकसमेत आउने गरेका छन्।
करिब एक करोडको लागतमा १८ रोपनी जग्गामा फैलिएको क्याम्पमा पर्यटकका लागि १७ वटा गाउँले परिवेशका घर बनाइएको छ। साना साना आकारका प्रत्येक घरमा २ जना पर्यटक बस्न मिल्ने गुरुङले बताए। अफ सिजनमा महिना भर ४० र सिजनमा २ सय सम्म पर्यटक क्याम्प बुकिड गरेर आउने गरेको उनले बताए। क्याम्पको दररेट महँगो भएको र प्याकेजमा बुकिङ गरेका पर्यटकले मात्र बस्न पाउने भएकाले अन्य स्वदेशी पर्यटकलाई बस्ने सुविधा नभएको हो। ‘राजदुताबास र युएनका कर्मचारीहरु कहिले काहिँ आउँछन्।' म्यानेजर गुरुडले भने, ‘नेपालीलाई पनि क्याम्पमा राख्न पर्‍यो भन्दै पर्यटन बोर्डका कर्मचारीसमेतले आग्रह गरेका थिए।'
क्याम्पमा बस्न नपाउने भएपछि गाउँको भ्रमणका लागि स्वदेशी पर्यटकहरुलाई समस्या परेको स्थानीय बासिन्दा राजेन्द्र गुरुङले बताए। जलयात्राका लागि उपयुक्त मानिएको मादी नदीमा जलबिहार गर्ने पर्यटकहरु समेत नदी किनारमा टेन्ट हालेर रात बिताउन बाध्य भएको उनले बताए। उनले भने, ‘होटलमा बस्ने व्यवस्था भए चैत बैशाखको हावाहुरीमा पर्यटकलाई राहत हुन्थ्यो।


Source: Nagarik News

Read More......