Monday, May 16, 2011

दुई विद्यार्थीमाथि चक्कु प्रहार

घरबाट विद्यालय गएका दुई विद्यार्थी चक्कु प्रहारबाट घाइते भएका छन्। तनहुँको दमौली बजारस्थित निर्मल उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सन्तोष थापा र कक्षा ९ का बलिराम थापा चक्कुप्रहारबाट गम्भीर घाइते भएका हुन्।


घाइते दुवै थापालाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ। नेशनल एपोलो अस्पतालमा सामान्य उपचारपछि पोखरा पठाइएका सन्तोष थापाको टाउकोमा ४ टाँका लगाएको छ भने दमौली अस्पतालमा प्राथमिक उपचार गरिएका बलिरामलाई अस्पतालले पोखरा पठाएको हो। विद्यालयको खाजा खाने छुटिट्को समयमा विद्यालय परिसर बाहिर खाजा खाइरहेका उनीहरुमाथि पोखरी भन्ज्याङ- १, बेलबासका युवाहरुले चक्कु प्रहार गरेका हुन्। निर्मल उच्च माध्यमिक विद्यालयबाटै एसएलसी परिक्षा दिएका हस्ते थापाको समूहले आक्रमण गरेको सन्तोषसँगै अध्ययनरत बसन्त थापाले बताए।

आक्रमण गर्ने समूहको अहिलेसम्म पहिचान हुन नसकेको विद्यालयका प्राधानाध्यापक रमेशचन्द हडड्खलेले बताए। उनले भने, 'अहिले हामी घाइते विद्यार्थीको उपचार तर्फ लागेका छौं, उपचारपिछ आक्रमण गर्नेको खोजी गर्छौं।'
Source: Nagarik News

Read More......

Thursday, April 14, 2011

नेपालकै होटलमा नेपालीलाई निषेध

समुन्द्र पौडेल, नेपालमा खोलिएको होटलमा नेपालीलाई नै निषेध भन्दा पत्यार नलाग्ला। तर, तनहुँमा संचालित एक होटलमा नेपाली ग्राहकले रात विताउन पाउदैनन्। जिल्लाको धरमपानी ९ धाँवामा संचालित सेती रिभर क्याम्पमा नेपाली ग्राहकलाई बस्ने सुविधा नभएको हो।

सन् १९९५ मा केर एण्ड डाउने रिसोर्टको शाखाको रुपमा स्थापना भएको होटलका ग्राहक सबै विदेशी हुन्। दमौलीबाट चितवनको घुमाउने निस्किने पदयात्रा, जलबिहार र सफारीका पर्यटकहरु नै होटलका प्रमुख ग्राहक भएको होटलका म्यानेजर नरेश गुरुङले बताए। ‘अधिकांश ग्राहक अमेरिकी र बेलायती पर्यटक हुन्,' उनले भने, ‘पर्यटककै नहुँदा पनि नेपाली पर्यटक बस्न पाँउदैनन्' होटलमा केही मात्रामा जापान, भारत, लगायतका मुलुकका पर्यटकसमेत आउने गरेका छन्।
करिब एक करोडको लागतमा १८ रोपनी जग्गामा फैलिएको क्याम्पमा पर्यटकका लागि १७ वटा गाउँले परिवेशका घर बनाइएको छ। साना साना आकारका प्रत्येक घरमा २ जना पर्यटक बस्न मिल्ने गुरुङले बताए। अफ सिजनमा महिना भर ४० र सिजनमा २ सय सम्म पर्यटक क्याम्प बुकिड गरेर आउने गरेको उनले बताए। क्याम्पको दररेट महँगो भएको र प्याकेजमा बुकिङ गरेका पर्यटकले मात्र बस्न पाउने भएकाले अन्य स्वदेशी पर्यटकलाई बस्ने सुविधा नभएको हो। ‘राजदुताबास र युएनका कर्मचारीहरु कहिले काहिँ आउँछन्।' म्यानेजर गुरुडले भने, ‘नेपालीलाई पनि क्याम्पमा राख्न पर्‍यो भन्दै पर्यटन बोर्डका कर्मचारीसमेतले आग्रह गरेका थिए।'
क्याम्पमा बस्न नपाउने भएपछि गाउँको भ्रमणका लागि स्वदेशी पर्यटकहरुलाई समस्या परेको स्थानीय बासिन्दा राजेन्द्र गुरुङले बताए। जलयात्राका लागि उपयुक्त मानिएको मादी नदीमा जलबिहार गर्ने पर्यटकहरु समेत नदी किनारमा टेन्ट हालेर रात बिताउन बाध्य भएको उनले बताए। उनले भने, ‘होटलमा बस्ने व्यवस्था भए चैत बैशाखको हावाहुरीमा पर्यटकलाई राहत हुन्थ्यो।


Source: Nagarik News

Read More......

Thursday, March 3, 2011

शिवरात्रीमा मन्दिरमा भेला भएका युवाबीच कुटाकुट

महाशिवरात्रीको क्रममा शिव मन्दिरमा भेला भएका दुई युवा समूहबीच बिहान करिब १ बजे झडप हुँदा तनहुँमा ५ जना घाइते भएका छन्।


घाइते हुनेहरुमा व्यास–५, दुम्सीचौरका २० वर्षीय अमर दरै, १५ वर्षीय दिनेश दरै, १६ वर्षीय राजीव परियार, १६ वर्षीय मनोज थापा र १८ वर्षीय पुनबहादुर दरै रहेका छन्।

उनीहरुलाई व्यास–५, दुम्सीचौरका युवाले कुटपिट गरेको प्रहरीले जनाएको छ।

घाइते मध्ये टाउकोमा गम्भीर चोट लागेका दिनेश दरैलाई थप उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ। Source:Nagarik News

Read More......

Monday, February 21, 2011

दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीन जनाको हत्या

तनहुँको दमौलीमा एक युवकले खुर्पा प्रहार गरी तीनजनाको हत्या गरेका छन् । ब्यास नगरपालिका १० मालपोत लाइनका २३ वर्षीय दिविङ रानामगरले विहान ६ बजेतिर छिमेकी ६० वर्षीय दिलबहादुर सापकोटा र उनकी ५५ वर्षीया श्रीमती यशोदा सापकोटालाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । रानाले सापकोटा दम्पतीलाई भान्सा कोठामा गई खुर्पा प्रहार गरेका हुन् ।

सापकोटा दम्पतीको हत्या गरेको पाँच मिनेटमै घर नजिकै व्यास १० देउराली नगरका ६० वर्षीय टिकाराम श्रेष्ठ र उनकी श्रीमती पार्वती श्रेष्ठलाई खुर्पा प्रहार गरे । घटनामा गम्भिर घाइते भएका टिकाराम पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकी श्रीमती पावर्तीको पश्चिमाञ्चलमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार घरमा बसिरहेका श्रेष्ठलाई रानाले एक्कासी खुर्पा प्रहार गरेका थिए । त्यस्तै श्रेष्ठलाई खुर्पा प्रहार गरे लगत्तै घर भित्र रहेकी उनकी श्रीमतीलाई समेत खुर्पा प्रहार गरी घाइते बनाएका थिए । श्रेष्ठ दम्पतीलाई खुर्पा प्रहार गरे लगत्तै मादी नदीको झोलुङगे पुल तर्फ भागेका रानालाई पुलको दुवै तर्फवाट प्रहरी र स्थानीयबासीले समात्ने प्रयास गरेपछि झण्डै एक सय फिट अग्लो पुलबाट मादी नदीमा हाम फालेका थिए । नदीमा हाम फालेका रानालाई स्थानीयवासीले नदी पार गरे लगत्तै समातेर प्रहरीलाई बुझाएका थिए ।

केही समययता रानाको मानसिक स्थिति ठिक नरहेको परिवारजनले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तीन जनाको हत्यापछि दमौली बजार शोकमग्न बनेको छ ।

Read More......

Monday, July 26, 2010

स्वास्थ्यकर्मी बिरामी परेपछि उपचारमा गाह्रो

टाइफाइडले दमौली अस्पतालका स्वास्थ्यकर्मी बिरामी भएपछि उपचारमा कठिनाइ भएको छ। ६ स्वास्थ्यकर्मी बिरामी भएका अस्पतालले जनाएको छ।
‘वर्षासँगै अस्पताल आउने बिरामीको सर्वसाधारणको संख्या बढिरहेका बेला स्वास्थ्यकर्मी बिरामी भएका छन्,' अस्पतालकी डा.स्वैरिता काफ्लेले भनिन्, ‘बिरामीलाई उपचार गर्न हम्मे परेको छ।' बिरामीको चाप थेग्न नसकेपछि जिल्ला स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र भीमादबाट दमौलीमा स्वास्थ्यकर्मी झिकाएको छ।

टाइफाइडबाट स्वास्थ्कर्मीका साथै प्रहरी, सरकारी कार्यालयका कर्मचारी पनि बिरामी भएका छन्। कर्मचारी बिरामी हुँदा जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, तनहुँ जिल्ला अदालत, पशुसेवा, महिला विकासलगायत कार्यालयका काम प्रभावित भएका छन्।

३० प्रहरी टाइफाइडबाट बिरामी भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यतिका संख्यामा प्रहरी बिरामी भएपछि अप्ठ्यारो परेको प्रहरी प्रमुख ईश्वरीप्रसाद चापागाईंले बताए। उनले भने, ‘जिल्लामा कुनै घटना भइहाले प्रहरी अभाव हुन्छ। बल्लतल्ल ड्युटी चाहिँ मिलाएका छौं।' दमौली अस्पतालका दुई डाक्टरले प्रहरीको उपचार गरिरहेका छन्।


कर्मचारी बिरामी भएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयको आन्तरिक लेखा परीक्षण र प्रतिवेदनको काम थन्किएको छ। प्रमुख कोष नियन्त्रक शालिग्राम शर्मा पौडेलले भने, ‘लेखाका पाँच कर्मचारीमध्ये दुई टाइफाइडले बिरामी परेका छन्। आर्थिक वर्षको अन्त्यमा सक्नुपर्ने धेरै काम बाँकी छन्।'


न्यायाधीस जगतप्रसाद श्रेष्ठ टाइफाइडले बिरामी परेकाले जिल्ला अदालतका काम प्रभावित भएका छन्। न्यायाधीसको अनुपस्थितिमा मुद्दा फैसला, मिलापत्रलगायत हुन नसकेको जिल्ला अदालतका डिठ्ठा विश्व सुवेदीले बताए। मालपोत कार्यालयका दुईमध्ये एक कम्प्युटर अपरेटर टाइफाइटबाट बिरामी परेपछि पुर्जा प्रिन्टमा समस्या परेको मालपोत अधिकृत खगेन्द्रराज घिमिरेले बताए।


टाइफाइडले प्रकोपको रूप लिएपछि दमौली अस्पतालमा दैनिक २ सयभन्दा बढी आउने गरेका छन्। अस्पतालमा टाइफाइडको थप औषधी आएको प्रमेख डा. सुशीलनाथ प्याकुरेलले बताए। उनले भने, ‘अशुद्ध खानेपानीका कारण टाइफाइडको संक्रमण फैलिएकाले यसतर्फ ध्यान दिनुपर्छ।'

Source: Nagarik News

Read More......

Friday, July 16, 2010

Damauli on sickbed

Damauli and adjoining areas are on sickbed, thanks to increase in the number of fever and typhoid patients with the onset of monsoon.
These days, typhoid and fever patients can be found in almost every household in Damauli Bazaar. With over 200 patients visiting it daily, Damauli hospital is finding it difficult to cope with patients’ pressure. The patients have been left in the lurch as health workers too have fallen ill. Says Chudamani Dahal, chairman of the National
Apolo Hospital, “Number of patients is increasing by the day.” He maintains that ty- phoid might pose a greater threat if effective control measures are not taken.
With local health institu- tions crowded, patients have started travelling to Kathmandu, Pokhara and Chitwan for treatment.
Sushilnath Pyakurel, a local, claims that the disease is taking epidemic proportions, all due to contaminated water.
Damauli Drinking Water and Sanitation Consumers Committee Chairman Shantiraman Wagle refutes the claim, saying that water is not to blame.

Read More......

Sunday, June 27, 2010

Bishownath Adhikari released after 34 days

Bishwonath Adhikari, Gajuri branch manager of Gramin Bikas Bank, was released today from Kabilas, Chitwan after 34 days in captivity.
Adhikari’s wife Shobha, along with relatives, human rights activists and lawyers found him at Jugedi Bridge on the Narayanghat-Muglin road section at 6:30 am covered with a yellow cloth with his limbs tied and mouth covered. He was taken to Bharatpur hospital for medical check-up. Doctors said his condition is normal. A terrified Adhikari has not spoken anything about the incident. Shobha said he wanted to meet his children and told her to take him home immediately. She added that he was in no condition to speak with the media.
Adhikari is a permanent resident of Ranigaun, Byas-3, Tanahun.
The police, however, was informed only after Adhikari was brought to the hospital. Meanwhile, a press release of Democratic Security Force (DSF), an organisation never heard of before, was discovered in the area where Adhikari was found.
The press release, signed by Baba Balaram, chairman of the organisation, mentions that Adhikari was kidnapped for investigative purposes — though it did not mention what was being probed — but he was being released due to deteriorating mental and physical health.
The force stated that it could not complete its investigation and the documents it had seized also could not be protected due to security concerns. The organisation has also stated that it will continue struggling for a Hindu state and the common people.
According to Shobha, the kidnappers had demanded Rs 5 lakhs ransom in the first week, but later they had gradually increased the amount to as much as Rs 40 lakhs. She added, “But they did not talk about ransom after we clarified that we could not pay such a large amount.”
A day after Adhikari was kidnapped from Dhading on May 23, Nepal Rastra Bank (NRB), accusing Gramin Bikas Bank of working illegally with Unity Life International (ULI), had dismissed the bank’s management committee and formed an ad hoc committee under the coordination of Rewati Prasad Nepal of NRB.
ULI had also renamed the bank Unity Bikas Bank without informing NRB, saying that it had purchased 52 per cent share from the bank.

Read More......