तनहूँको ब्यास नगरपालिका वडानम्बर ९ अन्तर्गत खहरेमा आज दिउँसो भएको बस दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तिमा ५० जना घाइते भएका छन्।
तनहूँ सदरमुकाम दमौलीबाट लमजुङको भोर्लेटार तर्फ जाँदै गरेको ग १ ख ११६१ नम्बरको यात्रुबाहक बस सडकबाट एक्कासी एकसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ।
मृत्यु हुनेमा तनहूँको स्याम्घा गाविसका कृष्ण भुषाल, क्यामिनका प्रेम श्रेष्ठ, भानुका वीरमाया कुमाल, ब्यास नगरपालिकाका सूर्यबहादुर नेपाली र लमजुङ भोटेओढारका चन्द्र गुरुङ छन्। मृतकमध्ये एकजना बालिकाको सनाखत हुन सकेको छैन।
दुर्घटनामा पाँचजनाको घटनास्थलमै र बाँकी १ जनाको उपचारका लागि दमौली अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
दुर्घटनाका घाइतेमध्ये ४२ जनाको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ। बाँकी सामान्य घाइतेमध्ये ८ जनाको दमौलीमा अस्पतालमा उपचार भैरहेको छ।
अविरल वर्षापछि सडक कमजोर बन्न जाँदा र सडक साँघुरो भएकोले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
Source: Dainikee.com
Showing posts with label accident damauli. Show all posts
Showing posts with label accident damauli. Show all posts
Monday, August 24, 2009
दमौली नजिक बस दुर्घटना, ६ को मृत्यु
Labels:
accident damauli
Subscribe to:
Posts (Atom)