Tuesday, July 14, 2009

भानु घाँसी पार्कमा प्रवचन

घाँसीकुवा, २९ असार । भानु घाँसी स्मारक पार्क संरक्षण समिति घाँसीकुवा तनहूँले १ सय ९६ औं भानु जयन्तीको अवसरमा प्रवचन तथा कविता वाचन कार्यक्रम सोमबार सम्पन्न गर्‍यो ।
भानु घाँसी स्मारक पार्क संरक्षण समिति घाँसीकुवा तनहूँले १ सय ९६ औं भानु जयन्तीको अवसरमा प्रवचन तथा कविता वाचन कार्यक्रम सोमबार सम्पन्न गर्‍यो ।
सो प्रवचन कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला न्यायधीश जगतप्रसाद श्रेष्ठले भानुभक्तले रामायणको माध्यमबाट सबै नेपालीहरुलाई भाषिक एकताको सुत्रमा जोडेर कृतित्व कायम गरेको भएपनि बत्तीमुनि अँध्यारो जस्तो हुन नहुने धारणा व्यक्त गर्नुभयो ।
पार्क संरक्षण समितिका उपाध्यक्ष हरिभक्त भट्टर्राईको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस तनहूँका सचिव समुन्द्र गोदार, सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह थापा, पार्क संरक्षण समितिका संस्थापक अध्यक्ष एवं व्यास नगरपालिकाका संस्थापक प्रमुख ताराप्रसाद श्रेष्ठ, डार्.र् इश्वरचन्द्र वाग्ले, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष काशीनाथ न्यौपाने, तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष शंकरलाल राजभण्डारी लगायतले भानुभक्तको योगदानको अन्यत्र उच्च मूल्याङ्कन हुने गरेपनि भानुभक्तकै जन्मथलो तनहूँ जिल्लामा भानुभक्तप्रति कम सम्झना हुने गरेको गुनासो व्यक्त गरेका थिए ।

Read More......

Thursday, July 2, 2009

तनहुँलाई ७१ लाखको अख्तियारी

तनहुँ जिल्ला विकास समितिले आर्थिक वर्षको अन्तमा ७१ लाखको अख्तियारी पाएको छ।
बुधबारमात्र यस्तो अख्तियारी आएको स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले बताएका छन्।

कोटा बेडी भीरकोट छिपछिपे गाविस ग्रामीण विद्युतीकरण, व्यास-२ मा बालकल्याण समिति भवन निर्माण, घाँसीकुवा-१ मा बानियाटार मोटर मार्ग र हिमालय माविका लागि अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले १२ असारको मितिमा निर्णय गरेर अख्तियारी पठाएको हो। बजेटको रकम खर्च गर्न ८ दिनमात्र बाँकी छ।

Read More......

वाइसीएलसँगको झडपमा ९ प्रहरी घाइते

आफ्ना एक कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको भन्दै वाईसीयलका कार्यकर्ताले आक्रमण गर्दा दमौलीमा ९ जना प्रहरी जवान घाइते भएका छन्।
मंगलबार भीमादमा एमाले कार्यकर्तामाथि आक्रमणमा संलग्न भएको आशंकामा प्रहरीले भीमादबाट एक जना वाईसीयल कार्यकर्तालाई बिहीबार बिहान गिरफ्तार गरेको थियो।
उनको गिरफ्तारीको विरोध गर्दै वाईसीयलले दमौलीमा विरोध प्रर्दशन गर्दै दमौलीस्थित पृथ्वी राजमार्ग करिब १२ बजेदेखि १ घण्टा अवरुद्ध गराएको थियो। पक्राउ गरेका आफ्ना कार्यकर्तालाई रिहा गर्नुपर्ने मागसहित सदरमुकाम दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन पुगेको माओवादी भातृसंगठन वाईसीएल र प्रहरीबीच बिहीबार मध्यान्ह झडप भएको थियो।
त्यस क्रममा झडपका क्रममा प्रहरी सहायक निरीक्षकसहित ९ जना प्रहरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Read More......

Wednesday, July 1, 2009

Communist Leader!!!!!!!!!!!!


१५ आसाड का दिन ब्यास नगरपालिका ३ मा रोपाई कार्यक्रम मा भाग लिन कार्यकर्ता को बुइ चढी बुल्दी खोला तर्दै एमाले अधक्ष्य झलनाथ खनाल|

Read More......