स्ववियू निर्वाचनमा पराजित भएको अखिल क्रान्तिकारीले पुनःमतदान गर्नुपर्ने माग गर्दै तनहुँको दमौलीस्थित भानुभक्त बहुमुखी क्याम्पसका प्रमुख तथा निर्वाचित नेविसंघका स्ववियू सभापतिमाथि कुटपिट गरेको छ। आफुमाथिको आक्रमण र क्याम्पस तोडफोडको विरोधमा नेविसंघले दमौली बजार र पृथ्वीराजमार्ग बन्द गराएको छ।
वाईसीएलसहितको क्रान्तिकारी समूहको आक्रमणबाट क्याम्पस प्रमुख बैकुण्ड न्यौपाने नेविसंघका निर्वाचित सभापति राजेन्द्र कुमाल सहितका करिब एक दर्जन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ। तीमध्ये निर्वाचित सभापति कुमालसहित केहीको दमौली अस्पतालमा उपचार भइरहेको छ।
बिहान सवा ८ बजेतिर निर्वाचित स्ववियूको पहिलो बैठक बसिरहेका बेला वाईसीएलसहितको क्रान्तिकारी समूहले एक्कासी आक्रमण गरेको नेविसंघले जनाएको छ। क्रान्तिकारीको तोडफोडबाट क्याम्पस र स्ववियू कार्यालयका फर्निचर तथा झ्याल-ढोकामा क्षति पुगेको छ।
नेविसंघकाअनुसार चुनाव आफ्नो पक्षमा नहुने देखेपछि क्रान्तिकारीले स्ववियू निर्वाचनका दिन मतपत्र च्यातेर पुनः मतदान गर्नुपर्ने अनावश्यक विवाद झिकेको थियो। चुनाव निष्पक्ष भएको भन्दै निर्वाचन समितिले मतगणना गरि नेविसंघ निर्वाचित भएको घोषणा गरेपछि क्रान्तिकारी आक्रमणमा उत्रिएको हो। क्रान्तिकारीले भने मतदान निष्पक्ष नभएको भन्दै पुनःमतदान गर्नुपर्ने माग गर्दै आएको छ।
निर्वाचित आफ्ना सभापति तथा क्याम्पस प्रमुखमाथि आक्रमण र क्याम्पसमा तोडफोडको विरोधमा नेविसंघले बिहान साढे १० बजेदेखि दमौली बजार बन्द गराउनुका साथै सडकमा टायर बालेर पृथ्वीराजमार्ग अवरुद्ध गराएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा र आसपासका क्षेत्रमा भित्रने र बाहिरिने सयौं सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ। बिहान खुलेका बजार पसल समेत दुई बिद्यार्थी संगठनको तनावका कारण बन्द भएका छन्।
Source: Dainikee.com
Showing posts with label YCL tanahun. Show all posts
Showing posts with label YCL tanahun. Show all posts
Sunday, March 22, 2009
क्रान्तिकारीको आक्रमणपछि दमौलीमा तनाव, बजार र राजमार्ग बन्द
Labels:
Adikabi Bhanubhakta Campus,
NSU Tanahun,
YCL tanahun
Subscribe to:
Posts (Atom)