घरबाट विद्यालय गएका दुई विद्यार्थी चक्कु प्रहारबाट घाइते भएका छन्। तनहुँको दमौली बजारस्थित निर्मल उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सन्तोष थापा र कक्षा ९ का बलिराम थापा चक्कुप्रहारबाट गम्भीर घाइते भएका हुन्।
घाइते दुवै थापालाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ। नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि पोखरा पठाइएका सन्तोष थापाको टाउकोमा ४ टाँका लगाएको छ भने दमौली अस्पतालमा प्राथमिक उपचार गरिएका बलिरामलाई अस्पतालले पोखरा पठाएको हो। विद्यालयको खाजा खाने छुटिट्को समयमा विद्यालय परिसर बाहिर खाजा खाइरहेका उनीहरुमाथि पोखरी भन्ज्याङ- १, बेलबासका युवाहरुले चक्कु प्रहार गरेका हुन्। निर्मल उच्च माध्यमिक विद्यालयबाटै एसएलसी परिक्षा दिएका हस्ते थापाको समूहले आक्रमण गरेको सन्तोषसँगै अध्ययनरत बसन्त थापाले बताए।
आक्रमण गर्ने समूहको अहिलेसम्म पहिचान हुन नसकेको विद्यालयका प्राधानाध्यापक रमेशचन्द हडड्खलेले बताए। उनले भने, 'अहिले हामी घाइते विद्यार्थीको उपचार तर्फ लागेका छौं, उपचारपिछ आक्रमण गर्नेको खोजी गर्छौं।'
Source: Nagarik News
Showing posts with label nirmal school. Show all posts
Showing posts with label nirmal school. Show all posts
Monday, May 16, 2011
दुई विद्यार्थीमाथि चक्कु प्रहार
Labels:
Damauli,
nirmal school
Subscribe to:
Posts (Atom)