Sunday, March 3, 2013

अपहरित बालक भागेर मुक्त

अपहरणमा परेका दमौलीका एक बालक अपहरणकारीको आँखा छल्दै गाडीको ‰यालबाट भागेर घर फर्किएका छन्। आइतबार बिहान घरनजिकै साथीको नोटकापी पुर्याआउन हिँडेका व्यास-१, भादगाउँका १३ वर्षीय पुकार पोख्रेललाई धुलो उडाउँदै कारमा आएका तीनजनाको समूहले अपहरण गरेको थियो। गाडी रोकेर शौच गर्न गएका अपहरणकारीको आँखा छल्दै पोख्रेल ‰यालबाट फाल हानेका थिए। 'हरेक दिन बिहान नौ नबज्दै खाना खान भान्सामा आउने गथ्यों,' पुकारकी आमा राधाले भनिन्, 'नआएपछि कतै साथीकोमा गएको होला भन्ने सोच्यौं।' दिउँसो विद्यालयमा समेत छोरो नभेटिएपछि आत्तिएका परिवारलाई तनहुँको घाँसीकुवा देउरालीकी एक महिलाले फोन गरेर अपहरणमा परेर भागेको र आफ्नो घरमा आएको जानकारी दिएकी थिइन्। 'फोनबाट छोरो अपहरणमा परेर भागेको भन्ने थाहा पायौं,' पुकारका बाबु गंगाप्रसाद पोख्रेलले भने, 'त्यसलगत्तै देउराली पुगेर छोरालाई ल्याएर प्रहरीकोमा गयौं।' पुकार दमौलीस्थित सत्यवती उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छन्।

Read More......