Showing posts with label Raja Mama. Show all posts
Showing posts with label Raja Mama. Show all posts

Tuesday, February 24, 2009

राजामामाकी छोरीलाइ प्रतिष्ठानले हुर्काउने

कुसुन्डा जातिका एक्ला सदस्य भनिएका राजामामाको छोरी जन्मेपछि सम्पूर्ण जिम्मेवारी आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले लिने भएको छ। छोरी शुक्रवार जन्मिएकी हुन्। गत वर्षसम्म यो जातिका उनी एक्ला सदस्य मानिदै आएकामा यता आएर दाङतिर यसै जातिका थप सदस्य प्रतिष्ठानको टोलीले फेलापारेको प्रारम्भिक तथ्यांकका आधारमा उल्लेख गरेको छ। मामा तनहुँको ब्यास नगरपालिका –१ पालघरेमा बस्दैआएका छन्। सुरुमा एक्ला भनिएका यिनको वंश बचाउन पाँच वर्ष अघि प्रतिष्ठानले नै रामेछापकी इन्द्रमाया तामाङसँग बिहे गरिदिएको थियो। लामो समयसम्म पनि बच्चा नजन्मेपछि गत वर्ष मामा दम्पतिलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको थियो। डाक्टरले ´टेस्ट्युबबेबी जन्माउन नपर्ने´ बताएपछि उनीहरु घर फर्केको प्रतिष्ठानका सूचना अधिकृत राम मादेनले बताए।
बच्चा जन्मेपछि लालनपालन र शिक्षाको सम्पूर्ण जिम्मा प्रतिष्ठानले नै लिने मादेनले बताए। मादेनका अनुसार प्रतिष्ठानले नै ६ वर्षयता मामा परिवारलाई खाद्यान्नलगायतका सुबिधा उपलब्ध गराउँदैआएको छ।
मामा परिवारको सुरक्षित बसोबासका लागि आदिवासी जनजाति महासंघ र प्रतिष्ठानले यसै वर्ष ब्यास नगरपालिका– ५ मा घर घडेरीको व्यवस्था गरिदिएको मादेनले बताए।

Source: Dainikee.com

Read More......

Saturday, February 21, 2009

कुसुण्डा राजामामाको राष

११ फागुन, दमौली । लोपोन्मुख कुसुण्डा जातिका राजामामाले राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री प्रचण्डलाई भेट्ने चाहना व्यक्त गरेका छन् ।



व्यास नगरपालिका, वडा नं. १ तालघारेस्थित डेरामा आज सञ्चारकर्मीसँगको भेटमा उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर कुसुण्डा जातिको हकहित र संरक्षणका साथै संविधानमा आफूहरूको अधिकार सुनिश्चित गर्न आग्रह गर्ने चाहना रहेको बताए ।



कुसुण्डा जातिले झेल्दै आएको दुःख र पीरमर्कासमेत पोख्ने आˆनो इच्छा भएको राजामामाको भनाई थियो ।



राजामामा कुसुण्डाकी श्रीमती इन्द्रमा कुसुण्डाले पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न मन लागेको बताइन् । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटने बाताबरण मिलाइदिन सम्वन्धीत पक्षलाई आग्रह समेत गरेका छन् ।



Source: Onlinekhabar

Read More......