नेपाली काङ्ग्रेसका उपसभापति रामचन्दं्र पौडेलले संविधानसभा भङ्ग गर्ने कुरा काङ्ग्रेसबाट नआएको स्पष्ट गर्नुभएको छ ।
उहाँले काङ्ग्रेसका कुनै पनि नेताले बोल्दै नबोलेको र सोच्दै नसोचेको कुरालाई एमालेका केही नेताहरुले बोल्दै हिड्नु गैर जिम्मेवार काम भएको बताउनुभयो ।
रिपोर्ट्र्स क्लव नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा नेपाली काङ्ग्रेसका उपसभापति पौडेलले उक्त खण्डन गर्नुभएको हो ।
उहाँले एमालेभित्र पनि एउटा गुट माधवकुमार नेपालको नेतृत्वको सरकार ढाल्ने दाउमा लागेको आरोप लगाउँदै त्यही गुटले जथाभावी बोलेको बताउनुभयो ।
बजेट पारित हुन नसकेको सम्बन्धमा सोधिएको जिज्ञासामा 'बजेटको बारेमा माओवादीले विरोधको सूचना पनि दिएका छैनन् र छलफल पनि गर्न दिएका छैनन् त्यसैले मेरो बिचारमा बजेट पारित भइसकेकेा छ, अव घोषणा हुन मात्रै बाँकी छ', उहाँले भन्नुभयो ।
उहाँले माओवादीका लडाकू क्यान्टोन्मेन्टमा र हतियार कन्टेनरमा राखेर मुलुकमा शान्ति पनि नहुने र संविधान पनि नबन्ने हुँदा पहिला त्यसको व्यवस्था गर्नुपर्ने बताउनुभयो।
सो कार्यक्रम रिपोर्टस क्लव तनहुँका अध्यक्ष मदन वाग्लेको सभापतित्वमा भएको थियो।
source: harmotanahun.com.np
Showing posts with label CA member Tanahun. Show all posts
Showing posts with label CA member Tanahun. Show all posts
Wednesday, November 11, 2009
संविधानसभा भङ्ग गर्ने कुरा काङ्ग्रेसले नगरेको
Labels:
CA member Tanahun,
Ram Chandra Poudel
Subscribe to:
Posts (Atom)