नेपाली काग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले सर्वाच्च अदालतले संसदको विषयमा गरेको फैसला उचित भएको भन्दै त्यस विषयमा केही राजनीतिक दलले गरेको विरोध उपयुक्त नभएको बताएका छन्। 'दलहरुले मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्न मिल्दैन,' उनले भने
प्रेस युनियन तनहुँले आइतबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान निर्माणका लागि तोकेको २ वर्षमा काम पुरा नगरेर साढे ३ वर्ष थप्दा समेत संविधान निर्माण नगर्ने दल र सभाषदले सर्वाच्च अदालतको आदेशले अधिकार खोस्यो भन्नु आफू नाड्गै हिडेर, मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्नु सरह भएको टिप्पणी गरे। उनले भने, 'काग्रेसले शान्ति र संविधानलाई सधै प्राथमिकता दिदै आएको छ।' कर्मचारी सरुवा गर्न र बजेट स्वीकृत गर्न समेत यो सरकारले घुस माग्ने गरेको भन्दै सचेतक घिमिरेले वर्तमान सरकार जस्तो भष्ट्रचारी सरकार कुनै पनि नभएको दाबी गरे।
काग्रेसले सत्ता भन्दा शान्ति र संविधानलाई प्राथमिकता दिएकाले काग्रेस सदैव प्रतिपक्षको भुमिका निर्वाह गर्दै आएको उनले बताए। 'विशेष कारणमा माधवकुमार नेपाल सरकारलाई काग्रेसले समर्थन गर्यो,' उनले भने, 'अहिले हामी सत्तामा नगई प्रतिपक्षका रुपमा माओवादीको कार्यशैलीहरु अबलोकन गरिरहेका छौ।'
Source: NagarikNews
Showing posts with label Supreme Court Nepal. Show all posts
Showing posts with label Supreme Court Nepal. Show all posts
Saturday, December 3, 2011
'मेरो नाड्गै हिड्ने अधिकार खोसियो भन्न मिल्दैन' : कांग्रेस सचेतक घिमिरे
Subscribe to:
Posts (Atom)