तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नपा–२ मा गाडीले पोललाई ठक्कर दिएपछि लत्रिएको तार।
Read More......
Get updated and get touch with your Damauli
तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नपा–२ मा गाडीले पोललाई ठक्कर दिएपछि लत्रिएको तार।
नेपालका ब्राह्मण समुदायले जातीय आधारमा नभै वर्गिय आधारमा संघियतामा जान माग गरेका छन्। आफ्नो समुदायको माग सार्वजनिक गर्दै नेपालका ब्राह्मण समुदायको प्रतिनिधिमूलक संस्था राष्ट्रिय ब्राम्ह्ण समाज नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीले देशलाई जातीय आधारमा विभाजन गर्दा विखण्डनको खतरा आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो।
आज तनहुँ सदरमुकाम दमौलीमा ब्राह्मण समुदायको भेलालाई सम्बोधन गर्दै अधिकारीले धनी र गरिबलाई समेटी वर्गिय संघियतामा जानु उपयुक्त हुने बताउनुभयो। भेलामा बोल्दै उहाँले विभिन्न समुदायले आरक्षण मागेका कारण संविधान निर्माणमा ब्राम्हण समुदाय ओझेलमा परेको आरोप लगाउनुभयो।
भेलालाई सम्बोधन गर्दै समाजका केन्दीय उपाध्यक्ष माधव पहारीले आरक्षण र संरक्षणका कारण सक्षम ब्राम्हण समेत अवसरबाट बन्चित हुनु परेको बताउनुभयो।