Thursday, April 14, 2011

नेपालकै होटलमा नेपालीलाई निषेध

समुन्द्र पौडेल, नेपालमा खोलिएको होटलमा नेपालीलाई नै निषेध भन्दा पत्यार नलाग्ला। तर, तनहुँमा संचालित एक होटलमा नेपाली ग्राहकले रात विताउन पाउदैनन्। जिल्लाको धरमपानी ९ धाँवामा संचालित सेती रिभर क्याम्पमा नेपाली ग्राहकलाई बस्ने सुविधा नभएको हो।

सन् १९९५ मा केर एण्ड डाउने रिसोर्टको शाखाको रुपमा स्थापना भएको होटलका ग्राहक सबै विदेशी हुन्। दमौलीबाट चितवनको घुमाउने निस्किने पदयात्रा, जलबिहार र सफारीका पर्यटकहरु नै होटलका प्रमुख ग्राहक भएको होटलका म्यानेजर नरेश गुरुङले बताए। ‘अधिकांश ग्राहक अमेरिकी र बेलायती पर्यटक हुन्,' उनले भने, ‘पर्यटककै नहुँदा पनि नेपाली पर्यटक बस्न पाँउदैनन्' होटलमा केही मात्रामा जापान, भारत, लगायतका मुलुकका पर्यटकसमेत आउने गरेका छन्।
करिब एक करोडको लागतमा १८ रोपनी जग्गामा फैलिएको क्याम्पमा पर्यटकका लागि १७ वटा गाउँले परिवेशका घर बनाइएको छ। साना साना आकारका प्रत्येक घरमा २ जना पर्यटक बस्न मिल्ने गुरुङले बताए। अफ सिजनमा महिना भर ४० र सिजनमा २ सय सम्म पर्यटक क्याम्प बुकिड गरेर आउने गरेको उनले बताए।

Read More......